Thursday, May 2
Shadow

नरेश समर्पण विश्वकर्माको नयाँ गीत हाम्रो तमानखोला


  • -इ
  • इ+

काठमाडौं,श्रावण ३- सर्जक नरेश समर्पण विश्वकर्माको नयाँ मौलिक गीत हाम्रो तमानखोला सार्वजनिक भएको छ । तमानखोला गाँउपालिकाको विभिन्न भूभाग र छ वटै वडामा रहेका पर्यटकीय स्थलहरुको चर्चा गरिएको गीत सर्जक विश्वकर्माको आफ्नै यूट्यूव च्यानल मार्फत सार्वजनिक भएको हो ।

पछिल्लो समयको सर्वाधिक चर्चामा रहेकी गायीका रचना रिमालको आवाज रहेको उक्त गीतमा संगीत भने सागर विरहिले भरेका छन् । आफ्नै पालिका समेत रहेको तमानखोला बारे सर्जक नरेश विश्वकर्माले सृजना मार्फत प्रचारप्रसार गर्न पाएकोमा आफु खुशी रहेको बताएका छन्।

तीजको समय छ यो समयमा पालिकालाई समेटेर गीत गर्छु भन्ने कसरि लाग्यो ? भन्ने प्रश्नमा सर्जक विश्वकर्मा भन्छन् यो सृजना ल्याउनुमा रमाईलो किस्सा छ , मैल यो गीत करिव एकवर्ष अगाडि तयार गरेको थिए । एक वर्ष अगाडि तमानखोला गाँउपालिकाको गाउपालिका चिनारीका निमिक्त गीत तयार गर्ने भनेर खुला सुचना जारि गरियो जसको सृजना अब्बल हुन्छ त्यो सृजना पालीकामार्फत रेकर्ड गराएर भिडियो सहित सार्वजनिक गर्ने भनेर , सोही प्रतिस्पर्दाको निमिक्त यहीँ गीत मार्फत मैलेपनि सहभागीता जनाए तर उक्त छनोट प्रक्रियामा म अट्न सकिन पछि प्रतिस्पर्दामा छनोट भएको गीतपनि सुने तर मलाई मन अघाएन मन मानेन, अन्ततः मैले आफ्नो सृजना डायरीमा सहिद नहोस भन्ने लाग्यो र सोहीँ सृजनालाई थोरै परिमार्जन गरेर सार्वजनिक गरेको हु ।

भौगोलीक रुपमा केन्द्रदेखि निकै टाढा रहेको तमानखोला बर्खायामको समयमा निकै जोखिम मोलेर पर्याप्त स्रोत साधन नहुदै गर्दासमेत विश्वकर्माले तमानखोलाका विभिन्न गाउठाँउलाई भिडियोमा समावेश गरेका छन् । मौसमी राना मगरको नृत्य रहेको हाम्रो तमानखोला बोलको गीतबाट सकेसम्म आफ्नो पालिकाको चर्चा फैलियोस् भन्ने अपेक्षा रहेको सर्जक विश्वकर्माले जनाएको छन् ।

विश्वकर्माले सानैदेखि साहित्यको विभिन्न विधामा कलम चलाउदै आएका थिए , २०६४ सालमा रेडियो नेपालबाट प्रशारण हुने एक साहित्यीक कार्यक्रममा मेरो देश नामक कविता वाचन गरेर प्रथम स्थान स्थान हासिल गरेका उनले त्यसयता निरन्तर साहित्य संगीतमा झुकाव बढ्दै गएको बताएका छन् । वैदेशिक रोजगारीको शिलसिलामा २०७४ सालदेखि दक्षिण कोरिया रहेका सर्जक नरेशले परदेशबाटै भएपनि जन्मभूमीको प्रचारप्रसार गर्ने कुरामा आफू सधैं तत्पर रहेको बताएका छन् ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्