Sunday, May 5
Shadow

शिवसागर खड्काको ‘निष्ठुरी भयौ रे’ सार्वजनिक


  • -इ
  • इ+

काठमाडौ । शिवसागर खड्काको आवाजमा रहेको गीत ‘निष्ठुरी भयौ रे’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । आजै सार्वजनिक यस गीतको भिडियो निर्देशन विशाल नेपालीले गरेका हुन् ।

नयाँ पुस्ताका प्रेमी-प्रेमिकाबीचको प्रणय प्रसङ्ग समेटिएको गीतमा एलिना चौहान र शिवसागर खड्काको स्वर रहेको छ । निर्देशक विशालको शब्द रहेको गीतमा गायक खड्काले नै सङ्गीत दिएका छन् ।

बिग नेपाली फिल्ममार्फत आजै सार्वजनिक म्युजिक भिडियाेको छायाङ्कन हेलो बर्गर र केएफसी चिकेनमा गरिएको गायक खड्काले बताएका छन् । यस गीतको भिडियो छायाङ्कन दिनेश पराजुलीले गरेका हुन् ।

यसअघि खड्काका ‘ट्राफिक जाम, यो नयाँ जोडी र भन सरकार धरहरा खोइ’ गीतका म्युजिक भिडियोहरू सार्वजनिक भइसकेका छन् ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्