Saturday, May 4
Shadow

सलमान खानकी पत्नी र छोरी दुबईमा ?


  • -इ
  • इ+

काठमाडौं । कलिउड सुपरस्टार सलमान खान अविवाहित छन् । तर केही दिनअघि सामाजिक सञ्जालमा उनी विवाहित रहेको र उनको एक छोरी पनि रहेको आरोप छ ।
आफ्ना भाइ अरबाज खानको टक शो पिन्च २ मा उनले आफ्नो बारेमा चलेको हल्लालाई सम्बोधन गरे ।

गेस्टले ट्रोलहरूबाट गरिएको कमेन्टको जवाफ दिने उक्त शोको कन्सेप्ट हो । सलमानका बारेमा धेरैजसो कमेन्ट सकारात्मक भए पनि केही ट्रोलले उनलाई बेइज्जत पनि गर्न खोज्छन् ।

एउटा ट्रोलले यस्तो लेखेको थियो, ‘कहाँ लुकेको छस् डरछेरुवा रु तँ दुबईमा पत्नी नूर र १७ वर्षकी छोरीसँग बस्छस् भन्ने कुरा भारतमा सबैलाई थाहा छ । भारतका मानिसलाई कहिलेसम्म मूर्ख बनाउँछस् रु’

यस आरोपको खण्डन गर्दै सलमानले भने, ‘यी मानिसहरूलाई सबै कुरा थाहा छ । वाहियात कुरा । पोस्ट गर्नुअघि कसको बारेमा कुरा गर्दैछु भन्ने त थाहा पाउनू नि । एक भाइ, मेरो कुनै पत्नी छैन । म भारतमा बस्छु । नौ वर्षको उमेरदेखि म ग्यालेक्सी अपार्टमेन्टमा बसिरहेको छु । यस्तो मानिसको आरोपलाई म जवाफ दिन चाहन्नँ । भारतमा सबैजनालाई म कहाँ बस्छु, थाहा छ ।’

 

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्