Saturday, May 4
Shadow

लाेक गायिका सपनाकाे केन्द्रीय सदस्यमा उम्मेद्वारी


  • -इ
  • इ+

धादिङ । नेपाली लोकदोहोरी क्षेत्र अन्तर्गत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन आजदेखि धादिङ जिल्लाको धादिङ्ग बेसीमा शुरू हुँदै छ। देशभरका विभिन्न प्रतिष्ठानका कलाकारहरु उपस्थित हुने छन्। ५ बर्षसम्मका लागि नयाँ कार्यसमिति चुन्ने याे महाधिवेशनमा यस छाता संगठनभित्र रहेका अन्य धेरै कलाकारहरुले  उम्मेद्वार दिने भएका छन्।

साे महाधिवेशनमा ओखलढुंगावासी कलाकार सपना सुनाम प्रदेश नं. १ काे भूगाेलबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवार दिंदैछन्र ।  ओखलढुंगा जिल्ला लिखुगाउपालिका ८ मा बुवा दलबहादुर सुनाम र आमा कालिका माया सुनाम को कान्छी छोरी कलाकार सपना सुनाम  यस भन्दा अगाडि पनि लोक तथा दोहोरी गित प्रतिष्ठान ओखलढुङ्गा जिल्लाको निवर्तमान अध्यक्ष समेत छन्। अहिले नेपाली लोक दोहोरी क्षेत्रमा आफुले सकेको योगदान दिनकै लागि केन्द्रीय सदस्यमा आफ्नाे उमेद्वार रहेको सपना सुनामले बताइन् ।

ओखलढुंगा जिल्लाबाट गीत सङ्गितमा रुचि राख्दै सानो उमेरदेखि सामाजिक कार्यमा लागि परेकी लोक तथा दोहोरी गायिका सपना सुनाम १३ बर्षदेखि गायन क्षेत्रलाइ निरन्तरता दिंदै आईरहेकी छन्र। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति ओखलढुंगाकी निवर्तमान अध्यक्ष समेत भई सकेकी सपना  आजदेखि शुरू हुन गैरहेको ८ औं केन्द्रीय महाअधिवेशनबाट राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान प्रदेश नम्बर १ भुगोल कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने निणय गरेकाे अभियानपाेष्ट डटकमसँग बताइन् ।

 

ओखलढुंगा जिल्लाबाट गीत सङ्गितमा रुचि राख्दै सानो उमेरदेखि सामाजिक कार्यमा लागि परेकी लोक तथा दोहोरी गायिका सपना सुनाम १३ बर्षदेखि गायन क्षेत्रलाइ निरन्तरता दिंदै आईरहेकी छन्र। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति ओखलढुंगाकी निवर्तमान अध्यक्ष समेत भई सकेकी सपना  आजदेखि शुरू हुन गैरहेको ८ औं केन्द्रीय महाअधिवेशनबाट राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान प्रदेश नम्बर १ भुगोल कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने निणय गरेकाे अभियानपाेष्ट डटकमसँग बताइन् ।  प्रदेश एकमा रहेर दोहोरी गीतसङ्गितलाई अझ व्यवस्थित र मयार्दित बनाउन लागिपर्ने समेत उनले प्रतिबद्धता जनाएकी छन्।

सानै उमेरमा अहिलेसम्म नेपाली लोक दोहोरी क्षेत्र अन्तर्गत धेरै योगदानहरु दिंदै लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ओखलढुङ्गा जिल्लाबाट अध्यक्ष समेत भईसकेको हुँदा र आफुले विगतदेखि अहिलेसम्म गरेकाे कामबाट प्राप्त अनुभव सबै लोक संगीत र कलाकारहरुको हितका लागि सुम्पिने सपनाकाे प्रतिवद्धता छ।

आफ्नै शब्द र संगीतमा जान्न म त रूम्जाटार, भुल्थे सारा पीडा र दुख, रातमा लाउने जुनलगायतका चर्चित गीत गाएर ख्याति कमाएकी सपनाकाे जीवनभर संगीतकै सारथी भएर बाँच्ने सपना छ । उनले आफ्नाे जीतका लागि कलाकारहरूले अमूल्य मत दिएर विजयी गराउने पूर्ण विश्वास लिएकी छन् । साथै आफूलाइ मत दिन अपिल गर्दै सपनाले केन्द्रीय समितिमा निर्वाचित भएपछि देशभरका कला क्षेत्रका प्रतिभा भएकाहरूलाइ पहुँचमा ल्याउन ठूलाे भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्