Saturday, May 4
Shadow

साउथ इंडियन अभिनेत्री यशिका आनन्द सडक दुर्घटनामा गम्भीर घाइते


  • -इ
  • इ+

एजेन्सी । तमिल अभिनेत्री यशिका आनन्द कार दुर्घटनामा घाइते भएकी छिन् । तमिलनाडुको महाबलीपुरम नजिकै इस्ट कोस्ट रोडमा शनिबार अबेर राती दुर्घटना भएको हो । दुर्घटनामा यशिकाका एक साथीको घटनास्थलमै मृत्यु भएको छ ।

उनलाई अपोलो अस्पतालमा भर्ना गरिएको भारतीय मिडियाले जनाएका छन् । आइतबार यशिकालाई होस आएको बताइएको छ ।यशिकाको हात, खुट्टा, हिपमा फ्याक्चर भएको छ । प्रत्यक्षदर्शीका अनुसार यशिकाले यात्रा गरिरहेको एसयुभी कार अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएको थियो । डिभाइडरमा ठोक्किएपछि कार सडकछेउ खाल्डोमा खसेको थियो । यशिकासमेत ३ जनालाई स्थानीयले दुर्घटनाग्रस्त कारबाट बाहिर निकालेका थिए ।

तीनै जनालाई नजिकको अस्पताल लगिएको थियो । यशिकाकी साथी वल्लीभेट्टी भवानी कारभित्र नराम्रोसँग फसेकी थिइन् । उनलाई बचाउन उद्धारकर्मीको प्रतिक्षा गरिएको भए पनि उनको घटनास्थलमै मृत्यु भयो । घटनापछि यशिकाका पिता दिल्लीबाट चेन्नइ गएका छन् । भवानीको शवलाई चेंगलपेट अस्पतालमा अटोप्सीको लागि पठाइएको छ । पुलिसले नशाको अवस्थामा गाडी चलाएर दुर्घटना भएको हुन सक्ने आशंका गरेको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्