Thursday, May 2
Shadow

मलाई किन स्पष्टीकरणको मौका दिइएन ? : प्रचण्ड


  • -इ
  • इ+

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिबारे प्रश्न उठेपछि आफूले स्पष्टीकरण दिन खोजे पनि नपाएको बताएका छन् । सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो अभिव्यक्तिमा प्रश्न उठेपछि प्रस्ट पार्न खोजे पनि सदन अवरुद्ध गरेर मौका नदिएको बताए । ‘गम्भीर प्रश्न उठेपछि मैले पहिला बोल्ने अवसर माग गरेको थिएँ ।

म त सुरु देखि स्पष्ट पार्न तयार भएको थिएँ , तर किन संसद् अवरुद्ध गर्नुभयो ?’, प्रचण्डले भने,  ‘स्पष्टीकरणको मौका पनि नदिई राजीनामा माग्ने ? के त्यही हो संसदीय अभ्यास ?’ उनले आफ्नो अभिव्यक्तिबारे जे हो त्यही भन्न रोष्टममा खडा भएको बताए ।

संसदीय अभ्यास र पद्धति  कस्तो हुनुपर्छ प्रतिपक्ष दलका संसदहरुलाई राम्रोसंग थाहा भएको समेत प्रचण्डले बताए ।   ‘संसदमा उभिएर यर्थाथ के हो ? मेरो कमजोरी भयो भने कहाँ भयो भनेर भन्न पाउनु पर्दैन ? किन ३ दिनसम्म संसद अवरुद्ध गरियो ? मैले बुझ्न सकेको छैन’ प्रचण्डले भने, ‘प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्छ हो ? यहीँ हो लोकतान्त्रिक परम्परा र विधि ? प्रतिपक्षले प्रश्न उठाउने वित्तिकै प्रधानमन्त्रीलाई संसदमा स्पष्टीकरण दिने मौका नदिने हो ? यी मेरा प्रश्न हुन् ।’

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्