Friday, May 3
Shadow

विशेष खबर

चीन र भारतसँगको सम्बन्ध थप मजबुत बनाउनुपर्छ : मन्त्री साउद

चीन र भारतसँगको सम्बन्ध थप मजबुत बनाउनुपर्छ : मन्त्री साउद

mainnews, विशेष खबर
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले छिमेकी मुलुकहरु चीन र भारतसँगको सम्बन्ध थप मजबुत बनाउनु पर्ने बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा उनले दुवै छिमेकी मुलुकसँगको सम्बन्ध थप मजबुत बनाउनुपर्ने बताए । एउटासँगको सम्बन्धको तुलना अर्को सम्बन्धसँग गर्न नहुनेमा मन्त्री साउदको जोड थियो। ‘दुई छिमेकी मुलुकको उदयमान अर्थतन्त्रका रुपमा प्रभाव बढ्दो छ। नेपालसँग उनीहरुको परम्परागत सम्बन्ध छ,’ उनले भने, ‘जसलाई थप मजबुत र सुदृढ बनाउनु पर्छ। एउटा सम्बन्धको तुलना अर्को सम्बन्धसँग गर्नु हुँदैन।’ छिमेकी मुलुकसँगको सम्बन्धमा मनोवैज्ञानिक दबाब महसुस गर्न नहुने भन्दै परराष्ट्रमन्त्री साउदले परदर्शी रुपमा आफ्ना सरोकार राख्नुपर्ने बताए । ‘सम्बन्धमा मनोवैज्ञानिक दबाब महसुस गर्नु हुन्न,’ उनले भने, ‘पारदर्शी रुपले आफ्ना कन्सर्न राख्नुपर्छ।’ भारतसँगको सम्बन्ध ऐतिहासिक र विश...
मलाई किन स्पष्टीकरणको मौका दिइएन ? : प्रचण्ड

मलाई किन स्पष्टीकरणको मौका दिइएन ? : प्रचण्ड

mainnews, प्रदेश खबर, विशेष खबर
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिबारे प्रश्न उठेपछि आफूले स्पष्टीकरण दिन खोजे पनि नपाएको बताएका छन् । सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो अभिव्यक्तिमा प्रश्न उठेपछि प्रस्ट पार्न खोजे पनि सदन अवरुद्ध गरेर मौका नदिएको बताए । ‘गम्भीर प्रश्न उठेपछि मैले पहिला बोल्ने अवसर माग गरेको थिएँ । म त सुरु देखि स्पष्ट पार्न तयार भएको थिएँ , तर किन संसद् अवरुद्ध गर्नुभयो ?’, प्रचण्डले भने,  ‘स्पष्टीकरणको मौका पनि नदिई राजीनामा माग्ने ? के त्यही हो संसदीय अभ्यास ?’ उनले आफ्नो अभिव्यक्तिबारे जे हो त्यही भन्न रोष्टममा खडा भएको बताए । संसदीय अभ्यास र पद्धति  कस्तो हुनुपर्छ प्रतिपक्ष दलका संसदहरुलाई राम्रोसंग थाहा भएको समेत प्रचण्डले बताए ।   ‘संसदमा उभिएर यर्थाथ के हो ? मेरो कमजोरी भयो भने कहाँ भयो भनेर भन्न पाउनु पर्दैन ? किन ३ दिनसम्म सं...
फिर्ता भएको विधेयकमाथि संसदीय समितिमा छलफल हुने

फिर्ता भएको विधेयकमाथि संसदीय समितिमा छलफल हुने

mainnews, विशेष खबर
काठमाडौ । राष्ट्रियसभाको बैठकले नेपाल नागरिकता ऐन पहिलो संसोधन विधेयक संसदीय समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ । आइतबार बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेको राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता सम्बन्धी विधेयक संसदीय समितिमा छलफलका लागि पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो काठमाडौ । राष्ट्रियसभाको बैठकले नेपाल नागरिकता ऐन पहिलो संसोधन विधेयक संसदीय समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ । आइतबार बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेको राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता सम्बन्धी विधेयक संसदीय समितिमा छलफलका लागि पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । विधेयक पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने मन्त्री खाणको  प्रस्ताव स्वीकृत भएको हो । संघीय सं...
कर्णालीकै एकमात्र हस्पीटालिटी : कुलिनरी

कर्णालीकै एकमात्र हस्पीटालिटी : कुलिनरी

mainnews, कर्णाली प्रदेश, पर्यटन, विशेष खबर
जन्मदेव जैसी, सुर्खेत । आफ्नै प्रदेशमा व्यवसायिक शिक्षा र मौलिक सिप सिक्न पाउनु सम्पूर्ण कर्णालीवासीहरुका लागि गौरवको विषय हो । शिक्षा बस्तुवादी हुनुपर्छ, व्यवहारिक र बैज्ञानिक हुनुपर्छ भन्नेहरुका लागि त यो उदाहरणीय काम हो । राज्यबाट दोश्रो नागरिकको व्यवहार खेपिरहेको कर्णाली किन उत्पीडनमा परेको छ ? हामी उत्पीडित क्षेत्रबाट कहिले समृद्धि कर्णाली भन्ने स्थितिमा पुग्ने ? अब यो उद्देश्य निश्चित राजनीतिक दल या कार्यकर्ताले भाषण गर्ने मसाला बनाएर मात्र पुग्दैन । हामी सबै कर्णालीवासी जो साँच्चिकै शैक्षिक, आर्थिक, राजनीतिक, सांस्कृतिक एवं सामाजिक रुपमा समृद्ध बन्ने हो भने हरेक क्षेत्रलाई आत्मनिर्भर बनाउन व्यवसायिक शिक्षा र मौलिक सिपसहितको रोजगार अनिवार्य शर्त हो । हाम्रो सुन जस्तो कर्णालीमा अनेक सम्भानाहरु छन् तर ती सम्भावनाहरुको खोजी गर्न छाडेर बेरोजगारीको पिडाले कर्णालीबाट हजारौ युवाहरु बर्ष...
रिट निवेदक भन्दा अघि नै इजलासमा पुगे महान्यायाधिवक्ता

रिट निवेदक भन्दा अघि नै इजलासमा पुगे महान्यायाधिवक्ता

विशेष खबर
काठमाडौं । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइका लागि महान्यायाधिवक्ता रिट निवेदक भन्दा अघि नै इजलासमा पुगेका छन्। बुधबार महान्यायाधिवक्ता रमेश बडालसँगै नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डे पनि इजलासमा उपस्थित भएका हुन्। प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूसहित सर्वोच्च अदालतका वरिष्ठ न्यााधीशहरुको इजलास तोकेका छन्। मुद्दाको आज पेशी तोकिएको छ।...
काठमाडौँमा भयवह बन्दै कोरोना, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा पुष्टि

काठमाडौँमा भयवह बन्दै कोरोना, परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा पुष्टि

विशेष खबर, स्वास्थ्य
काठमाडौं । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ । गत शनिबारसम्म स्वाव सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गहेकाले आइतबारदेखि १६ वटा परीक्षण स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ । कामपाको ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको र परीक्षण गरिएकामध्ये ४२० जनामा पुष्टि हुने गरेको कामपा जनस्वास्थ्य महाशाखाले जनाएको छ । कामपाका ल्याब टेक्निसियन राधिका कुँइकेलका अनुसार परीक्षणका लागि आवश्यकताअनुरुप टोली तयारी अवस्थामा रहेको छ । “कोरोनाको शङ्का देखिएका र वडाले खटाएअनुसार अहिले परीक्षणको कामलाई व्यापक बनाइएको छ”, कुँइकेलले भने। सङ्क्रमण पुष्टि भएको १४ दिनपछि पुनः परीक्षण गर्नु नपर्ने मान्यता रहे पनि कामपाको हकमा भने १४ दिनप...
भारतले मिचेको भूमि फिर्ता ल्याउन खोज्दा केहीले पार्टी फुटाए : ओली

भारतले मिचेको भूमि फिर्ता ल्याउन खोज्दा केहीले पार्टी फुटाए : ओली

अन्तर्राष्ट्रिय, गशिप, राजनीति, विशेष खबर
काठमाडौं : पुष ९, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढालेर पार्टी फुटाउन खोजेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको बताएका छन् । बिहीबार बालुवाटारमा आफ्नो समूहको केन्द्रीय समितिको बैठकमा उनले छिमेकीले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता माग्दा भारतसँग सम्बन्ध बिगारेको आरोप लगाउनेहरुले सरकार ढालेर पार्टी फुटाउन खोजेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको बताए । ओलीले आफूसँग मिल्न आए ठाउँँ खाली राखिएको र कसैलाई नहटाइएको बताए । त्यस्तै उनले संसद पुर्नस्थापना गर्ने कुनै बहाना नरहेको र बहुमत प्राप्त सरकारले गरेको संसद बिघटन पुर्नस्थापना हुने सम्भावना नरहेको धारणा पनि राखे । प्रधानमन्त्री ओलीले अब आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्ने पनि बताए ।...
ओली समूहले प्रचण्डलाई गर्यो कारबाही

ओली समूहले प्रचण्डलाई गर्यो कारबाही

राजनीति, विशेष खबर, समाज
९ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले पुष्पकमल दाहाल प्रचण्डबाट कार्यकारी अधिकार खोस्ने निर्णय गरेको छ । बालुवाटारमा बसेको विहीबारको बैठकले प्रचण्डको कार्यकारी अधिकार खोस्ने निर्णय गरेको हो । तर, प्रचण्डलाई अध्यक्षबाट भने हटाइएको छैन । यसअघि नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय भएको थियो । श्रेष्ठलाई पनि पार्टीबाट हटाइएको छैन । यो समूहले पार्टी विभाजनपछि रिक्त स्थानहरुको पूर्णता दिने काम पनि सुरु गरेको छ । बिहीबारकै बैठकले प्रचण्ड र माधव समूहमा लागेका प्रदेश इन्चार्जहरु हटाएको छ । प्रदेश १ को इन्चार्जबाट भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिइएको छ । प्रदेश २ मा सत्यनारायण मण्डल यथावत छन् । बागमती प्रदेश इन्चार्जबाट अष्टलक्ष्मी शाक्यलाई हटा...
ओली क्रान्तिकारी र प्रचण्ड-नेपाल प्रतिगामी समुह : बादल

ओली क्रान्तिकारी र प्रचण्ड-नेपाल प्रतिगामी समुह : बादल

राजनीति, विशेष खबर
काठमाडौं : पुष ९, पार्टी विभाजनको केही दिन मौन बसेर अन्ततः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहमा गएका लाई गृहमन्त्री रामबहादुर थापा बादलले प्रचण्ड र माधवकुमार नेपाल समूह प्रतिक्रान्तीकारी भएको संगिन आरोप लगाएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी ओली समूहको केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्दै थापाले दाहाल-नेपाल समूहको ध्यान क्रान्तिका उपलब्धिहरूलाई उल्ट्याउन केन्द्रित रहेको आरोप लगाएको बताएका हुन् । उहाँले दाहाल-नेपाल समूहले प्रतिक्रान्तिलाई सघाउने निर्णय गर्दै अघि बढेको दावी गर्दै उहाँहरू दुश्मनको चङ्गुलमा फसेको समेत बताए । गृहमन्त्री थापाले थापाले मुलुकलाई प्रतिक्रान्तिको खतराबाट जोगाउन केपी शर्मा ओलीलाई आफूले साथ दिएको बताउँदै ओलीलाई साथ दिनुको विकल्न नरहेको पनि प्रष्ट पारे । संसदको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको जिकिर गर...
बादलको पद मोह, अध्यक्षको आश्वासनपछि ओली समुहतिर

बादलको पद मोह, अध्यक्षको आश्वासनपछि ओली समुहतिर

राजनीति, विशेष खबर
पौष ९, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि भएको राजनीतिक उथलपुुथलसँगै कम्युनिस्ट पार्टी (नेकपा) दुई समुहमा विभाजित भएको छ । अहिलेसम्म पार्टी विभाजनको घोषणा नभएपनि दुबै पक्षको गतिविधिले पार्टी विभाजनमा गइसकेको र अब निर्वाचन आयोगबाट कसले आधिकारिकता पाउने र निर्वाचन चिन्ह कसले पाउने भन्नेमै केन्द्रीत रहेको छ । तर प्रचण्ड–नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र संसदीय दलको नेताबाट बर्खास्त गरिसकेको छ भने प्रतिनिधिसभा पुनर्स्थापना समेत गरेर नयाँ सरकार बनाउने दावी गरेको छ । त्यस्तै, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ भने सो रिट अदालतमा विचाराधीन अवस्थामा रहेको छ । पार्टी फुटमा गएकै बेला उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा अहिलेसम्म दुबै पक्षको भेला तथा बैठकमा सहभागी भएका छैनन् । अन्तिममा गौतम...
बेलायतमा देखिएको नयाँ कोरोना पुरानो भन्दा ७० प्रतिशत बढी संक्रामक

बेलायतमा देखिएको नयाँ कोरोना पुरानो भन्दा ७० प्रतिशत बढी संक्रामक

अन्तर्राष्ट्रिय, विशेष खबर, समाज, स्वास्थ्य
एजेन्सी : पुष ९, बेलायतमा तीब्र रुपमा फैलिएरहेको नयाँ कोरोना भाइरसले विश्वलाई पुनः चिन्तित बनाएको छ । नेपालसहित विश्वका ५० भन्दा बढी देशले बेलायतबाट जाने उडानमा र बेलायतबाट एवं बेलायत हुँदै आउने यात्रुमा रोक लगाएका छन् । कोरोनाको नयाँ भाइरसको इन्फेक्सनबाट बेलायतमा मंगलबार मात्रै ७ सय जनाको मृत्यु भएको छ भने एकैदिन ३६ हजार भन्दा बढी संक्रमित भएका छन् । नयाँ रूपको कोरोना भाइरस भेटिएपछि मंगलबार मात्र नेपालले बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोकसमेत लगाएको छ । हालसम्मको अध्ययनअनुसार पुरानो रूपको कोरोना भाइरस भन्दा नयाँ रूपको कोरोना भाइरस ७० प्रतिशत बढी संक्रामक रहेको बेलायतको युनिभर्सिटी अफ हर्डस्फिल्डका ग्लोबल पब्लिक हेल्थका प्राध्यापक डा. पदम सिम्खडा बताउँछन् । बेलायतका ६० भन्दा बढी स्थानीय तहमा नयाँ स्वरुपको कोरोना भाइरस फैलिएको र कोभिड–१९ भन्दा बढी हानिकारक रहेको अध्ययनहरूल...
ओली समुहको महासचिवमा शंकर पोखरेलको चर्चा

ओली समुहको महासचिवमा शंकर पोखरेलको चर्चा

राजनीति, विशेष खबर
काठमाडौं : पौष ८, मंगलबार सरकारी नेकपाको प्रचण्ड–नेपाल समूहले बहुमत समूहको केन्द्रीय समिति बैठक र ओली समूहले आफूनिकट केन्द्रीय सदस्यहरुको भेला गरेपछि नेकपा औपचारिक रुपमा फुटेको छ। फुटपछि दुवै समूह आ–आफ्नो आन्तरिक शक्तिको जुटेका छन्। ओली समूहले पार्टीको आधिकारिकता आफूले पाउनुपर्ने दावी गरे पनि अधिकांश नेताहरु मूल पार्टी प्रचण्ड–नेपाल समूहले पाउनेमा स्पष्ट नै छन्। मूल पार्टी जसको हुन्छ, चुनाव चिन्ह पनि त्यसैको हुन्छ भन्ने कुरा पनि ओली समूहका नेताहरुलाई राम्रोसँग थाहा छ। तर, नेताहरु आफ्ना कार्यकर्ता निरास नहुन् र बहुमत समूहतिर नलागुन् भनेर सूर्य चिन्हप्रति आशा देखाउन छोडेका छैनन्। तर, ओली समूहभित्र अबको संगठन कसरी धान्ने भन्ने बहस सुरु भएको छ। पूर्वएमालेका १५ पदाधिकारीमध्ये १० जना पदाधिकारी प्रचण्ड–नेपाल समूहतिर लागेपछि ओलीले संगठनमा पकड राख्नसक्ने नेताहरुको खोजी गर्न थालेका छन्। मंगलबा...
संसद भङ्ग गरेको डेढ हप्ता नबित्दै ओलीको अर्थपूर्ण भारत भ्रमण

संसद भङ्ग गरेको डेढ हप्ता नबित्दै ओलीको अर्थपूर्ण भारत भ्रमण

अन्तर्राष्ट्रिय, राजनीति, विशेष खबर
काठमाडौं : पार्टी भित्र अल्पमतमा परेर असंवैधानिक र हठात् तवरले प्रतिनिधिसभा बिघटन गरेर चौतर्फी आक्रमण झेलिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पौष २० गतेभित्रै भारत भ्रमणको तयारी गरेका छन् । ओलीको संसद विघटनको देश भित्र भत्सर्ना भइरहेकै बेला ओलीले संसद विघटन गरेको करिब डेढ हप्ता नबित्दै भारत भ्रमणको घनिभूत तयारी थालेको जनआस्थाले उल्लेख गरेको छ । गत वर्षदेखि चिसिएको दुई देशको सम्बन्ध सुधार्न भन्दै पछिल्लो चार महिनामा भारतबाट भएका औपचारिक तथा अनौपचारिक उच्चस्तरीय भ्रमणपछि पुस पहिलो साता परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतको औपचारिक भ्रमण गर्ने गृहकार्य भइरहेको थियो । तर,अहिले एकाएक मुलुकमा विकसित चरम राजनीतिक संकट र अस्तव्यस्तताबीच प्रधानमन्त्रीको भारत भ्रमणको लागि आवश्यक गृहकार्य थालिएपछि राजनीतिक वृत्तमा अर्थपूर्ण ढंगले हेरिएको छ । उच्च स्रोतका अनुसार भ्रमण पुस २० गतेभित्र हुने गरी ...
सर्वोच्चद्वारा संसद विघटनको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्चद्वारा संसद विघटनको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

अन्तर्राष्ट्रिय, प्रदेश खबर, राजनीति, विशेष खबर
८ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संसद विघटनविरुद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको थियो । इजलासले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश दिएका छन् । तर अन्तरिम आदेश दिन अस्वीकार गरे । अब यी सबै रिटमा शुक्रबार सं‌वैधानिक इजलासमा सुनुवाई हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको स्वीकृति असंवैधानिक भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सां‌सदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीसमेत रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । बुधबार कञ्चनकृष्ण न्यौपाने, समृत खरेलसमेत, लोकेन्द्र केसी...
चीनका १० लाख जनालाई भ्याक्सिन लगाइयो, भेटिएन कुनै पनि त्रुटी

चीनका १० लाख जनालाई भ्याक्सिन लगाइयो, भेटिएन कुनै पनि त्रुटी

अन्तर्राष्ट्रिय, फोटो, विशेष खबर, समाज, स्वास्थ्य
काठमाडौं : पौष ८, अमेरिका र बेलायतले कोरोना विरुद्धको भ्याक्सिन लगाउन सुरु गरेसँगै चीनले पनि आफैं तयार पारेको भ्याक्सिन सर्वसाधारणलाई लगाउन सुरु गरेको छ । चीनका भ्याक्सिन स्टेट काउन्सिलका प्रमुख झेंगका अनुसार चीनका १० लाख जनालाई भ्याक्सिन लगाइएको र यसमा कुनै त्रुटी भेटिएको छैन । केही व्यक्तिलाई सामान्य असर गरेपनि यसले गम्भीर असर नगरेका कारण अब चीनका हरेक नागरिकलाई भ्याक्सिन उपलब्ध गराइने झेंगको भनाइ छ । भ्याक्सिन लगाइएका १० लाख मध्ये ६० हजार कोरोना भाइरसको उच्च जोखिममा रहेका व्यक्तिहरु रहेकोमा एकाधलाई केही असर देखिएको बताइएको छ । चीनमा हाल तीन कम्पनीले भ्याक्सिन तयार पारिरहेको छ । जसमा सिनोफार्म एण्ड सिनोभ्याकले तयार पारेको भ्याक्सिन चीनबाहेक अन्य राष्ट्रहरुमा पनि ट्रायलको रुपमा रहेको छ । युएई, ब्राजिल, टर्की, इन्डोनेशिया, बहराइनमा पनि चीनको सिनोफार्म एण्ड सिनोभ्याकले तयार प...
बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाउने सीएमसीको निर्णय

बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाउने सीएमसीको निर्णय

अन्तर्राष्ट्रिय, विशेष खबर, स्वास्थ्य
काठमाडौं, ७ पुष । कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति सीसीसएमसीले बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गठन गरेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति सीसीसएमसीको बैठकले बेलायतमा कोरोनाको नयाँ स्वरुपको संक्रमण देखिएको भन्दै बेलायतबाट नेपाल आउन रोक लगाउने निर्णय गरेको हो । बेलायतबाट यात्रा प्रस्थान गरि नेपाल आउने यात्रु र बेलायतमा ट्रान्जिट भइ नेपाल आउने यात्रुलाई अर्को सूचना नभएसम्मका लागि रोक लगाउने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिनुभयो । त्यस्तै उक्त देशबाट नेपाल आउनका लागि भिषा जारी नगर्ने र नेपालमा प्रवेशाज्ञा रोक लगाउने निर्णय भएको छ । यस्तै बुधबारसम्म ट्रान्जिटमा रहेका नागरिकलाई नेपाल आएपछि १...