Saturday, May 4
Shadow

कर्णालीकै एकमात्र हस्पीटालिटी : कुलिनरी


  • -इ
  • इ+

जन्मदेव जैसी, सुर्खेत । आफ्नै प्रदेशमा व्यवसायिक शिक्षा र मौलिक सिप सिक्न पाउनु सम्पूर्ण कर्णालीवासीहरुका लागि गौरवको विषय हो । शिक्षा बस्तुवादी हुनुपर्छ, व्यवहारिक र बैज्ञानिक हुनुपर्छ भन्नेहरुका लागि त यो उदाहरणीय काम हो । राज्यबाट दोश्रो नागरिकको व्यवहार खेपिरहेको कर्णाली किन उत्पीडनमा परेको छ ? हामी उत्पीडित क्षेत्रबाट कहिले समृद्धि कर्णाली भन्ने स्थितिमा पुग्ने ?

अब यो उद्देश्य निश्चित राजनीतिक दल या कार्यकर्ताले भाषण गर्ने मसाला बनाएर मात्र पुग्दैन । हामी सबै कर्णालीवासी जो साँच्चिकै शैक्षिक, आर्थिक, राजनीतिक, सांस्कृतिक एवं सामाजिक रुपमा समृद्ध बन्ने हो भने हरेक क्षेत्रलाई आत्मनिर्भर बनाउन व्यवसायिक शिक्षा र मौलिक सिपसहितको रोजगार अनिवार्य शर्त हो ।

हाम्रो सुन जस्तो कर्णालीमा अनेक सम्भानाहरु छन् तर ती सम्भावनाहरुको खोजी गर्न छाडेर बेरोजगारीको पिडाले कर्णालीबाट हजारौ युवाहरु बर्षेनी विदेशीनु पर्ने बाध्यताबाट कहिले मुक्ति पाउने ? यो प्रश्न हरेक कर्णालीका अभिभावकहरुको हुने हो भने तिनका हरेक कर्णदारहरु आत्मनिर्भर शिक्षापद्धतिमा जोडिन सक्छन् ।

हामी सबैलाई थाहै छ, कर्णाली प्रदेश पर्यटकीय दृष्टिकोणले एकदमै भरिपुर्ण प्रदेशका रुपमा परिचित छ । पछिल्लो समय कर्णाली पर्यटकको रोजाई बन्दै गएको छ । अधिकांश आन्तरिक तथा बाह्य पर्यटकले कर्णाली मन पराएरै यहाँ आउँछन् । तर, उचित बस्ने ठाउँको समस्या हुँदा यहाँका कैयौँ ठाउँहरु ओझेलमा छन् ।

यही कर्णालीमा आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत गर्न कर्णालीका एक युवा आतुर छन् ती हुन् केशवबहादुर कठायत । कर्णालीका सम्भावना खोज्दै यहाँ बिदेशी पर्यटक ल्याउनुपर्छ, कर्णालीमा ल्याएर भरपुर मनोरञ्जन र आरामदायी बासको व्यवस्थामा कुनै पनि कुराको कमि हुन दिनुहुँदैन भन्ने सोचमा दिनरात नभनेर खटिएर लागि परेका केशव व्यवसायिक शिक्षा सिकेर विदेशी भूमिमा होटल व्यवसाय सम्बन्धी सिममुलक आफ्नाे अनुभव कर्णालीमा फैलाउन लागिपरेका छन् ।

कर्णाली चिनाउनुपर्छ भनेर कर्णालीको अर्गानिक कुरालााई विश्वसामु चिनाउन उनले कर्णालीकै सुर्खेतमा कुलिनरी द हस्पिटालीटी संचालन गरेका छन् । यसको लक्षित समुदाय भनेकै राज्यले परनिर्भर बनाएका कर्णालीवासी हुन्, जो आत्मनिर्भर बनाउने अभियानको एक बलियो इट्टा बन्न सकोस् भन्ने केशवको चाहना पनि हो । व्यापारसँगै समाजसेवा पनि गर्नुपर्छ भन्ने भावना बोकेका केशवका दाजुभाई (केशववहादुर कठायत र दिलबहनदुर कठायत)नै कालिकोटका उदाहरणीय पात्र बनेका छन् । कुलिनरी हस्पीटालिटी सेन्टरको निर्माण पनि त्यही भावनाबाट जागृत छ ।

कर्णालीलाई अर्गानिक खाना, र उत्पादन अनि संस्कृतिलाई विश्वसामु परिचित गराउनुपर्छ भन्ने प्रयास पनि हो केशवको । अबको केही समयपछि कैयौँ बिदेशी पर्यटक नेपाल आउने र, त्यस्का लागि पर्यटकलाई पर्याप्त आरादायी बस्ने ठाउँको अभाव हुने ठोकुवा गर्छन् केशव ।

जिर्ण कर्णालीको पर्यटनको सम्भावनालाई दृष्टिगत गर्दै ग्रामिण विकासको लागि युवाहरुलाई सहभागी गरेर मात्र समृद्ध कर्णाली, आत्मनिर्भर कर्णाली र आधुनिक कर्णाली बनाउन सम्भव छ भन्ने उनको दरिलो विश्वासले यो काम गरिरहेको छ ।

कर्णालीलाई विश्वसामु चिनाउन र कर्णालीका बेरोजगार युवालाई रोजगारी सिर्जना गर्न सुर्खेतको वीरेन्द्रनगर –४ स्थित १० कट्टाक्षेत्रफलमा बनेको यो हस्पिटालिटीमा पढाई हुने बिषयहरु, भारतीय र महाद्वीपीय व्यञ्जन बनाउन, डिप्लोमा हाउसकीपिङ, डिप्लोमा बेकरी र पेस्ट्री, खाना र पेय सेवा, बरिस्ता कफी बनाउने लगायत महिलाको लागि बेकरी र पेस्ट्री सिकाईने छन् ।

सामान्य माटोले निर्माण गरेका टहरा अनि आगनभरी अर्गानिक तरकारी खेती एक साइटमा कुखुरा पालन पनि भइरहेको एकान्त अनि शान्त ठाउँमा छ कुलिनरी द हस्पीटालिटी सेन्टर । जम्मा १ लाख ४ हजारमा पढाइ हुने यो हस्पीटालिटी सेन्टरमा कर्णालीको रैथाने अर्गानिक बालिको प्रयोग गरी पढाइने कर्णालीको पहिलो हस्पीटालिटी सेन्टर पनि हो । पछिल्लो समय कर्णाली विषेश गरी हिमाली जिल्लाका विद्यार्थीहरुको पहिलो रोजाइ बन्न पुगेको यो हस्पीटालिटी सेन्टरमा कर्णालीका विभिन्न जिल्लाबाट पढ्न आउने गरेका छन् । छोटो समयमा आफ्नो सिपलाई प्रयोग गरी रोजगारी मिल्ने भएकाले आफुहरुले यो हस्पीटालिटी सेन्टरलाई रोजेको यहाँ अध्यायनरत विद्यार्थीहरु अनुभव साट्छन् ।

कर्णालीमा उत्पादन हुने रैथाने बाली र यहाँको अर्गानिक खानालाई कर्णालीको पर्यटन सँग जोड्ने उदेश्यले यो अभियान थालेको सञ्चालक केशव बताउँछन् । कर्णालीका प्रत्यक गाउँ र टोलहरु पर्यटकीय दृष्टिकोणले घुम्न लायक छन् यहाँको भूमिका उत्पादन हुने अन्न बाली झनै महत्वपुर्ण मानिन्छ । कर्णालीको माटोमा उत्पादन भएका हरेक चिजहरु विदेशमा बहुमुल्यमा बिक्छन् ।

अतः कर्णालीको माटोमा उत्पादन भएको बाली कर्णालीकै जनशक्ति प्रयोग गरी कर्णालीमै रोजगारी दिनु हस्पीटालिटीको पहिलो उदेश्य रहेको उनको स्पष्टोक्ति थियो । कर्णालीमै केहि गरौ र कर्णालीको पर्यटन मार्फत दक्ष जनशक्ति उत्पादन गरेर यहाँको रैथाने बालीलाई अन्तराष्ट्रिय बजारसम्म पु¥याउने लक्ष्य लिएका केशवजस्ता युवा शक्तिलाई कर्णाली प्रदेश सरकारले पनि प्रेरित गरेर व्यवहारिक तथा बैज्ञानिक शिक्षा दिएर कर्णालीलाई आत्मनिर्भर बनाउन यस्ता योजना र उद्देश्य ठोस गन सक्छ कि सक्दैन ? हेरौं ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्