Thursday, May 2
Shadow

पुडासैनी परिवारले संचालनमा ल्याए ५० लाख लागतकाे तरकारी बजार


  • -इ
  • इ+

फागुन २४, काठमाडौं । कागेश्वरी मनाेहरा नगरपालिका ८ चिप्ले गाैँडामा ५० लाख लागतमा रामचन्द्र पुडासैनीकाे परिवारले कागेश्वरी तरकारी तथा फलफुल बजार संचालनमा ल्याएका छन् ।

स्थानीय उत्पादनलाई आफ्नै गाउँघरमा खपत गर्ने र ताजा तरकारी घरघरमा पुर्याउने उद्देश्यका साथ एकीकृत तरकारी बजार संचालन ल्याएकाे उक्त बजारका संचालक रामचन्द्र पुडासैनीले शिक्षा संचारलाई जानकारी दिएका छन् ।

फागुन २४ गते बुधबार नारिदीवसकाे अवसर पारेर पुडासैनी परिवारले कागेश्वरी मनाेहरा नगरपालिकाका उप मेयर शान्ता थपा, पुर्व मेयर कृष्णहरी थापाकाे विशेष उपस्थितिमा उक्त तरकारी बजारकाे उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा कागेश्वरी मनाेहरा नगरपालिकाका उप मेयर शान्त थापाले “स्थानीय स्तरमा उत्पादन गरेकाे तरकारी र खाद्यान्नहरू स्थानीय स्तरमै विक्रि वितरण गर्ने उदेश्यले खाेकाे बजारलाई राम्रो बनाउन र निरन्तर रूपमा संचालन गर्नका लागि नगरपालिकाले पनि साथ र सहयोग गर्ने कुरा प्रतिबद्धता व्यक्त गरेकि थिईन् । ”

त्यसैगरी कागेश्वरी मनाेहरा नगरपालिकाका पूर्वमेयर कृष्णहरी थापाले यश क्षेत्र विस्तारै गाउँबाट शहरीकरणकाे रूपमा विस्तार हुँदै गइरहेको सम्बन्धमा स्थानीय उत्पादनलाई स्थानीय उपभोक्तले नै ताजा ताजा तरकारी खरिदन गर्न पाउनेगरी संचालनमा ल्यइएकाे तरकारी मण्डले समाजमा राम्रो व्यवसायी वातावरण तयार भएको बताएका थिए ।

कालिमाटीका पुराना तरकारी व्यवसायी तथा समाजसेवी रामकृष्ण खत्रीले तरकारी व्यवसायबाट व्यापार र सेवा दुवै हुने भएकाले अहिले सञ्चालनमा आएकाे यस कागेश्वरी तथा तरकारी तथा फलफुल बजारबाट यहाँका वासिन्दा अत्यन्त लाभान्वित हुने विश्वास व्यक्त गरे । उनले भने,  “म पनि यहाँ गाेठाटारकै बासिन्दा हुँ, मैले के सहयाेग गर्नुपर्छ समाज विकास र याेगदानका लागि हरबखत तत्पर छु ।”

सबै प्रकारका तरकारीहरू, गेडागुडी , दही दुग्ध , माझामासु, हरी तरकारी र भान्सामा चाँहिने सबै प्रकारका सामग्रीहरू एउटै ठाउँबाट पाइने गरि संचालनमा ल्याइएको तरकारी बजारमा २२ वटा तरकारी स्टलहरू र १० वटा सटरहरू रहेकाे संचालकले बताए ।

साथै एक फाेन र अनलाइनकाे माध्यमबाट तरकारी घरघरमा पुर्याउने र गाउँ गाउँमा उत्पादन भएका ताजा तरकारीहरू मण्डिमा ल्याएर विक्रि गर्दै हेतुले मण्डी संचालन लाएकाे पुडासैनीले बताए । विगत ३० बर्षसम्म हार्यवयर व्यवसाय संचालन गरेका पुडासैनीले त्याे व्यवसाय छाडि समाजसेवा हेतुले कृषि जन्य उत्पादन र त्यसकाे उचित बजारीकरण गर्नै लक्ष्य लिएर कागेश्वरी मनाेहरा तरकारी तथा फलफूल बजार संचालन गरेकाे उनले बताएका छन् ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्