Sunday, May 5
Shadow

कागेश्वरी मनाेहरालाई कृषिमा आत्मनिर्भर बनाइन्छ : प्रमुख उपेन्द्र कार्की


  • -इ
  • इ+

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा कृषि केन्द्रको शुभारम्भ भएको छ । सदस्य उद्यमशिलता कार्यक्रम अन्र्तगत उक्त परियोजनाको उद्घाटन नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले गत विहिवार गर्नुभएको थियाे ।

नगरपालिका नियामक रहेको हरहर महादेव सहकारी संस्थाको भागिनी संस्थाको रुपमा रहने हरहर महादेव कृषि केन्द्रको उद्घाटन नगरपालिकाका नगर प्रमुख कार्कीले गतसाताकाे विहिबार गर्नुभएको हो ।

चालिस रोपनी जग्गा भाडामा लिएर सुरु गरिएको यो परियोजनालाई नगरपालिकाको नमूना परियोजनाको रुपमा

हेरिएको छ । परियोजनाको उद्घाटन गर्दै नगर प्रमुख कार्कीले यसलाई नमूना बनाउन आफूले हर सहयोग गर्ने बताउनुभयो । कृषि क्षेत्रको विकास, व्यवस्थापन र उत्पादनमुखी कार्यलाई नगरपालिकाले प्राथमिकतामा राखेको उहाँकाे भनाई थियो ।

नगर क्षेत्रभित्र भएको कृषि योग्य जमिनको सहि सदुपयोग गरी उत्पादनमूलक कार्य गर्न नगरपालिकाले आव

श्यक सहयोग गर्ने बताउदै नगर प्रमुख कार्कीले नगरभित्र भएका सहकारीहरुलाई उद्यमशिलताका कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गर्नुभएको थियो ।

यो परियोजनाले नगरपालिकालाई कृषिमा समृद्ध बनाउन सहयोग पुर्याउने भन्दै उहाँले यसले नगरभित्र रोजगारीको सिर्जना पनि गर्ने तर्क गर्नुभयो ।

कार्यक्रममा बोल्दै नगरपालिकाको उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकिय अधिकृत अजय बर्तौलाले परियोजना सफलताका लागि शुभकामना दिँदै नगरपालिकाले आवश्यक समन्वय गर्न कन्जुस्याई नगर्ने बताउनुभयो ।

सो अवसरमा वडा अध्यक्ष रामजी पुडासैनी ,वडा सदस्य तथा नगरपालिकाका कर्मचारीको पनि उपस्थिती रहेको थियो ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्