Thursday, May 2
Shadow

काँग्रेस शंखरापूर-७ को वडा सम्मेलन सम्पन्‍न


  • -इ
  • इ+

काठमाडौं- नेपाली कांग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठले भ्रष्टाचारमुक्त देश निर्माणमा लाेकतान्त्रिक मूल्य मान्यताकाे व्यवस्था जरूरी भएकाे बताउनुभएकाे छ । शंखरापूर नगरपालिका वडा नं ७ को प्रथम वडा सम्मेलन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा बाेल्दै नेता श्रेष्ठले मुलुकलाई समृद्धितिर लैजान लाेकतान्त्रिक शक्तिहरू एकजुट हुनुकाे विकल्प नभएकाे बताउनुभयाे ।

शंखरापूर नगरपालिका वडा नं ७ को प्रथम वडा सम्मेलन तथा सम्मान कार्य क्रम आज सम्पन्‍न भएको छ । कार्यक्रममा विशिष्ठ अतिथि तरूण दल केन्द्रीय सदस्य जगधिश चन्द्र खाँडको उपस्थिति रहेको थियो। काठमाडौं निर्वाचन क्षेत्र नं २ का कांग्रेस नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको यस वडा सम्मेलनको सभापतित्व यसै वडाका ईकाइ सभापति श्रीजन श्रेष्ठले गर्नुभएकाे थियाे ।

यस सम्मेलनमा पार्टी संगठनलगायत नेपाली कांग्रेस पार्टीको इतिहास वर्तमान अवस्था र आगामी पार्टीले तय गर्ने बाटोमा लक्षित रहेर सम्पूर्ण वक्ताले समसामयिक भनाई राख्नुभएकाे थियाे।

 

 

 

यस क्षेत्र नं २ को क्षेत्रीय सभापति कबिर शर्मा फुयालले अबका दिनमा आफूले यस क्षेत्रमा नेतृत्व गरेर पार्टी संगठन चलायमान गर्नुका साथै यस क्षेत्रलाई ऐतिहासिक नेपाली कांग्रेसमय क्षेत्र बनाउनुका साथै पार्टी संगठन थप मजबुत र सुदृढीकरण गराएर लैजाने बचनबद्धता जायर गर्नुभएकाे थियाे।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्