Thursday, May 2
Shadow

कर्णाली प्रदेश

युद्धमैदानदेखि प्रदेश सभाको उपभामुखसम्म

युद्धमैदानदेखि प्रदेश सभाको उपभामुखसम्म

mainnews, कर्णाली प्रदेश
० बिस्नप्रसाद न्याैपाने सुर्खेत: कर्णाली प्रदेश सभाकी उपसभामुख यसोदा न्यौपानेको राजनीतिक जीवनको संघर्ष फरक छ। उनी विद्यालय पढ्दा ताका नै दुई दशकअघि जुम्ला तातोपानी हिमशिखर माविमा अखिल क्रान्तिकारीको इकाई अध्यक्ष भईन्। मुलुकमा माओवादी द्वन्द्व बढ्दै जाँदा उनी ०५७ असोज ३ गते नेकपा माओवादीको पूर्णकालीन सदस्य बनिन्। परिवारले भने भाइलाई माओवादी आन्दोलनमा पठाउने र दिदी यसोदालाई थप पढाउन काठमाडौं पठाउने तयारी गरेको थियो। परिवारको निर्णय विपरीत उनी युद्ध मोर्चामा सहभागी भइन्। उनलाई युद्धमा होमिएका बेला बाच्छु जस्तो लागेको रहेनछ। विगत सम्झँदै उनले युद्धमा जोगिएर उपसभामुख हुन्छु भन्ने थाहै नभएको बताइन्। उनले भनिन्, 'परिस्थितिले सत्तामा पुर्‍याउँदो रहेछ। उति बेला त देश र जनताको लागि ज्यान गएप नि जाला भनेर युद्धमोर्चामा लागेका थियौँ। आज उपसभामुखको जिम्मेवारी आएको छ।' माओवादी युद्ध सुरु हुनु ...
‘श्रीमानको मृत्युपछि सन्तानको बिचल्ली’

‘श्रीमानको मृत्युपछि सन्तानको बिचल्ली’

mainnews, कर्णाली प्रदेश
कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका-८ का २५ वर्षीय राजेन्द्र बिष्टको पुस १६ गते भिरबाट लडेर निधन भयो। घाँसपात गर्न गएका उनी कहिले घर नआउने गरी सधैँका लागि अस्ताए। दैनिक ज्यालादारी गरेर परिवारमा जीविकोपार्जन गर्दै आएका राजेन्द्रको मृत्यु पछि परिवारमा ठुलो बज्रपात आइलाग्यो। यसै पनि दैनिक जीवनयापन गर्न समेत कठिनाइ भई गरिबी र अभावमा बाँचिरहेको यो परिवारमा यति बेला ठुलो बज्रपात आइलागेको छ। उनको निधनपछि ३ सन्तान र एक श्रीमतीको बिचल्ली भएको छ। परिवारमा आर्थिक अवस्था कमजोर भएपछि तिन सन्तानको बिचल्ली भएको हो। उनकी २१ बर्षीया श्रीमती पिरङका उनका ३ सन्तान र परिवारको आर्थिक अवस्था निकै कमजोर भएपछि किरिया खर्चको पनि अभाव भएको छ। ३ सन्तानको भविष्य पनि अन्धकार छ। मृतक विष्ट परिवारलाई किरिया खर्च एवं बालबच्चाको पठनपाठनको लागि आर्थिक अभाव भएकाले आफन्तले आर्थिक सहयोग गर्न अपिल गरेका छन्। 'घरमा ३ ब...
कालिकोटमा महेन्द्र बहादुर शाहीकाे अग्रता, पछ्याउदै नेशनल

कालिकोटमा महेन्द्र बहादुर शाहीकाे अग्रता, पछ्याउदै नेशनल

mainnews, कर्णाली प्रदेश
कालिकाेट । कालिकोटमा नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाहीले अग्रता लिएका छन् । पहिलो चरणका ३ मतान्तरले अग्रता लिएका नेकपा एमालेका नगीन्द्र शाही ‘नेशनल’ दोस्रो चरणमा २४९ मतान्तरले पछि परेका छन् । प्रतिनिधि सभातर्फको १ हजार १२ मतगणना गर्दा पुर्व मुख्यमन्त्री शाहीले ५७५ मत प्राप्त गरेका छन् भने एमाले नेता शाहीले ३२६ मत पाएका छन् । यस्तै राप्रपाका राप्रपा धन बहादुर बुढाले ३१, नेमकिपाका खड्ग राज शाही २१, स्वतन्त्र उम्मेदवार काशिचन्द्र बराल २१ र ३८ मत बदर छन् ।...
जाजरकाेट ‘क’ बाट युवा नेता रामदीप आचार्य सिफारिस

जाजरकाेट ‘क’ बाट युवा नेता रामदीप आचार्य सिफारिस

कर्णाली प्रदेश, राजनीति
काठमाडौं । आगामी प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले जाजरकोटबाट रामदीप आचार्यको नाम सिफारिस गरेको छ । गएकाे साता बसेको जिल्लाकाे निर्वाचन क्षेत्रीय समन्वय समिति बैठकले प्रदेश ‘क’ बाट आचार्यको नाम सिफारिस गरेको हो । आगामी मंसिर ४ गते देशैभर एकै चरणमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनअन्तर्गत प्रदेशसभा निर्वाचनको उम्मेदवारका लागि माओवादी केन्द्रले जाजरकोट निर्वाचन क्षेत्र प्रदेश ‘क’ बाट रामदीप आचार्यको नाम सिफारिस गरेको छ । युवा तथा बौद्धिक नेताको रुपमा चिनिने आचार्य पार्टी पाेलिट्व्यूराे सदस्य पनि हुन् । आचार्यकाे सिंगाे परिवार जनयुद्धकाे शुरूवातैदेखि समाहित भएकाे हाे । सहीद परिवार समेत रहेका रामदीप आचार्यले कर्णााली प्रदेश सरकारकै नेतृत्वदायी भूमिका पाएमा समग्र कर्णाालीकाे समृद्ध यात्रा शुरू हुने विश्वास त्यहाँका जनताकाे  छ । त्यस्तै पार्टीले समानुपातिक उम्मेदवारका...
सिङ्गो कर्णालीको एक्लो सन्त नेता : मनऋषि

सिङ्गो कर्णालीको एक्लो सन्त नेता : मनऋषि

mainnews, कर्णाली प्रदेश
जनादेशका सम्पादक पत्रकार कृष्णसेन इच्छुक तत्कालीन शाही सेनाबाट वेपत्ता पारिएपछि सम्पादक बनेका पत्रकार मनऋषि धिताल मार्क्सवादी सिद्धान्तबाट दिक्षित छन्। जनयुद्धको भट्टीमा खारिएर स्पात बनेका उनलाई सिद्धान्त व्यवाहारमा उतारेका एक पात्रकाे रुपमा बुझ्दा न्याय हुन्छ। यसकाे प्रमाण उनी इमानदार छन्, उत्तरदायी छन् र जिम्मेवार पनि। उनमा कुनैपनि खालकाे लाेभलालच छैन। एकातिर सिद्धान्त र आदर्श तथा अर्कातिर व्यवहार गरेर तथालिङ्ग राजनीतिकाे पछि नलागि इमान्दारिताका सथा जिम्मेवारी निभाउँदै आएका उनलाई यतिबेला नेकपा माओवादी केन्द्र जुम्लाले प्रतिनिधि सभाकाे सम्भावित उम्मेदवारकाे रुपमा सिफारिस गरेकाे छ। उनी सँगै पूर्व सभासद् एवम् कर्णाली प्रदेशका पूर्व काननु मन्त्री नरेश भण्डारी, पूर्व राज्यमन्त्री गाेमा कुँवर र कर्णाली विकास आयाेगका पूर्व अध्यक्ष डा. कल बहादुर राेकाया पनि सम्भावित उम्मेदवारकाे सुचिमा छन्। य...
उपाध्यक्ष सिंहको कामले जेष्ठ नागरिकको मुहारमा खुशी छायो

उपाध्यक्ष सिंहको कामले जेष्ठ नागरिकको मुहारमा खुशी छायो

कर्णाली प्रदेश, राजनीति
कालिकोट । सान्नीत्रिबेणी गाउँपालिका उपाध्यक्ष पार्वती सिंह बंैकका कर्मचारीहरुलाई सगै लिएर जेष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता आफै वितरण गरिरहेकी छन् । पालिकाको केन्द्रमा पुग्न दिनभरी हिडेर जानुपर्ने र पुगिसकेपनि घण्टौंसम्म जेष्ठ नागरिकहरुले लाइन बस्नेपर्ने स्थितिको अन्त्य गर्ने भन्दै पालिका र बैंक कर्मचारीहरुलाई साथमै लिएर उपाध्यक्ष घरघरमा आफै पुगेर भत्ता वितरण गरिरहेकी छन् । सानिमा बैंक शाखा र सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखासँंगको विशेष समन्वयमा जनताको घर घरमै घुम्ती बैंक सेवा मार्फत सो काम उपाध्यक्षकै पहलमा भइरहेको स्थानीयवासीले बताएका छन् । सान्नी त्रिबेणी गाउँपालिकाले बैंकको अन्य कारोबार र सेवाग्राहीलाई ध्यानमा राखी बिदाको दिन शनिबार घुम्ती सेवा मार्फत वडा मै गएर वितरण गरिरहेको छ । उपाध्यक्षको उक्त कार्यबाट नौ वटै वडाका जेष्ठ नागरिकहरु खुसी हुँदै स्यावासी दिइरहेका छन् । “सर...
सान्नि त्रिवेणी गा.पा.काे घाेषणा : रकु-मुम्रा ट्रयाक पहिलाे प्राथमिकता

सान्नि त्रिवेणी गा.पा.काे घाेषणा : रकु-मुम्रा ट्रयाक पहिलाे प्राथमिकता

mainnews, कर्णाली प्रदेश
सान्नि । सान्नि त्रिवेणी गाउँपालिकाअध्यक्ष माेहन बहादुर केसी र उपाध्यक्ष पार्वती सिंह (संज्याल)ले रकु र मुम्रा जाेड्ने सडक पहिलाे प्राथमिकतामा रहेकाे बताएका छन् । मंगलबार उनले आफ्नाे कार्यकक्षमा पदभार ग्रहण गर्दै उक्त घाेषणा गरेका हुन्। पदभार गर्दै अध्यक्ष माेहनबहादुर केसीले जनताकाे वास्तविक प्रतिनिधि भएर गाउँपालिका नेतृत्व गर्ने माैका सान्नी त्रिवेणीका जनताले अाफूलाई दिएकाे भन्दै याे कार्यकाल जनताप्रति समर्पित भएर लाग्ने प्रेरणा मिलेकाे बताए । "जनताका अाधारभूत मुद्धा पुरा गरिछाड्ने मेराे दृढ इच्छा छ, सान्नी त्रिवेणीवासीकाे सहकार्यकाे पूर्ण अपेक्षा छ" केसीले भने । त्यस्तै उपाध्यक्षा सिंहले २०७९ वैशाख ३० गते भएको निर्वाचनका लागि नेकपा एमालेले आफूलाई प्रतिनिधिका रुपमा उपाध्यक्ष पदमा उठाउँदा जनताले त्यसलाई अनुमाेदन गर्दा काम गर्ने अवसर जुरेकाे उपाध्यक्ष पार्वती सिंह (संज्याल)ले बत...
अवधि सकिने स्थानीय जनप्रतिनिधि पनि काम चलाउ !

अवधि सकिने स्थानीय जनप्रतिनिधि पनि काम चलाउ !

कर्णाली प्रदेश, समाज
काठमाडौ । स्थानीय चुनाव ६ महिनापछि गर्ने निर्णयसँगै सत्तारुढ पाँचदलीय गठबन्धन र कानुनविदले पदावधी पुगेका जनप्रतिनिधिलाई काम चलाऊ भन्ने निर्णय गरेका छन् । संघीय र प्रदेश सरकारको हकमा भने अर्को नआउन्जेलसम्मलाई काम गर्न परे निर्णय गर्न नपाउने तर, ‘काम चलाऊ’का रुपमा रहन दिने व्यवस्था गरेको छ। तर, तल्लो तहको सरकारका रुपमा परिचित स्थानीय तहमा पदावधि सकिएपछि काम चलाऊ हुने व्यवस्थाको परिकल्पना गरिएको छैन। वैशाख र असारमा पाँच वर्षे कार्यकाल पुगेका गाउँ र नगर सभाका जनप्रतिनिधिलाई काम चलाऊ भनेर काम गर्न दिने करिब समझदारी बनेर निर्णय गरिएको कानुनविद् तथा पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले बताए। ‘स्थानीय तहमा पनि काम चलाऊ सरकार हुने प्रोभिजन राख्ने निर्णय भएको छ,’ श्रेष्ठले भने, ‘पदावधि सकिएको ६ महिनाभित्र निर्वाचन हुँदा त्यस्ता जनप्रतिनिधिले काम चलाउको रुपमा काम गन पाउनेछन्। त्यस्ता जनप्...
कर्णालीकै एकमात्र हस्पीटालिटी : कुलिनरी

कर्णालीकै एकमात्र हस्पीटालिटी : कुलिनरी

mainnews, कर्णाली प्रदेश, पर्यटन, विशेष खबर
जन्मदेव जैसी, सुर्खेत । आफ्नै प्रदेशमा व्यवसायिक शिक्षा र मौलिक सिप सिक्न पाउनु सम्पूर्ण कर्णालीवासीहरुका लागि गौरवको विषय हो । शिक्षा बस्तुवादी हुनुपर्छ, व्यवहारिक र बैज्ञानिक हुनुपर्छ भन्नेहरुका लागि त यो उदाहरणीय काम हो । राज्यबाट दोश्रो नागरिकको व्यवहार खेपिरहेको कर्णाली किन उत्पीडनमा परेको छ ? हामी उत्पीडित क्षेत्रबाट कहिले समृद्धि कर्णाली भन्ने स्थितिमा पुग्ने ? अब यो उद्देश्य निश्चित राजनीतिक दल या कार्यकर्ताले भाषण गर्ने मसाला बनाएर मात्र पुग्दैन । हामी सबै कर्णालीवासी जो साँच्चिकै शैक्षिक, आर्थिक, राजनीतिक, सांस्कृतिक एवं सामाजिक रुपमा समृद्ध बन्ने हो भने हरेक क्षेत्रलाई आत्मनिर्भर बनाउन व्यवसायिक शिक्षा र मौलिक सिपसहितको रोजगार अनिवार्य शर्त हो । हाम्रो सुन जस्तो कर्णालीमा अनेक सम्भानाहरु छन् तर ती सम्भावनाहरुको खोजी गर्न छाडेर बेरोजगारीको पिडाले कर्णालीबाट हजारौ युवाहरु बर्ष...
कालिकाेटकाे जिते वजार उच्च जोखिममा

कालिकाेटकाे जिते वजार उच्च जोखिममा

कर्णाली प्रदेश
कालीकोट- लगातारको परेको पानीले कर्णाली नदी र तिलाकर्णाली नदी दुवैमा पानीको सतह वढेको छ । दुवै नदीमा पानीको सतह वढेपछि कर्णाली उर्लिएको छ । कर्णाली र तिलाकर्णालीको दोभान जितेमा दुवै तर्फको पानीको वहाफ उच्च भएपछि हिउदमा खाली रहेको जमिन समेत पुरिएको छ । दुवै तर्फवाट वग्ने दुई नदीमा पानीको वहाफ वढेपछि पुरै वगर जलमङन भएको छ । जिते वजारको छेउ सम्म पानी पुगेको छ । पानीको श्रोत स्थीर हुदा दुवै तर्फ खोला जस्तै देखिन नदी आजभोली एकैनासका भएका छन । पानीको सतह पहिलेका वर्ष भन्दा निकै माथि आएको स्थानीय ब्यापारीले वताएका छन । उद्योग वाणिज्य संघका पुर्व उपाध्याक्ष डिलवहादुर शाहीले यो वर्ष दुवै नदी ९कर्णाली र तिला० मा पानी निकै वढेको वताउनुभयो । उहाँले आफु जितेवजारमा ब्यपार गर्न लागेको १६ वर्ष भएको र सबै भन्दा वढी पानीको वहाफ यो वर्ष देखेको वताउनुभयो । गत वर्ष सबै भन्दा ठुलो आयो वाढी भनेका थियौ । तर ...
कर्णालीमा कोरोना संक्रमण बढ्रयाे

कर्णालीमा कोरोना संक्रमण बढ्रयाे

कर्णाली प्रदेश
काठमाडौं । सात प्रदेशमध्ये कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण दर उच्च देखिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्यांक अनुसार कर्णालीमा दोस्रो लहर उत्कर्षमा पुग्दा जेठ पहिलो साता दैनिक ८ सयदेखि एक हजार संक्रमित भेटिएका थिए । त्यतिबेला दिनमा १५ सयदेखि २ हजार नमुना परीक्षण हुने गर्थ्यो । त्यसयता संख्यात्मक हिसाबले केही तलमाथि हुँदै संक्रमण विस्तारै ओरोलो लाग्यो । असार ६ गते ३७ जना (१०.०३ प्रतिशत संक्रमणदर) मात्रै नयाँ संक्रमित थपिए । यो संख्या दोस्रो लहर उत्कर्षमा पुगेर ओरालो झर्ने संक्रमितको सबैभन्दा कम थियो । तर पछिल्लो समय प्रदेशमा संक्रमणको दर फेरि उकालो लागेको छ । निषेधाज्ञा खुकुलो भएपछि जनस्वास्थ्यका मापदण्ड पालनामा लापरवाही हुन थालेको र संक्रमितको संख्या पनि दिनहुँ बढ्दै गएको प्रदेश स्वास्थ्य निर्देशक डा. रविन खड्का बताउँछन् । ‘निषेधाज्ञा खुलेपछि विस्त...
कालीकोटमा आयुर्वेदिक औषधि उत्पादन

कालीकोटमा आयुर्वेदिक औषधि उत्पादन

कर्णाली प्रदेश
मान्म। जिल्ला आयुर्वेद औषधालय कालीकोटले स्थानीय जडीबुटीको प्रयोग गरी विभिन्न रोग प्रतिरोेधी औषधि उत्पादन गर्न थालेको छ । यहाँ पाइने स्थानीय जडीबुटीबाट आयुर्वेद औषधि उत्पादन गर्न थालिएको हो । जिल्लालाई आयुर्वेद औषधिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ स्थानीय जडीबुटीको उत्पादनलाई प्राथमिकतामा राखी औषधि उत्पादन गर्न थालेको कार्यालयले जनाएको छ । बाहिरबाट महँगो मूल्यमा किन्नुपर्ने अवस्था र आन्तरिक स्थानीय जडीबुटीको निर्यातलाई घटाउने मुख्य लक्ष्य रहेको कार्यालयका वरिष्ठ वैद्य लक्ष्मीप्रसाद पाण्डेले बताउनुभयो । “स्थानीय तहले महत्वपूर्ण भूमिका निर्वाह गरेमा कम मूल्यमा जडीबुटी बिक्री गरी महँगो मूल्यमा आयुर्वेद औषधि किन्न बाध्य कालीकोटवासीको आर्थिक विकास तथा समुन्नत स्वास्थ्यलाई टेवा पुग्ने देखिन्छ”, उहाँले भन्नुभयो, “हामीले स्थानीय जडीबुुटीको प्रयोग गरेर नै आयुर्वेद औषधि उत्पादन गरेका हौँ ।” अहि...
कर्णालीका किसानले मासिक एक हजार पाउने

कर्णालीका किसानले मासिक एक हजार पाउने

कर्णाली प्रदेश, प्रदेश खबर
कर्णाली । कर्णाली प्रदेश सरकारले यस वर्षदेखि ‘गोठालो भत्ता’ कार्यक्रम लाई प्राथमिकतामा राखेको छ। यो कार्यक्रम कर्णालीका १० वटै जिल्लामा लागु हुनेछ। जीवनभरि कृषि पेशामा लागेर ६० वर्ष नाघेका किसानलाई पनि प्रदेश सरकारले मासिक रु ५०० दिनेगरी ‘कृषक पेन्सन’ कार्यक्रम सञ्चालन गर्ने योजना अगाडि सारेको छ। ‘गोठालो भत्ता’ कार्यक्रमअन्तर्गत किसानले मासिक रु एक हजार प्राप्त गर्नेछन्। भत्ता पाउने गोठालोले भने पाँच भैँसी, ५० बाख्रा, पाँच चौँरी गाई, ५० भेडाको व्यावसायिक पालन गरेको हुनुपर्ने मापदण्ड राखिएको प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले बताए। ‘नेपाल कृषि प्रधान देश भनिए पनि पछिल्लो समयमा कृषि पेशासहित कृषकहरुलाई हेयका दृष्टिले हेर्न थालिएको छ’, कृषि मन्त्री शाहीले भने, ‘कृषि क्षेत्र र यो पेशामा आबद्ध कृषकलाई प्रोत्साहित गरी कृषि पेशाप्रतिको आकर्षण र महत...
असार मसान्त नजिकिएसँगै मङ्गलबारदेखि हट्यो निषेधाज्ञा

असार मसान्त नजिकिएसँगै मङ्गलबारदेखि हट्यो निषेधाज्ञा

कर्णाली प्रदेश, प्रदेश खबर
हुम्ला । हुम्ला जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका–६ को लिमीमा मङ्गलबारदेखि निषेधाज्ञा हटाइएको छ । वडाध्यक्ष पालजोर तामाङको अध्यक्षतामा बसेको बैठकले असार मसान्त नजिकिएसँगै कामको चाप बढी हुने भएकाले लिमीमा कार्यरत सरकारी तथा गैरसरकारी कर्मचारीका लागि मङ्गलबारदेखि वडा नं ६ लिमी प्रवेश गर्न पाइने भएको छ । तील, जाङ, हल्जीगाउँका अगुवाको उपस्थितिमा कर्मचारीलाई मात्र प्रवेश गर्न दिइने भएको छ भने अन्य लिमी उपत्यकाको भ्रमणमा आउने आन्तरिक पर्यटकलाई प्रवेशमा निषेध यथावत् नै रहने भएको लिमी स्वास्थ्यचौकीका निमित्त कार्यालय प्रमुख लोकनाथ बोहराले बताउनुभयो । वडा नं ६ मा कार्यरत कर्मचारीलाई तलब खुवाउनुपर्ने र विभिन्न योजनाको काम गर्नुपर्ने भएका कारण अन्य नागरिकलाई प्रवेश गर्न नदिइने भएको भए पनि कर्मचारीलाई प्रवेशमा मङ्गलबारदेखि खुला गरिएको उहाँले जानकारी दिनुभयो । उत्तरी नाम्खा गाउँपा...
भिरबाट लडेर राउटेकाे ज्यान गयाे

भिरबाट लडेर राउटेकाे ज्यान गयाे

कर्णाली प्रदेश
सुर्खेत, मंसिर १०- सुर्खेतमा भीरबाट खसेर एक जना राउटे युवकको मृत्यु भएको छ । चिङ्गाड गाउँपालिका–२ स्थित ढाँडखेत नजिकको भिरबाट लडेर १९ वर्षीय राउटे युवा टेक शाहीको मृत्यु भएको हो । उनी गत ८ गते भिरबाट खसेको र सोही राति मृत्यु भएको हो प्रहरीले जनाएको छ । तर उनको मृत्यु भएको खबर भने प्रहरीमा ढिला पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । नेपालमा फिरन्ते जीवन बिताउँदै आएको एकमात्र राउटे समुदायमा १४५ जना सदस्य थिए । ती युवाको मृत्यु भएपछि अब समुदायमा १४४ सदस्य छन् । हाल उनीहरू चिङ्गाड गाउँपालिकास्थित ढाँडखेतमा बस्दै आएका छन् ।...
पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रोकायाको निधन

पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रोकायाको निधन

कर्णाली प्रदेश
सिमकोट । नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य जयबहादुर रोकायाको निधन भएको छ । लामाे समयदेखि कान्तिपुर दैनिकमा काम गरिररहेका पत्रकार राेकायाकाे पक्षघातका कारण मृत्यु भएकाे हाे । नेपाल पत्रकार महासंघ हुम्लाका संस्थापक अध्यक्ष समेत रहेका रोकायाकाे हुम्लाकाे सदरमुकामस्थित घरमै निधन भएकाे हाे । ६ दिनअघि पक्षघात भएर सिक्सित विरामी भएका राेकाया सिमकाेटस्थित आफ्नै घरमा उपचाररत थिए । नेपाल पत्रकार महासंघको दुई पटक हुम्ला जिल्ला शाखा अध्यक्ष रहेका राेकायाका दुई श्रीमती, चार छोरा र एक छोरी छन् ।...