Sunday, May 5
Shadow

उपाध्यक्ष सिंहको कामले जेष्ठ नागरिकको मुहारमा खुशी छायो


  • -इ
  • इ+

कालिकोट । सान्नीत्रिबेणी गाउँपालिका उपाध्यक्ष पार्वती सिंह बंैकका कर्मचारीहरुलाई सगै लिएर जेष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता आफै वितरण गरिरहेकी छन् ।

पालिकाको केन्द्रमा पुग्न दिनभरी हिडेर जानुपर्ने र पुगिसकेपनि घण्टौंसम्म जेष्ठ नागरिकहरुले लाइन बस्नेपर्ने स्थितिको अन्त्य गर्ने भन्दै पालिका र बैंक कर्मचारीहरुलाई साथमै लिएर उपाध्यक्ष घरघरमा आफै पुगेर भत्ता वितरण गरिरहेकी छन् ।

सानिमा बैंक शाखा र सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखासँंगको विशेष समन्वयमा जनताको घर घरमै घुम्ती बैंक सेवा मार्फत सो काम उपाध्यक्षकै पहलमा भइरहेको स्थानीयवासीले बताएका छन् । सान्नी त्रिबेणी गाउँपालिकाले बैंकको अन्य कारोबार र सेवाग्राहीलाई ध्यानमा राखी बिदाको दिन शनिबार घुम्ती सेवा मार्फत वडा मै गएर वितरण गरिरहेको छ ।

उपाध्यक्षको उक्त कार्यबाट नौ वटै वडाका जेष्ठ नागरिकहरु खुसी हुँदै स्यावासी दिइरहेका छन् । “सरकार होस् त हाम्रो जस्तो होस् हामीले दुःख पाइन्छ भन्ठानेका थियौं, सरकार बनेको महिना दिन नपुग्दै घरमै आएर भत्ता दिलाइयो,” एक वडाकी बृद्धा छिता जैसीले अभियानपोष्टसँग भनिन् ।
कालिकोट जिल्लामै पहिलोपटक सान्नीत्रिबेणी गाउँपालिका सरकारले गत असार १२ गते मुम्राको सात आड र नौ वडाबाट सामाजिक भत्ता वितरण थालिएको हो । उपाध्यक्ष सिंहको नेतृत्वमा सानिमा बैंक शाखाका प्रबन्धक नरेन्द्र बम र सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख नरप्रसाद जैसीको विशेष पहलमा वितरणको काम थालिएको थियो ।

 

यता वडा नं. एक र दुईमा पनि उपाध्यक्ष सिंहको प्रमुख आतिथ्यता, सानिमा बैंक शाखाका प्रबन्धक नरेन्द्र बम र सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख नरप्रसाद जैसीको विशेष आतिथ्यतामा तथा एक वडाका वडा अध्यक्ष बैकुण्ड गिरी र दुई वडाका वडा अध्यक्ष बसन्त वुढाकाे  अध्यक्षमा भत्ता वितरण अभियान थालिएको थियाे ।

भत्ता वितरण अभियान सफल बनाई बृद्धबृद्धाको मुहारमा खुशी ल्याइदिएकोमा बैंकका कर्मचारी, वडा अध्यक्षसहित पालिकाका कर्मचारीलाई विशेष धन्यवाद लिदै उपाध्यक्ष सिंहले जनसरोकारका विषयमा यसरी नै निरन्तर जनताकै विचमा रहेर उत्साहपूर्वक काममा खटिने प्रतिवद्धता व्यक्त गरिन् ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्