Friday, May 17
Shadow

सान्नि त्रिवेणी गा.पा.काे घाेषणा : रकु-मुम्रा ट्रयाक पहिलाे प्राथमिकता


  • -इ
  • इ+

सान्नि । सान्नि त्रिवेणी गाउँपालिकाअध्यक्ष माेहन बहादुर केसी र उपाध्यक्ष पार्वती सिंह (संज्याल)ले रकु र मुम्रा जाेड्ने सडक पहिलाे प्राथमिकतामा रहेकाे बताएका छन् ।

मंगलबार उनले आफ्नाे कार्यकक्षमा पदभार ग्रहण गर्दै उक्त घाेषणा गरेका हुन्।

पदभार गर्दै अध्यक्ष माेहनबहादुर केसीले जनताकाे वास्तविक प्रतिनिधि भएर गाउँपालिका नेतृत्व गर्ने माैका सान्नी त्रिवेणीका जनताले अाफूलाई दिएकाे भन्दै याे कार्यकाल जनताप्रति समर्पित भएर लाग्ने प्रेरणा मिलेकाे बताए ।

“जनताका अाधारभूत मुद्धा पुरा गरिछाड्ने मेराे दृढ इच्छा छ, सान्नी त्रिवेणीवासीकाे सहकार्यकाे पूर्ण अपेक्षा छ” केसीले भने ।

त्यस्तै उपाध्यक्षा सिंहले २०७९ वैशाख ३० गते भएको निर्वाचनका लागि नेकपा एमालेले आफूलाई प्रतिनिधिका रुपमा उपाध्यक्ष पदमा उठाउँदा जनताले त्यसलाई अनुमाेदन गर्दा काम गर्ने अवसर जुरेकाे उपाध्यक्ष पार्वती सिंह (संज्याल)ले बताइन्।

‘हामी प्रतिनिधिका लागि जनताको माया नै सबथाेक हाे,’ उनले भनिन्, ‘सार्वजनिक सेवाकाे मञ्चमा पुगाउने सान्नि त्रिवेणीबासी नै मेरा भगमान हुन्।’

उनले विद्यमान कानुनले व्यवस्था गरे अनुरुप उपाध्यक्षको हैसियतले प्राप्त गर्ने सबै अधिकारमा कुनै पनि प्रकारको प्रभावमा नपरी न्याय सम्पादन गर्ने प्रतिवद्धता जनाइन्।

‘मेराे कार्यकालमा देशमा मौलाउँदै गएको भ्रष्टाचारलाई न्यूनीकरण गर्न हदैसम्मको प्रयत्न गर्नेछु,’ उनले भनिन्, ‘जनप्रतिनिधि र कर्मचारीको सम्बन्धलाई प्रगाढ बनाउँदै जनताको काम छिटो छरितो, पारदर्शी, भएरहित तरिकाले गर्न निशंकाेच लाग्न अाग्रह गरिन ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्