Sunday, May 5
Shadow

नेपाली फिल्म

साम्राज्ञीविरुद्ध जिल्ला अदालत पुगे भुवन केसी

साम्राज्ञीविरुद्ध जिल्ला अदालत पुगे भुवन केसी

नेपाली फिल्म, मनोरन्जन
अभिनेता तथा निर्माता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका छन् । साम्राज्ञीले गालीगलौज तथा मानहानि गरेको भन्दै भुवनले शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा हालेकाे जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिएका छन् । केही समयदेखि अभिनेता तथा निर्माता केसी र अभिनेत्री शाहबीचको विवादले नेपाली चलचित्र बजार तताएको छ । साम्राज्ञीले आफूलाई केही चलचित्रका निर्माताले शोषण गरेको अभिव्यक्ति दिएपछि विवाद सुरु भएको थियो । विवादमा एक-अर्काले उत्तर-प्रत्युत्तर गर्दागर्दै विवाद उत्कर्षमा पुगेको हाे । अहिले दुवै जना शान्त देखिए पनि यस विषयमा विभन्न व्यक्तिहरूले आफ्नो धारणा राखिरहेका छन् । अभिनेता केसीले आफ्नो मानहानि गरेको भन्दै साम्राज्ञीविरुद्ध कलाकार संघमा उजुरी दिएका थिए । उक्त उजुरीमा अबको दिनमा पनि गलत आरोप ल...
यार्सागुम्बालाई आइयुसीएनले जोखिमको सूचीमा राख्यो

यार्सागुम्बालाई आइयुसीएनले जोखिमको सूचीमा राख्यो

नेपाली फिल्म
अन्तराष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसीएन) ले यार्सागुम्बालाई लोप हुने अवस्थामा रहेको उच्च जोखिम सूचीमा सूचीकृत गरेको छ। हिमालयन भियग्राका नामबाट प्रख्यात यार्सागुम्बा विश्वकै महंगो ढुसी हो। आइयुसीएनले संसारभर रहेका जीवजन्तु र वनस्पतिहरुलाई विभिन्न नौ समूहमा वर्गीकरण गरी गिरावटको दर, जनसंख्याको आकार, भौगोलिक वितरणको क्षेत्र र जनसंख्या तथा वितरण खण्डको डिग्रीद्वारा रेड लिस्टमा राख्नेगर्छ। जुन ९ तारिखमा सार्वजनिक गरिएको रातो सूचीमा कामोत्तेजक र कायाकल्प गुण हुने यार्सागुम्बालाई पनि समावेश गरिएको छ। अत्यधिक संकलनका कारण बितेका १५ वर्षमा यार्सागुम्बाको प्राकृतिक उपलब्धता ३० प्रतिशतले घटेको आइयुसीएनले जनाएको छ। झुसिलकीरा र झ्याउको संयुक्त स्वरुपमा रहने यार्सागुम्बा नेपाल, भारत, चीन र भुटानमा रहेका हिमालय क्षेत्रमा पाइन्छ।  आइयुसीएनले यार्सागुम्बालाई जोखिमको सूचीमा राखेसँगै अब यसको संकलन...
कलाकार संघमा कलाकारका उजुरी, समाधानको बाटो के ?

कलाकार संघमा कलाकारका उजुरी, समाधानको बाटो के ?

नेपाली फिल्म, मनोरन्जन
तीन महिना लामो लकडाउनको समयमा नेपाली चलचित्रका थुप्रै कलाकार विवादित बने । धेरै कलाकारहरू आफूले दिएको अभिव्यक्तिका कारण विवादमा तानिए । कलाकार–कलाकारबीचको झगडा छताछुल्ल भयो । कलाकारहरूले सामाजिक सञ्जालमा के बोल्ने, के नबोल्ने हेक्का नै राखेनन् । आफ्नै सहकर्मीका विरुद्ध उनीहरूले विष बमन गरे । यस्ता घटना बाहिर छताछुल्ल पार्दा चलचित्रमा काम गर्ने कलाकारलाई हेर्ने आम मानिसको दृष्टिकोण कस्तो हुन्छ भनेर कसैले सोचेन । नेपाली चलचित्रको लागि लकडाउनको समय खराब रह्यो । कलाकारहरूले सार्वजनिक रुपमै आरोपप्रत्यारोप गरेपछि चलचित्र कलाकार संघले उनीहरूलाई अनुशासनमा रहन चेतावनी पनि दिएको छ । चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का भन्छन्–‘कलाकारहरूबीचको झगडालाई हामीले मिलाउने प्रयास गर्छौं । यदि, कलाकारले संघलाई आफ्नो अभिभावक ठान्छन् भने पहिले संघमा आएर कुरा राख्नुपर्छ। सार्वजनिक रुपमा बोल्दै हिँड्नु ...