Saturday, May 4
Shadow

यार्सागुम्बालाई आइयुसीएनले जोखिमको सूचीमा राख्यो


  • -इ
  • इ+

अन्तराष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसीएन) ले यार्सागुम्बालाई लोप हुने अवस्थामा रहेको उच्च जोखिम सूचीमा सूचीकृत गरेको छ। हिमालयन भियग्राका नामबाट प्रख्यात यार्सागुम्बा विश्वकै महंगो ढुसी हो।

आइयुसीएनले संसारभर रहेका जीवजन्तु र वनस्पतिहरुलाई विभिन्न नौ समूहमा वर्गीकरण गरी गिरावटको दर, जनसंख्याको आकार, भौगोलिक वितरणको क्षेत्र र जनसंख्या तथा वितरण खण्डको डिग्रीद्वारा रेड लिस्टमा राख्नेगर्छ। जुन ९ तारिखमा सार्वजनिक गरिएको रातो सूचीमा कामोत्तेजक र कायाकल्प गुण हुने यार्सागुम्बालाई पनि समावेश गरिएको छ। अत्यधिक संकलनका कारण बितेका १५ वर्षमा यार्सागुम्बाको प्राकृतिक उपलब्धता ३० प्रतिशतले घटेको आइयुसीएनले जनाएको छ।

झुसिलकीरा र झ्याउको संयुक्त स्वरुपमा रहने यार्सागुम्बा नेपाल, भारत, चीन र भुटानमा रहेका हिमालय क्षेत्रमा पाइन्छ।  आइयुसीएनले यार्सागुम्बालाई जोखिमको सूचीमा राखेसँगै अब यसको संकलन र बिक्रीबाट अर्थोपार्जन र जीविकोपाजर्न गरिरहेका हिमालय क्षेत्रमा बासिन्दाहरुलाई समस्या पर्ने देखिएको छ।

नेपालमा संकलन हुने यार्सागुम्बालाई चिनियाँहरुले गुणस्तरका आधारमा प्रतिकिलो ५० लाख रुपैयाँसम्म तिरेर खरिद गर्ने गरेको व्यापारीहरु बताउँछन्।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्