Sunday, May 5
Shadow

बलिउड/हलिउड

सलमान खानकी पत्नी र छोरी दुबईमा ?

सलमान खानकी पत्नी र छोरी दुबईमा ?

बलिउड/हलिउड, मनोरन्जन
काठमाडौं । कलिउड सुपरस्टार सलमान खान अविवाहित छन् । तर केही दिनअघि सामाजिक सञ्जालमा उनी विवाहित रहेको र उनको एक छोरी पनि रहेको आरोप छ । आफ्ना भाइ अरबाज खानको टक शो पिन्च २ मा उनले आफ्नो बारेमा चलेको हल्लालाई सम्बोधन गरे । गेस्टले ट्रोलहरूबाट गरिएको कमेन्टको जवाफ दिने उक्त शोको कन्सेप्ट हो । सलमानका बारेमा धेरैजसो कमेन्ट सकारात्मक भए पनि केही ट्रोलले उनलाई बेइज्जत पनि गर्न खोज्छन् । एउटा ट्रोलले यस्तो लेखेको थियो, ‘कहाँ लुकेको छस् डरछेरुवा रु तँ दुबईमा पत्नी नूर र १७ वर्षकी छोरीसँग बस्छस् भन्ने कुरा भारतमा सबैलाई थाहा छ । भारतका मानिसलाई कहिलेसम्म मूर्ख बनाउँछस् रु’ यस आरोपको खण्डन गर्दै सलमानले भने, ‘यी मानिसहरूलाई सबै कुरा थाहा छ । वाहियात कुरा । पोस्ट गर्नुअघि कसको बारेमा कुरा गर्दैछु भन्ने त थाहा पाउनू नि । एक भाइ, मेरो कुनै पत्नी छैन । म भारतमा बस्छु । नौ वर्षको उमेरदेखि म ग्...
फेरी चर्चामा सलमान खान

फेरी चर्चामा सलमान खान

बलिउड/हलिउड
काठमाडौं । बलिउड अभिनेता सलमान खान ५५ वर्षको उमेर भैसक्दा समेत अविवाहित रहेपनि प्रेमको प्रसंगमा भने सधैं अगाडि नै छन् । उनले आफ्नो जीवनमा विभिन्न युवतीहरुसंग प्रेम सम्बन्ध स्थापित गरिसकेका छन् । पाकिस्तानी मूलकी अभिनेत्री सोमी अली र सलमान खानको करीव ८ वर्षसम्म प्रेम सम्बन्ध रह्यो । सोमी अली १६ वर्षकै उमेरमा बलिउडमा आफ्नो करियर बनाउन र आफ्ना प्रेमी सलमान खानसंग विवाह गर्ने चाहना राख्दै मुम्बई आएकी थिइन् । सोमीले सलमान खानलाई प्रेमीको रुपमा प्राप्त त गरिन्, तर दुबैको सम्बन्ध सन् १९९९ मा पूर्णविराम लाग्यो । सोमीले विभिन्न अन्तर्वार्तामा सलमान खानको बारेमा बोलेकी छिन् । भर्खरै पनि उनले पुनस् एकपटक सलमानसंग आफ्नो सम्बन्धको बारेमा कुरा गरेकी छिन् । सोमी भन्छिन् –‘म पछिल्लो पाँच वर्षदेखि सलमानको सम्पर्कमा छैन । जिन्दगीमा अगाडि बढ्नु राम्रो हुन्छ जस्तो मलाई लाग्छ । म आफ्नो जिन्दगीमा अग...
३ रोमाञ्चक-थ्रिलर दक्षिण भारतीय फिल्म, हेर्नुस् युट्युबमा

३ रोमाञ्चक-थ्रिलर दक्षिण भारतीय फिल्म, हेर्नुस् युट्युबमा

बलिउड/हलिउड, मनोरन्जन
भारतमा हिन्दीबाहेक तेलुगु, तामिल, मलयालम, कन्नडलगायत भाषामा बर्सेनि उल्लेख्य संख्यामा फिल्म बन्छन्। पछिल्लो दशकमा दक्षिण भारतका विभिन्न भाषामा बनेका फिल्मको लोकप्रियता र बजार क्रमशः बढिरहेको छ। दक्षिण भारतीय र बलिउड फिल्मको सहकार्य बढेको छ। कलाकारहरू दुवैतिर आफ्नो कला देखाउन थालेका छन्। हिन्दी भाषामा बन्ने फिल्महरूमा दक्षिण भारतीय फिल्म रिमेक गर्ने पछिल्लो 'ट्रेन्ड' यसको प्रमाण हो। बलिउड कलाकारहरू आमिर खान, सलमान खान, अजय देवगन आदि समेत यस्ता रिमेक फिल्म खेलिरहेका छन्, बनाइरहेका छन्। बलिउडजस्तै दक्षिण भारतमा एक्सन, रोमान्स, थ्रिलरदेखि यथार्थपरक फिल्मको कमी छैन। यो सूचीमा भने हामीले तीन रोमाञ्चक-थ्रिलर फिल्म समेटेका छौं। सजिलोका लागि हिन्दी भाषामा 'डबिङ' भएका यी फिल्म युट्युबमा सहजै हेर्न सकिन्छ। यू टर्न, निर्देशकः पवन कुमार चेन्नईमा एउटा फ्लाइओभर छ जहाँ सवारी चालकहरू सडकको ड...
‘करन जोहर पूर्ण रुपमा विक्षिप्त भएका छन्, धेरैजसो रोइरहन्छन्’

‘करन जोहर पूर्ण रुपमा विक्षिप्त भएका छन्, धेरैजसो रोइरहन्छन्’

बलिउड/हलिउड, मनोरन्जन
जबजब बलिउडमा नेपोटिजमको विषय उठान हुन्छ, तब करन जोहरको नाम सबैभन्दा माथि आउँछ । सुशान्त सिंहको मृत्युपछि मात्रै होइन, त्यसअघि पनि उनलाई धेरैले यसमा मुछ्ने गर्दथे । तर यसपटक भने उनीविरुद्ध सोसल मिडियामा जुन रोष देखिएको छ, त्यसले करनलाई भित्रैदेखि हल्लाएको छ । यो कुरा करनका नजिकका साथीले बताएका हुन् । उनले करन जोहर पूर्ण रुपमा विक्षिप्त भएको र उनी अहिले केही पनि बोल्न नसक्ने अवस्थामा भएको पनि बताए । भारतीय सञ्चार माध्यम बलिउड हंगामासँगको कुराकानीमा करन जोहरका एक निकै मिल्ने साथीले उनको स्थितीबारे जानकारी दिएका छन् । उनले भने, ‘उनी यत्तिका वर्षसम्म सोसल मिडियामा ट्रोल भइरहेका छन् र करनलाई लागेको थियो कि यी सबका लागि उनको छाला मोटो भइसकेको छ । तर सुशान्तको मृत्युपछि मानिसहरुले उनीविरुद्ध जसरी आफ्नो रिस पोखेका छन्, त्यो देखेर उनी भित्रैदेखि टुटेका छन् ।’ उनले थपे, ‘करनसँग नजिक भएका सबैजना...