Sunday, May 5
Shadow

फेरी चर्चामा सलमान खान


  • -इ
  • इ+

काठमाडौं । बलिउड अभिनेता सलमान खान ५५ वर्षको उमेर भैसक्दा समेत अविवाहित रहेपनि प्रेमको प्रसंगमा भने सधैं अगाडि नै छन् । उनले आफ्नो जीवनमा विभिन्न युवतीहरुसंग प्रेम सम्बन्ध स्थापित गरिसकेका छन् ।

पाकिस्तानी मूलकी अभिनेत्री सोमी अली र सलमान खानको करीव ८ वर्षसम्म प्रेम सम्बन्ध रह्यो । सोमी अली १६ वर्षकै उमेरमा बलिउडमा आफ्नो करियर बनाउन र आफ्ना प्रेमी सलमान खानसंग विवाह गर्ने चाहना राख्दै मुम्बई आएकी थिइन् ।

सोमीले सलमान खानलाई प्रेमीको रुपमा प्राप्त त गरिन्, तर दुबैको सम्बन्ध सन् १९९९ मा पूर्णविराम लाग्यो । सोमीले विभिन्न अन्तर्वार्तामा सलमान खानको बारेमा बोलेकी छिन् ।

भर्खरै पनि उनले पुनस् एकपटक सलमानसंग आफ्नो सम्बन्धको बारेमा कुरा गरेकी छिन् ।

सोमी भन्छिन् –‘म पछिल्लो पाँच वर्षदेखि सलमानको सम्पर्कमा छैन । जिन्दगीमा अगाडि बढ्नु राम्रो हुन्छ जस्तो मलाई लाग्छ । म आफ्नो जिन्दगीमा अगाडि बढिसकेकी छु र सलमान पनि आफ्नो जिन्दगीमा अगाडि बढिसकेका होलान् भन्ने मलाई लाग्छ ।’

‘सलमानसंग म टाढा भएपछि उनले धेरै प्रेमिका बनाए, मैले उनलाई सधैं शुभकामना दिँदै आएकी छु । उनको एनजीओ बीइङ ह्यूम्यानले राम्रो काम गरिरहेको छ भन्ने मलाई थाहा छ । मानसिक रुपमा पनि सलमानसंग सम्पर्क नराख्नु मेरो लागि राम्रो छ’, उनले भनेकी छिन् । यो भन्दा पहिला सोमी अलीले सलमान आफूसंग ईमान्दार नभएको बताएकी थिइन् ।

‘हामी अगाडि बढिसकेका छौं । हामी अलग भएको २० वर्ष भइसकेको छ । सलमानले मलाई धोका दिए र मेरो मन तोडेर गए’ सोमी अलीले विभिन्न अन्तर्वार्तामा बताएकी छिन् ।

 

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्