Thursday, May 2
Shadow

Author: अभियान पोष्ट

काँग्रेस शंखरापूर-७ को वडा सम्मेलन सम्पन्‍न

काँग्रेस शंखरापूर-७ को वडा सम्मेलन सम्पन्‍न

बागमती प्रदेश, राजनीति
काठमाडौं- नेपाली कांग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठले भ्रष्टाचारमुक्त देश निर्माणमा लाेकतान्त्रिक मूल्य मान्यताकाे व्यवस्था जरूरी भएकाे बताउनुभएकाे छ । शंखरापूर नगरपालिका वडा नं ७ को प्रथम वडा सम्मेलन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा बाेल्दै नेता श्रेष्ठले मुलुकलाई समृद्धितिर लैजान लाेकतान्त्रिक शक्तिहरू एकजुट हुनुकाे विकल्प नभएकाे बताउनुभयाे । शंखरापूर नगरपालिका वडा नं ७ को प्रथम वडा सम्मेलन तथा सम्मान कार्य क्रम आज सम्पन्‍न भएको छ । कार्यक्रममा विशिष्ठ अतिथि तरूण दल केन्द्रीय सदस्य जगधिश चन्द्र खाँडको उपस्थिति रहेको थियो। काठमाडौं निर्वाचन क्षेत्र नं २ का कांग्रेस नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको यस वडा सम्मेलनको सभापतित्व यसै वडाका ईकाइ सभापति श्रीजन श्रेष्ठले गर्नुभएकाे थियाे । यस सम्मेलनमा पार्टी संगठनलगायत नेपाली कांग्रेस पार्टीको इतिहास वर्तमान अवस्...
नरेश समर्पण विश्वकर्माको नयाँ गीत हाम्रो तमानखोला

नरेश समर्पण विश्वकर्माको नयाँ गीत हाम्रो तमानखोला

मनोरन्जन
काठमाडौं,श्रावण ३- सर्जक नरेश समर्पण विश्वकर्माको नयाँ मौलिक गीत हाम्रो तमानखोला सार्वजनिक भएको छ । तमानखोला गाँउपालिकाको विभिन्न भूभाग र छ वटै वडामा रहेका पर्यटकीय स्थलहरुको चर्चा गरिएको गीत सर्जक विश्वकर्माको आफ्नै यूट्यूव च्यानल मार्फत सार्वजनिक भएको हो । पछिल्लो समयको सर्वाधिक चर्चामा रहेकी गायीका रचना रिमालको आवाज रहेको उक्त गीतमा संगीत भने सागर विरहिले भरेका छन् । आफ्नै पालिका समेत रहेको तमानखोला बारे सर्जक नरेश विश्वकर्माले सृजना मार्फत प्रचारप्रसार गर्न पाएकोमा आफु खुशी रहेको बताएका छन्। तीजको समय छ यो समयमा पालिकालाई समेटेर गीत गर्छु भन्ने कसरि लाग्यो ? भन्ने प्रश्नमा सर्जक विश्वकर्मा भन्छन् यो सृजना ल्याउनुमा रमाईलो किस्सा छ , मैल यो गीत करिव एकवर्ष अगाडि तयार गरेको थिए । एक वर्ष अगाडि तमानखोला गाँउपालिकाको गाउपालिका चिनारीका निमिक्त गीत तयार गर्ने भनेर खुला सुचना जारि गरिय...
चीन र भारतसँगको सम्बन्ध थप मजबुत बनाउनुपर्छ : मन्त्री साउद

चीन र भारतसँगको सम्बन्ध थप मजबुत बनाउनुपर्छ : मन्त्री साउद

mainnews, विशेष खबर
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले छिमेकी मुलुकहरु चीन र भारतसँगको सम्बन्ध थप मजबुत बनाउनु पर्ने बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा उनले दुवै छिमेकी मुलुकसँगको सम्बन्ध थप मजबुत बनाउनुपर्ने बताए । एउटासँगको सम्बन्धको तुलना अर्को सम्बन्धसँग गर्न नहुनेमा मन्त्री साउदको जोड थियो। ‘दुई छिमेकी मुलुकको उदयमान अर्थतन्त्रका रुपमा प्रभाव बढ्दो छ। नेपालसँग उनीहरुको परम्परागत सम्बन्ध छ,’ उनले भने, ‘जसलाई थप मजबुत र सुदृढ बनाउनु पर्छ। एउटा सम्बन्धको तुलना अर्को सम्बन्धसँग गर्नु हुँदैन।’ छिमेकी मुलुकसँगको सम्बन्धमा मनोवैज्ञानिक दबाब महसुस गर्न नहुने भन्दै परराष्ट्रमन्त्री साउदले परदर्शी रुपमा आफ्ना सरोकार राख्नुपर्ने बताए । ‘सम्बन्धमा मनोवैज्ञानिक दबाब महसुस गर्नु हुन्न,’ उनले भने, ‘पारदर्शी रुपले आफ्ना कन्सर्न राख्नुपर्छ।’ भारतसँगको सम्बन्ध ऐतिहासिक र विश...
मलाई किन स्पष्टीकरणको मौका दिइएन ? : प्रचण्ड

मलाई किन स्पष्टीकरणको मौका दिइएन ? : प्रचण्ड

mainnews, प्रदेश खबर, विशेष खबर
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिबारे प्रश्न उठेपछि आफूले स्पष्टीकरण दिन खोजे पनि नपाएको बताएका छन् । सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो अभिव्यक्तिमा प्रश्न उठेपछि प्रस्ट पार्न खोजे पनि सदन अवरुद्ध गरेर मौका नदिएको बताए । ‘गम्भीर प्रश्न उठेपछि मैले पहिला बोल्ने अवसर माग गरेको थिएँ । म त सुरु देखि स्पष्ट पार्न तयार भएको थिएँ , तर किन संसद् अवरुद्ध गर्नुभयो ?’, प्रचण्डले भने,  ‘स्पष्टीकरणको मौका पनि नदिई राजीनामा माग्ने ? के त्यही हो संसदीय अभ्यास ?’ उनले आफ्नो अभिव्यक्तिबारे जे हो त्यही भन्न रोष्टममा खडा भएको बताए । संसदीय अभ्यास र पद्धति  कस्तो हुनुपर्छ प्रतिपक्ष दलका संसदहरुलाई राम्रोसंग थाहा भएको समेत प्रचण्डले बताए ।   ‘संसदमा उभिएर यर्थाथ के हो ? मेरो कमजोरी भयो भने कहाँ भयो भनेर भन्न पाउनु पर्दैन ? किन ३ दिनसम्म सं...
हात्तीलाई कसैले पनि हल्लाउन सक्तैन : कांग्रेस नेता बस्नेत

हात्तीलाई कसैले पनि हल्लाउन सक्तैन : कांग्रेस नेता बस्नेत

बागमती प्रदेश, राजनीति
शंखरापुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले कांग्रेसलाई हात्तीको संज्ञा दिंदै हात्तीलाई कसैले पनि हल्लाउन नसक्ने बताउनुभयाे । नेपाली कांग्रेस शंखरापुर नगरपालिका वडा नं. ४ को प्रथम वडा सम्मेलनलाई सम्वोधन गर्दै मन्त्री बस्नेतले भन्नुभयाे, 'नेपाली कांग्रेस नेपालको राजनीतिक इतिहासमा हात्ती हो । हात्तीलाई कसैले पनि हल्लाउन सक्तैन ।' प्रजातन्त्रको विकल्प कांग्रेस नै भएकाले जनताको दुःखसुखमा साथ दिँदै विकास निर्माणको काममा लागिरहने उहाँले बताउनु भयो । नेपाली कांग्रेस शंखरापुर नगरपालिका वडा नं. ४ का इकाई सभापति एवं वडाध्यक्ष सुनाबहादुर तामाङ (सोनाम) को सभापतित्वमा लप्सेफेदीस्थित फेदी ब्लिस रिसोर्टमा भएकाे सम्मेलनमा मन्त्री बस्नेतले नेपालमा झरीका च्याउँ जस्तै विभिन्न पार्टी उम्रिएपनि धेरैबेर नटिकेका र अब उम्रिएका पार्टीहरु पनि धेरै नटिक्ने ध...
‘डाँफे’ र ‘मुनाल’ भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्ने नाष्टकाे तयारी

‘डाँफे’ र ‘मुनाल’ भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्ने नाष्टकाे तयारी

mainnews, सूचना प्रविधि
काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले डाँफे र मुनाल नामका दुई भू–उपग्रह अन्तरिक्षमा प्रक्षेपणको तयारी गरेको छ । यी भू–उपग्रह पृथ्वीको सतहबाट ४ सय किलोमिटरको दुरीमा रहने नाष्टका प्रवक्ता रवीन्द्रप्रसाद ढकालले रातोपाटीलाई जानकारी दिए । यसले पृथ्वीलाई दिनको १६ चक्कर लगाउने र हरेक दिन १० मिनेट जति ‘एक्सेस’ पाउने उनले बताए । त्यो समयमा कमाण्ड दिने, स्याटेलाइटले पृथ्वीको खिचेको फोटो पठाउने काम हुने उनले बताए । भारतको बैंगलोरमा रहेको ‘इसरो’ नामक संस्थाले स्याटेलाइट निःशुल्क उडाइदिन्छु भनेर प्रतिबद्धता जनाएको र त्यसका लागि प्रक्रिया सुरु हुने क्रममा रहेको जानकारी दिए । २०७६ साल वैशाखमा पहिलोपटक प्रक्षेपण गरेको ‘नेपाली स्याट–१’ को विकसित रूपमा डाँफै रहेको उनले बताए ।  ‘नेपाली स्याट–१’ नानो भूउपग्रह झन्डै डेढ महिना अन्तरिक्षमा रहेर खसेको थियो । डाँफे भूउपग्रह नि...
रामचन्द्र पौडेल नेपालकाे राष्ट्रपति

रामचन्द्र पौडेल नेपालकाे राष्ट्रपति

mainnews, राजनीति
काठमाडाैँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नेपालकाे नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । बिहीबार भएको निर्वाचनमा राष्ट्रपति पदका अर्का उम्मेदवार एमाले नेता सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपति निर्वाचित हुनुभएको हो । पाैडेल नेपालको तेस्रो राष्ट्रपति बन्नुभएको छ । पौडेलले ‍३३ हजार ८ सय २ मतभार प्राप्त गर्नुभयो भने नेम्बाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गर्नुभयो । राष्ट्रपति चुनावमा संघीय संसद्तर्फ ३१३ सांसद (२४ हजार ७ सय २७ मतभार) र प्रदेशतर्फ ५१८ (२४ हजार ८ सय ६४ मतभार ) सांसदले मतदान गर्नुभएको थियो । चुनावी प्रक्रियामा सहभागी भएका सांसदको कूल मतभार ४९ हजार ५ सय ९१ थियो । राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३ सय १५ आवश्यक पर्थ्यो । यसको आधिकारिक घोषणा हुन भने बाँकी छ । उहाँलाई १० दलको समर्थन थियो । २००१ साल असोज २९ गते तनहुँको ब्यासमा जन्मनुभएका पौ...
पुडासैनी परिवारले संचालनमा ल्याए ५० लाख लागतकाे तरकारी बजार

पुडासैनी परिवारले संचालनमा ल्याए ५० लाख लागतकाे तरकारी बजार

कृषि, बागमती प्रदेश
फागुन २४, काठमाडौं । कागेश्वरी मनाेहरा नगरपालिका ८ चिप्ले गाैँडामा ५० लाख लागतमा रामचन्द्र पुडासैनीकाे परिवारले कागेश्वरी तरकारी तथा फलफुल बजार संचालनमा ल्याएका छन् । स्थानीय उत्पादनलाई आफ्नै गाउँघरमा खपत गर्ने र ताजा तरकारी घरघरमा पुर्याउने उद्देश्यका साथ एकीकृत तरकारी बजार संचालन ल्याएकाे उक्त बजारका संचालक रामचन्द्र पुडासैनीले शिक्षा संचारलाई जानकारी दिएका छन् । फागुन २४ गते बुधबार नारिदीवसकाे अवसर पारेर पुडासैनी परिवारले कागेश्वरी मनाेहरा नगरपालिकाका उप मेयर शान्ता थपा, पुर्व मेयर कृष्णहरी थापाकाे विशेष उपस्थितिमा उक्त तरकारी बजारकाे उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा कागेश्वरी मनाेहरा नगरपालिकाका उप मेयर शान्त थापाले “स्थानीय स्तरमा उत्पादन गरेकाे तरकारी र खाद्यान्नहरू स्थानीय स्तरमै विक्रि वितरण गर्ने उदेश्यले खाेकाे बजारलाई राम्रो बनाउन र निरन्तर रूपमा संचालन गर्नका लागि ...
राष्ट्रपतिमा दुवै पूर्व-सभामुखबीच प्रतिस्पर्धा : यस्तो छ राजनीतिक यात्रा

राष्ट्रपतिमा दुवै पूर्व-सभामुखबीच प्रतिस्पर्धा : यस्तो छ राजनीतिक यात्रा

mainnews, राजनीति
नारायणप्रसाद न्याैपाने काठमाडौँ । फरक राजनीतिक पृष्ठभूमि र सिद्धान्त अँगाले पनि दुवैसँग संसद्को नेतृत्व गरेको अनुभव छ । गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेम्वाङ इलाम–२ र पौडेल निर्वाचन क्षेत्र तनहुँ–२ बाट निर्वाचित भएका हुन् । पौडेलसँग उपप्रधानमन्त्रीसहित शान्ति तथा पुनःनिर्माण, गृह, कृषि, सूचना तथा सञ्चारमन्त्रीलगायतको जिम्मेवारी सम्हालेको अनुभव छ भने नेम्वाङले कानून, न्याय तथा संसदीय, सामान्य प्रशासन मन्त्रालयलगायतमा नेतृत्व गर्ने अवसर प्राप्त गरेका थिए । दुवैले स्थानीय विकास मन्त्रालयको कार्यभार सम्हालेको अर्को संयोग पनि परेको छ । संविधान तथा ऐन–कानूनका व्याख्याता नेम्वाङले विसं २०६२–६३ को आन्दोलनपछि संविधानसभाको अध्यक्षसहित पाँच पटक सभामुखको जिम्मेवारी कुशलतापूर्वक सम्हालेर इतिहास रचेका छन् । समाजवादका व्याख्याता पौडेलले एक कार्यकाल सभामुखको जिम्मेवारी सम्हाल्ने मौक...

कागेश्वरी-मनाेहरामा होलसेल तथा खुद्रा तरकारी-फलफुल बजार सञ्चालनमा

आर्थिक, कृषि, बजार, बागमती प्रदेश
काठमाडाैं । काठमाडाैंको कागेश्वरी मनाेहरामा उपत्यकाकै सस्ताे र सर्वसुलभमा खरीद गर्न पाइने ठूलो तरकारी तथा फलफुल बजार खुलेको छ । तरकारी बजार गत शनिवारदेखि खुल्ला गरिएकाे छ । बजारका सञ्चालक रामचन्द्र पुडासैनीले तरकार बजार यस क्षेत्रकाे आवश्यकतालाइ ध्यान दिएर सञ्चालनमा ल्याएकाे जनाए । तरकारी तथा फलफल बजारमा दुईवटा द्वारहरू छन् । २० वटा स्टलहरू र १० वटा सटरहरू भएकाे ठूलाे बजार सस्ताे भाडादरमा उपलब्ध गराइएकाे छ । स्थानीय तरकारी तथा फलफुल व्यवसायी र व्यापारीकाे संयुक्त पहलमा निम्न वर्गीयलाई प्राेत्साहन गर्न  पूर्णतया पारिवारिक लगानी र रेखदेखमा याे बजार स्थापना गरिएकाे सञ्चालक रामचन्द्र पुडासैनीले बताए । बजारले कागेश्वरी मनाेहराक्षेत्रका गाेठाटार, चिप्लेगाैडा, नयाँ बस्ति, काँडाघारीलगायतका वासिन्दालाई सहज र सस्ताे दरमा तरकारी खरिदका लागि सहयोग पुग्ने पुडासैनीको विश्वास छ । कागेश्वरी तरकारी त...
लाेक गायिका सपनाकाे केन्द्रीय सदस्यमा उम्मेद्वारी

लाेक गायिका सपनाकाे केन्द्रीय सदस्यमा उम्मेद्वारी

मनोरन्जन
धादिङ । नेपाली लोकदोहोरी क्षेत्र अन्तर्गत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन आजदेखि धादिङ जिल्लाको धादिङ्ग बेसीमा शुरू हुँदै छ। देशभरका विभिन्न प्रतिष्ठानका कलाकारहरु उपस्थित हुने छन्। ५ बर्षसम्मका लागि नयाँ कार्यसमिति चुन्ने याे महाधिवेशनमा यस छाता संगठनभित्र रहेका अन्य धेरै कलाकारहरुले  उम्मेद्वार दिने भएका छन्। साे महाधिवेशनमा ओखलढुंगावासी कलाकार सपना सुनाम प्रदेश नं. १ काे भूगाेलबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवार दिंदैछन्र ।  ओखलढुंगा जिल्ला लिखुगाउपालिका ८ मा बुवा दलबहादुर सुनाम र आमा कालिका माया सुनाम को कान्छी छोरी कलाकार सपना सुनाम  यस भन्दा अगाडि पनि लोक तथा दोहोरी गित प्रतिष्ठान ओखलढुङ्गा जिल्लाको निवर्तमान अध्यक्ष समेत छन्। अहिले नेपाली लोक दोहोरी क्षेत्रमा आफुले सकेको योगदान दिनकै लागि केन्द्रीय सदस्यमा आफ्नाे उमेद्वार रहेको सपना सुनामले बताइ...
कार्कीको पहलमा बाैद्धकाे प्रहरी वृत्त कागेश्‍वरीमा सर्ने

कार्कीको पहलमा बाैद्धकाे प्रहरी वृत्त कागेश्‍वरीमा सर्ने

बागमती प्रदेश
काठमाडौं- काठमाडौंको बौद्धमा रहेको महानगरी प्रहरी वृत्ताई कागेश्वरी मनोहरा नगरपालिकामा सार्ने तयारी भएको छ। कागेश्‍वरीको वडा नम्बर ६ मा उक्त वृत्त सार्ने तयारी थालिएको हो। कागेश्वरीमा बढ्दो जनसंख्यासँगै अपराधका घटनामा वृद्धि भएकोले शान्ति सुरक्षाका लागि प्रहरी वृत्त सार्ने तयारी सुरु गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले जानकारी दिए।   उनका अनुसार प्रहरी वृत्त स्थापनाका लागि नगरपालिकाले सम्पूर्ण सहयोग गर्न तयार रहेको छ। उनले प्रहरी प्रशासनलाई आधुनिकीकरण गर्दै नगरबासीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी सफल हुने विश्‍वाश व्यक्त गरे। उनले भने,' कागेश्वरी मनोहराभित्र बौद्ध प्रहरी वृत्त राख्‍न म आफू बढी जागरुक र चिन्तित छु। यो प्रक्रियालाई हप्ता १० दिनमै टुंग्याउने गरी अगाडि बढेका छौं।' उनले प्रक्रिया लामो भएर अलमलियो भने दोस्रो वैकल्पिक...
युद्धमैदानदेखि प्रदेश सभाको उपभामुखसम्म

युद्धमैदानदेखि प्रदेश सभाको उपभामुखसम्म

mainnews, कर्णाली प्रदेश
० बिस्नप्रसाद न्याैपाने सुर्खेत: कर्णाली प्रदेश सभाकी उपसभामुख यसोदा न्यौपानेको राजनीतिक जीवनको संघर्ष फरक छ। उनी विद्यालय पढ्दा ताका नै दुई दशकअघि जुम्ला तातोपानी हिमशिखर माविमा अखिल क्रान्तिकारीको इकाई अध्यक्ष भईन्। मुलुकमा माओवादी द्वन्द्व बढ्दै जाँदा उनी ०५७ असोज ३ गते नेकपा माओवादीको पूर्णकालीन सदस्य बनिन्। परिवारले भने भाइलाई माओवादी आन्दोलनमा पठाउने र दिदी यसोदालाई थप पढाउन काठमाडौं पठाउने तयारी गरेको थियो। परिवारको निर्णय विपरीत उनी युद्ध मोर्चामा सहभागी भइन्। उनलाई युद्धमा होमिएका बेला बाच्छु जस्तो लागेको रहेनछ। विगत सम्झँदै उनले युद्धमा जोगिएर उपसभामुख हुन्छु भन्ने थाहै नभएको बताइन्। उनले भनिन्, 'परिस्थितिले सत्तामा पुर्‍याउँदो रहेछ। उति बेला त देश र जनताको लागि ज्यान गएप नि जाला भनेर युद्धमोर्चामा लागेका थियौँ। आज उपसभामुखको जिम्मेवारी आएको छ।' माओवादी युद्ध सुरु हुनु ...
कागेश्वरीलाई ‘खेलकुद नगरी’ बनाउन प्रारम्भिक अध्ययनको काम सुरु

कागेश्वरीलाई ‘खेलकुद नगरी’ बनाउन प्रारम्भिक अध्ययनको काम सुरु

बागमती प्रदेश
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको ‘खेलकुद नगरी सम्भाव्यता अध्ययन तथा समन्वय समिति’ले प्रारम्भिक अनुगमन सुरु गरेको छ । नगरपालिकालाई ‘खेलकुद नगरी’ बनाउने उद्देश्यका साथ गठन गरिएको समितिले नगरपालिका भित्र रहेका खेल मैदान तथा सम्भावित क्षेत्रमा स्थलगत अनुगमन सुरु गरेको हो । अनुगमनका क्रममा समितिले नगरपालिकाको वडा नम्बर–६ मा रहेको फुटबल मैदानमा पुगेर त्यसलाई अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउन गर्नुपर्ने कामहरुको सूचना संकलन गरेको समिति सदस्य दिलीप गसीले जानकारी दिनुभयो । सो फुटबल मैदानलाई अन्तराष्ट्रिय स्तरको बनाउन आवश्यक अध्ययन तथा अनुसन्धानका लागि विज्ञहरुसँग परामर्श गरिने उहाँले बताउनुभयो । त्यसका लागि विशेषज्ञ टोलीले विज्ञसँग परामर्श गरिरहेको र एक हप्ता भित्रमा प्रारम्भिक अध्ययन प्रतिवेदन नगरपालिकामा पेश गरिने समितिका अर्का सदस्य आरके बिष्टले जानकारी दिनुभयो । समितिको ...
कागेश्वरी मनाेहरालाई कृषिमा आत्मनिर्भर बनाइन्छ : प्रमुख उपेन्द्र कार्की

कागेश्वरी मनाेहरालाई कृषिमा आत्मनिर्भर बनाइन्छ : प्रमुख उपेन्द्र कार्की

बागमती प्रदेश
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा कृषि केन्द्रको शुभारम्भ भएको छ । सदस्य उद्यमशिलता कार्यक्रम अन्र्तगत उक्त परियोजनाको उद्घाटन नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले गत विहिवार गर्नुभएको थियाे । नगरपालिका नियामक रहेको हरहर महादेव सहकारी संस्थाको भागिनी संस्थाको रुपमा रहने हरहर महादेव कृषि केन्द्रको उद्घाटन नगरपालिकाका नगर प्रमुख कार्कीले गतसाताकाे विहिबार गर्नुभएको हो । चालिस रोपनी जग्गा भाडामा लिएर सुरु गरिएको यो परियोजनालाई नगरपालिकाको नमूना परियोजनाको रुपमा हेरिएको छ । परियोजनाको उद्घाटन गर्दै नगर प्रमुख कार्कीले यसलाई नमूना बनाउन आफूले हर सहयोग गर्ने बताउनुभयो । कृषि क्षेत्रको विकास, व्यवस्थापन र उत्पादनमुखी कार्यलाई नगरपालिकाले प्राथमिकतामा राखेको उहाँकाे भनाई थियो । नगर क्षेत्रभित्र भएको कृषि योग्य जमिनको सहि सदुपयोग गरी उत्पादनमूलक कार्य गर्न नगरपालि...
‘श्रीमानको मृत्युपछि सन्तानको बिचल्ली’

‘श्रीमानको मृत्युपछि सन्तानको बिचल्ली’

mainnews, कर्णाली प्रदेश
कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका-८ का २५ वर्षीय राजेन्द्र बिष्टको पुस १६ गते भिरबाट लडेर निधन भयो। घाँसपात गर्न गएका उनी कहिले घर नआउने गरी सधैँका लागि अस्ताए। दैनिक ज्यालादारी गरेर परिवारमा जीविकोपार्जन गर्दै आएका राजेन्द्रको मृत्यु पछि परिवारमा ठुलो बज्रपात आइलाग्यो। यसै पनि दैनिक जीवनयापन गर्न समेत कठिनाइ भई गरिबी र अभावमा बाँचिरहेको यो परिवारमा यति बेला ठुलो बज्रपात आइलागेको छ। उनको निधनपछि ३ सन्तान र एक श्रीमतीको बिचल्ली भएको छ। परिवारमा आर्थिक अवस्था कमजोर भएपछि तिन सन्तानको बिचल्ली भएको हो। उनकी २१ बर्षीया श्रीमती पिरङका उनका ३ सन्तान र परिवारको आर्थिक अवस्था निकै कमजोर भएपछि किरिया खर्चको पनि अभाव भएको छ। ३ सन्तानको भविष्य पनि अन्धकार छ। मृतक विष्ट परिवारलाई किरिया खर्च एवं बालबच्चाको पठनपाठनको लागि आर्थिक अभाव भएकाले आफन्तले आर्थिक सहयोग गर्न अपिल गरेका छन्। 'घरमा ३ ब...