Friday, May 17
Shadow

Author: अभियान पोष्ट

गोरखा र कृषि टिभीका पत्रकारको विचल्ली, श्रम शोषक तेजविक्रमको निवास घेर्ने

गोरखा र कृषि टिभीका पत्रकारको विचल्ली, श्रम शोषक तेजविक्रमको निवास घेर्ने

mainnews, सूचना प्रविधि
ललितपुर । ललितपुरको जावलाखेलबाट सञ्चालन भईरहेको गोर्खा र कृषि टेलिभिजनले कर्मचारीको बिचल्ली बनाएको छ । साझा सञ्चार मिडिया प्रा.लि.को नामले सञ्चालित आएको ती दुई टेलिभिजनले करिब ९ महिनादेखि कर्मचारीको तलवभत्ता नदिदा कर्मचारीहरुको बिचल्ली भएको हो । व्यवस्थापक तेजविक्रम थापाले महिनौंसम्म झुल्याएको र श्रमजीवीको श्रम शोषण गरेपछि अब निवास नै घेराउ गर्नुपर्ने स्थिति आएको श्रमजीवी पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले बताए । ९ महिनादेखि पत्रकार र कर्मचारीलाई बिभिन्न आश्वासन दिएर काम गर्न लगाई दशै तिहार जस्तो चाड पर्वमा समेत तलव नदिएको कर्मचारीहरुको गुनासो रहेको छ । उक्त टेलिभिजनमा १५ जना भन्दा बढि कर्मचारीले काम गरिरहेका छन् । व्यवस्थापन पक्ष हेरिरहेकी टेलिभिजनको सिईओ लक्ष्मी चौधरीले राजिनामा दिदै कर्मचारीको बिचल्ली पारेर चुनावी मैदानमा राप्रपाको उम्मेदवार भएसँगै  उनको राजिनामासँगै टेलि...
कालिकोटमा महेन्द्र बहादुर शाहीकाे अग्रता, पछ्याउदै नेशनल

कालिकोटमा महेन्द्र बहादुर शाहीकाे अग्रता, पछ्याउदै नेशनल

mainnews, कर्णाली प्रदेश
कालिकाेट । कालिकोटमा नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाहीले अग्रता लिएका छन् । पहिलो चरणका ३ मतान्तरले अग्रता लिएका नेकपा एमालेका नगीन्द्र शाही ‘नेशनल’ दोस्रो चरणमा २४९ मतान्तरले पछि परेका छन् । प्रतिनिधि सभातर्फको १ हजार १२ मतगणना गर्दा पुर्व मुख्यमन्त्री शाहीले ५७५ मत प्राप्त गरेका छन् भने एमाले नेता शाहीले ३२६ मत पाएका छन् । यस्तै राप्रपाका राप्रपा धन बहादुर बुढाले ३१, नेमकिपाका खड्ग राज शाही २१, स्वतन्त्र उम्मेदवार काशिचन्द्र बराल २१ र ३८ मत बदर छन् ।...
आफूहरूकाे विजय सुनिश्चित भएकाे सत्तागठबन्धनको दावी

आफूहरूकाे विजय सुनिश्चित भएकाे सत्तागठबन्धनको दावी

mainnews, राजनीति
काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्तागठबन्धनले आफूहरूको जित सुनिश्चित भएको दाबी गरेको छ । विहीबार कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त अपिल जारी गठबन्धनलाई जिताउन आग्रह गरेका हुन् । आगामी निर्वाचनबाट विघटनकारी तथा प्रतिगमनका पक्षधरहरूको गठवन्धनलाई उदाङ्गो पार्दै परास्त गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । अपिलमा भनिएको छ, ‘देशको संविधान, कानून, विधि र प्रक्रिया उल्लंघन गरी दुई-दुई पटक गरेको प्रतिनिधि सभा विघटन र कोरोना महामारीमा परेका नागरिकलाई खोप दिलाउनु सट्टा भ्रष्टाचारमा निर्लिप्त हुदै अनेकन स्वेच्छाचारी र प्रतिगामी कदम चालेपछि तत्कालीन सरकारविरुद्ध २०७८ असारमा यो गठबन्धन बनाउनु परेको विदितै छ ।’ गठबन्धनको ...
सडकमा उत्रिए सुकुम्वासी

सडकमा उत्रिए सुकुम्वासी

mainnews, समाज
सरकारले बागमती नदी करिडोर क्षेत्रका घर टहरा भत्काउने अल्टिमेटम दिएको भन्दै सुकुम्वासीहरू आन्दोलनमा उत्रिएका छन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रवार एक सूचना जारी गर्दै १० दिनभित्र बागमती नदी करिडोर क्षेत्र ओगटेर बनाएका घर टहरा भत्काउन अल्टिमेटम दिएको हो । सुकुम्वासीहरूको समस्या समाधान नगरी घर टहरा भत्काउने निर्देशन दिइएको भन्दै सुकुम्वासीहरूले असन्तुष्टि व्यक्त गरेका छन् । आफूहरूलाई संविधानविपरीत हटाउन लागेको उनीहरूको गुनासो छ । यसै सन्दर्भमा उनीहरूले बिहीबार राजधानीमा खबरदारी र्‍यालीको आयोजना गरेका छन् ।...
राससका पत्रकारको रोजगारी सुनिश्चित गर्न सञ्चार संघ/संगठनहरुको माग

राससका पत्रकारको रोजगारी सुनिश्चित गर्न सञ्चार संघ/संगठनहरुको माग

mainnews, सूचना प्रविधि
काठमाडौँ, । राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत २२ जना श्रमजीवि पत्रकारको रोजगारी खोस्ने कार्य तत्काल रोक्न नेपाल पत्रकार महासंघ लगायत  पेशागत  संघसंगठनले माग गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय संचारग्राममा आज बसेको  सयुक्त बैठकले राससमा कार्यरत २२  श्रमजीवि पत्रकारलाई कुनै पनि वहानामा हटाइएको खण्डमा महासंघकै नेतृत्वमा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । नेपाल पत्रकार महासंघलगायत विभिन्न पत्रकारसम्वद्ध संघ÷संगठनहरुसहित असोज २७ गतेदेखि संयुक्त आन्दोलनमा जाने निर्णय गरेको छ । बैठकले प्रतिष्ठानस्तरीय संघर्ष समितिद्धारा घोषित आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउने महासंघलगायत सबै संघ÷संगठनहरुको सशक्त उपस्थितिसहित आन्दोलनलाई अझ प्रभावकारी बनाउने गरी संयुक्त परिचालन समिति गठन गर्ने पनि निर्णय गरेको छ । नेपाल पत्रकार महासंघलगायत संघसंगठनको संयुक्त बैठकले राससमा कार्...
घनश्याम भुसाल रूपन्देही-१ बाट स्वतन्त्र वाम उम्मेद्वार

घनश्याम भुसाल रूपन्देही-१ बाट स्वतन्त्र वाम उम्मेद्वार

mainnews, लुम्बिनी प्रदेश
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा टिकट नपाएपछि एमाले परित्याग गरेका नेता घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन्।उनले आइतबार बिहान प्रतिनिधि सभाका लागि रूपन्देही १ बाटै उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनले गठबन्धनको सहयोगमा उम्मेदवार बने आफू बाम लोकतान्त्रिक उम्मेदवार भएको दाबी गरेका छन्। सत्ता गठबन्धनको भागबण्डामा रूपन्देही १  माओवादीको भागमा परेको थियो। माओवादीले आफ्नै चुनाव चिह्नबाट चुनाव लड्न अनुरोध गरे पनि उनले अहिले आफू स्वतन्त्रकै रुपमा लड्ने जानकारी गराए। स्वतन्त्र भने पनि उनी गठबन्धनको सहयोगमा उम्मेदवार बनेका छन्। आफूलाई सत्तारुढ गठबन्धनले निर्वाचनमा सहयोग गर्ने उनले बताए। उनले आइतबार बिहान प्रतिनिधि सभाका लागि रूपन्देही १ बाटै उम्मेदवारी दिने घोषणा गरेका हुन्।...
पुर्व प्रधानमन्त्रीहरूले चुनाव नलडाैं भन्छन् बाबुराम

पुर्व प्रधानमन्त्रीहरूले चुनाव नलडाैं भन्छन् बाबुराम

mainnews, गण्डकी प्रदेश
काठमाडौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई चुनाव लड्ने वा नलड्ने भन्ने विषयमा परामर्श गर्न थालेका छन् । यसअघि गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भट्टराई आगामी मंसिर ४ गते प्रतिनिधि सभा चुनावमा आफू विश्राम लिएर युवालाई अघि सार्ने मुडमा पुगेका छन् । सत्ता गठबन्धनको सिट बाँडफाँटमा गोरखा-२ माओवादीको भागमा परिसकेकाले भट्टराईलाई चुनाव लड्न समस्या छैन । तर, उनले आगामी चुनावमा युवालाई अघि सारेर आफू वैचारिक क्षेत्रमा काम गर्ने बताउने गरेका छन् । ‘बाबुराम सरको कुरा पूर्व प्रधानमन्त्री र ७० पुगेका वा नजिक भएका नेता चुनाव नलडौँ भन्ने हो । हामीले अभिभावकीय भूमिका निर्वाह गरौं भनिराख्नु भएको छ’ भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले भने,‘त्यसैले, आफू नलडेर युवालाई अघि सार्न खोज्नु भएको छ । आगामी चुनाव लड्ने वा नलड्ने भन्ने विषयमा निर्णयमा पुगिसक्नु भएको छैन ।’ भट्टराईले आगामी चुनाव नल...
संस्थापक नेता परियार बने प्रवक्ता

संस्थापक नेता परियार बने प्रवक्ता

राजनीति
काठमाडौं । विवेकशील साझा पार्टीको प्रवक्तामा प्रकाशचन्द्र परियार छन्। विवेकशील साझाको विधानअनुसार, अध्यक्ष समीक्षा बास्कोटाले परियारलाई प्रवक्ता चयन गरेको थियाे । केन्द्रीय सदस्य एवं केन्द्रीय सचिवालय व्यवस्थापन उप-प्रमुख नवराज थापाका अनुसार विववेकशील साझाको संस्थापकमध्येका परियार अहिले सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख पनि रहेका छन् । सामाजिक न्याय र मानव अधिकारका क्षेत्रमा क्रियाशील परियारले आमसञ्चारमा स्नातकोत्तर गरेका छन्। उनले अमेरिकाबाट पत्रकारिता र अस्ट्रेलियावाट नेतृत्व विकासको तालिम समेत लिएका छन्। पत्रकारिता छोडेर राजनीतिमा लागेका परिवार सुनसरीको ईटहरीका बासिन्दा हुन्। यसैबीच विवेकशील साझा पार्टीले आफूलाई त्यागेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा मिसिएका आफ्ना पूर्वअध्यक्ष रवीन्द्र मिश्र तथा अन्य पार्टीमा प्रवेश गरेका केन्द्रीय सदस्यहरूलाई नयाँ राजनीतिक यात्र...
याे पुस्ताका प्रेरणाका श्राेत सर्वेन्द्र किन गुमनाम ?

याे पुस्ताका प्रेरणाका श्राेत सर्वेन्द्र किन गुमनाम ?

जीवनशैली, राजनीति
हिजोआज जताततै केवल राजनीतिको कुरा भइरहन्छ। चुनाव नजिकिँदै गर्दा रण मैदानमा कैयौँ नयाँ अनुहार देख्न पाए हुन्थ्यो भन्नेहरू थुप्रै छन्। नेपाली राजनीतिमा उनै पुराना अनुहार देखेर वाक्क दिक्क भइसकेका जनता अब त केही नयाँ अनुहार देखा पर्नुपर्छ, केही गर्न सक्ने मान्छे देखापर्नु पर्छ भन्नेमा पुगिसकेका छन्। पछिल्लो समयमा त्यस्ता नयाँ अनुहारको खोजी पनि भइरहेको छ। नयाँ–नयाँ नामहरू पनि सुनिदै छन्। ती नयाँ अनुहार कुनै अर्कै ग्रहबाट आउने पक्कै हैनन्। त्यस्ता अनुहार यतैकतै छन्। जोसँग विवेक छ, अनुभव छ, जोस जाँगर र विकास निर्माणको खाका छ। अन्याय अत्याचारका वि?द्ध तत्काल कदम चाल्न सक्ने सोच र क्षमता छ। जसमध्येका एक पूर्व आईजीपी सर्वेन्द्र खनाल पनि हुन्। सर्वेन्द्रले आफ्नो नाम घोषण गरिसकेका नभए तापनि बजारमा नाम सुनिन थालेको छ। कतिपयले उनले विगतमा आफ्नो जिम्मेवारी बहन गर्ने क्रममा गरेका केही असल कर्मह? सम...
संविधान दिवसमा राष्ट्रपतिदेखि दलका नेताले दिए शुभकामना

संविधान दिवसमा राष्ट्रपतिदेखि दलका नेताले दिए शुभकामना

mainnews, अन्तर्वार्ता, बागमती प्रदेश
काठमाडौं । आज संविधान दिवस । दोस्रो संविधानसभाले ३ असोज २०७२ मा संविधान जारी गरेको थियो । त्यही दिनको सम्झनामा सरकारले हरेक वर्ष विशेष कार्यक्रमसहित संविधान दिवस मनाउँदै आएको छ । तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए । सरकारले आज सार्वजनिक बिदा दिएको छ । दिवसका अवसरमा आज संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ । समारोहमा पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ । यसैबीच राष्ट्रपति विद्यादेवी...
जाजरकाेट ‘क’ बाट युवा नेता रामदीप आचार्य सिफारिस

जाजरकाेट ‘क’ बाट युवा नेता रामदीप आचार्य सिफारिस

कर्णाली प्रदेश, राजनीति
काठमाडौं । आगामी प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले जाजरकोटबाट रामदीप आचार्यको नाम सिफारिस गरेको छ । गएकाे साता बसेको जिल्लाकाे निर्वाचन क्षेत्रीय समन्वय समिति बैठकले प्रदेश ‘क’ बाट आचार्यको नाम सिफारिस गरेको हो । आगामी मंसिर ४ गते देशैभर एकै चरणमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनअन्तर्गत प्रदेशसभा निर्वाचनको उम्मेदवारका लागि माओवादी केन्द्रले जाजरकोट निर्वाचन क्षेत्र प्रदेश ‘क’ बाट रामदीप आचार्यको नाम सिफारिस गरेको छ । युवा तथा बौद्धिक नेताको रुपमा चिनिने आचार्य पार्टी पाेलिट्व्यूराे सदस्य पनि हुन् । आचार्यकाे सिंगाे परिवार जनयुद्धकाे शुरूवातैदेखि समाहित भएकाे हाे । सहीद परिवार समेत रहेका रामदीप आचार्यले कर्णााली प्रदेश सरकारकै नेतृत्वदायी भूमिका पाएमा समग्र कर्णाालीकाे समृद्ध यात्रा शुरू हुने विश्वास त्यहाँका जनताकाे  छ । त्यस्तै पार्टीले समानुपातिक उम्मेदवारका...
माउन्टेन टिभीको सेवा सुविधा रोकी कालोसूचीमा राख्न माग

माउन्टेन टिभीको सेवा सुविधा रोकी कालोसूचीमा राख्न माग

mainnews, सूचना प्रविधि
श्रमजीवी पत्रकार संघ नेपालले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने माउन्टेन टेलिभिजनलाई कालोसूचीमा राख्न प्रेस काउन्सिल, नेपाल, प्रेस रजिस्ट्रार र न्यूनतम पारिश्रमिक निर्धारण समितिमार्फत सरकारसँग आग्रह गरेको छ । घरजग्गा कारोबारी राजु कँडेलले सञ्चालन गर्दै आएको माउन्टेन टिभीमा हाल कार्यरत पत्रकार कर्मचारीलाई श्रमजीवी पत्रकार ऐन अनुसार पारिश्रमिक सेवा सुविधा नदिएपछि श्रमजीवी–पत्रकार संघ, नेपालले आन्दोलनको घोषणा गरेको छ । माउन्टेन टिभीमा हाल कार्यरत र विगतमा काम गरेका पत्रकार र कर्मचारीलाई श्रमजीवी पत्रकार ऐन अनुसार सेवा सुविधा नदिएको, बाँकी बक्यौता भुक्तानी नगरेको भन्दै श्रमजीवी–पत्रकार संघ, नेपालमा उजुरी परेको थियो । उजुरी पछि संघका अध्यक्ष जन्मदेव जैसीले पटक –पटक श्रमजीवी पत्रकारहरूको माग संशोधन गर्न अध्यक्ष कँडेललाई ध्यानाकर्षण गराए पनि कँडेलले विभिन्न बहानामा त्यसलाई टार्दै आएक...

मानिसको आधा जनसंख्या लामखुट्टेले नष्ट पारिसक्योः यस्ता छन् रोचक तथ्य

रोचक विश्व
काठमाडाैं।आजभन्दा करिब २३५० वर्ष अघि विश्व जित्ने अभियानमा निस्किएका एलेक्जेन्डर द ग्रेट एउटा लामखुट्टेसँग हारेका थिए । युनानबाट युरोप र एशियासम्म उनले आफ्नो विजयी झण्डा लहराएका थिए तर भारत आइपुग्दा नपुग्दै उनको पसिना छट्यो । एक त यहाँको मौसमले उनलाई र उनको सैनिकलाई साथ दिएन अर्को यहाँका शासकका कडा विरोध उनले झेल्न पाएनन् । झेलम आउँदा आउँदै एलेक्जेन्डर र उनका सैनिकलाई लामखुट्टेले यति टोक्यो कि उनीहरुले आफ्नो ज्यान जोगाएर नै भाग्नुपर्यो । एलेक्जेन्डरलाई मलेरिया भएको बताइन्छ, उनी यसबाट निको हुन सकेनन् । बेबीलोन पुग्ने बित्तिकै उनले मृत्युवरण गरे । लामखुट्टेको यस्तै अर्को कहानी एलेक्जेन्डरको मृत्युको करिब २२०० वर्ष पछि भएको दोस्रो विश्वयुद्धको जमानामा जर्मन तानाशाह एडोल्फ हिटलरसँग सम्बन्धित छ । हिटलरले विश्वको सबैभन्दा शक्तिशाली देशका सेनालाई हराउनका लागि लामखुट्टेमार्फत् हमला गराउने योजना...

संसारकै अनौठो गाउँ, जो हजारौँ वर्षदेखि पानीमाथि बसेको छ

रोचक विश्व
सबैजसो मानव सभ्यताको विकास नदीको किनारामा भएको पाइन्छ । नदी किनाराको उब्जाउ भूमिले सभ्यताको विकासमा एक अहम योगदान गरेको छ । त्यसैले मानिस, पानी र भूमिबीच निकै गहिरो सम्बन्ध छ । तर कतिपय मान्छेहरुको पानीसँगको सम्बन्ध यति गहन छ कि उनीहरु जमीनमा होइन पानीमै बसोबास गर्दछन् । चीनको फुजियान प्रान्तको निंग्डे क्षेत्रमा यो अनौठो गाउँ छ । सो गाउँ नै पूरै पानीमाथि रहेको छ । जिप्सी अफ द सी भनेर चिनिने त्यो गाउँको जनसंख्या झण्डै ७ हजार छ । उनीहरु सबैले माछा मारेर जीविका चलाउँदछन् । उक्त गाउँ १ हजार ३ सय वर्षदेखि त्यहाँ बसेको छ । गाउँलेहरु टंका जातिसँग सम्बन्धित छन् । उक्त गाउँमा सबै घर डुंगामाथि बनेका छन् । यो गाउँ फुजियानको सबैभन्दा लामो समुद्री तट हो । समुद्रको पानीमा तैरिने ती घरहरु काठबाट बनाइएको छ । घरमुनि निकै मजबुत प्लाटर्फम राखिएको हुन्छ । त्यसैले त्यहाँका घरहरु लामो समयसम्म टिक...

विश्वका अनौठा १२ रोचक तथ्य

रोचक विश्व
विश्वमा धेरै अनौठा कुराहरु हुन्छन् जुन हामीलाई थाहा हुँदैन । त्यस्तै आज हामीले हरकोहीलाई थाहा नभएको केही रोचक तथ्यहरु तयार पारेका छौं । केही रोचक तथ्यबारे जानकारी दिँदैछौँ जो निकै नै अनौठा छन् । जान्नुहोस् यी रोचक तथ्य : – कागलाई पिञ्जडा राखियो भने सुगाभन्दा राम्रोसँग बोल्न सिक्छ । – एक औषत ४ वर्षीय बच्चाले हरेक दिन चार सय प्रश्न सोध्छ । – उँटले केवल १३ मिनेटमा ३० ग्यालिन ९११३ लिटर० पानी पिउन सक्छन् । – पृथ्वीमा भएका सबै कमिलाको पूरा तौल यो ग्रहमा भएका सबै मानिसहरुको तौलभन्दा धेरै छ । – एक पाउण्ड मह उत्पादन गर्नका लागि मौरीलाई २ लाख फूलबाट पराग एकत्र गर्नुपर्दछ । – माउन्ट एभरेष्टमा २०० बढी लाश छन् र यीनिहरुलाई पर्वतारोहीका लागि बिन्दूका रुपमा उपयोग गरिन्छ । – घाँस दुनिकै सबैभन्दा सफल बिरुवा हो, जसले पुथ्वीमा २५५ बढी जमिन ढाकेको हुन्छ । – एक लामखुट्टेमा ४७ दाँत हु...

एडोल्फ हिटलरको घडी ११.१ मिलियन डलरमा विक्री

रोचक विश्व
वर्लिन । नाजी नेता एडोल्फ हिटलरको रहेको भनिएको एउटा घडी अमेरिकामा लिलामीमा ११.१ मिलियन डलरमा बिक्री भएको छ । एक अज्ञात बोलीकर्तालाई ह्युबर बिक्री गरिएको हो । उक्त टाइमपीसमा स्वस्तिक चिन्ह देख्न सकिन्छ । घडीमा एएच नामको अक्षर  कुँदिएको छ । यहूदी नेताहरूले लिलामीको निन्दा गरेका थिए । आफ्नो  उद्देश्य इतिहास रक्षा गर्नु भएको लिलामी घरले जनाएको छ । उसले विगतमा पनि नाजी स्मारक बेचेको थियो । एडोल्फ हिटलरले सन् १९३३ देखि १९४५ को बीचमा नाजी जर्मनीको नेतृत्व गरेका थिए । उनको शासनकालमा लाखौँ यहुदी मारिएका थिए । ...