Saturday, May 4
Shadow

संसारकै अनौठो गाउँ, जो हजारौँ वर्षदेखि पानीमाथि बसेको छ


  • -इ
  • इ+

सबैजसो मानव सभ्यताको विकास नदीको किनारामा भएको पाइन्छ । नदी किनाराको उब्जाउ भूमिले सभ्यताको विकासमा एक अहम योगदान गरेको छ ।

त्यसैले मानिस, पानी र भूमिबीच निकै गहिरो सम्बन्ध छ । तर कतिपय मान्छेहरुको पानीसँगको सम्बन्ध यति गहन छ कि उनीहरु जमीनमा होइन पानीमै बसोबास गर्दछन् ।

चीनको फुजियान प्रान्तको निंग्डे क्षेत्रमा यो अनौठो गाउँ छ । सो गाउँ नै पूरै पानीमाथि रहेको छ ।

जिप्सी अफ द सी भनेर चिनिने त्यो गाउँको जनसंख्या झण्डै ७ हजार छ । उनीहरु सबैले माछा मारेर जीविका चलाउँदछन् ।

उक्त गाउँ १ हजार ३ सय वर्षदेखि त्यहाँ बसेको छ । गाउँलेहरु टंका जातिसँग सम्बन्धित छन् ।

उक्त गाउँमा सबै घर डुंगामाथि बनेका छन् । यो गाउँ फुजियानको सबैभन्दा लामो समुद्री तट हो । समुद्रको पानीमा तैरिने ती घरहरु काठबाट बनाइएको छ । घरमुनि निकै मजबुत प्लाटर्फम राखिएको हुन्छ । त्यसैले त्यहाँका घरहरु लामो समयसम्म टिकाउ हुन्छन् ।

गाउँमा एक ठाउँबाट अर्को ठाउँमा हिँड्नका लागि काठका कैयन् पुलहरु राखिएको छ ।

गाउँलेहरुको जीविकाको साधन नै माछा हो । उनीहरुले समुद्रमा ठूलो परिमाणमा माछा मार्दछन् र ती माछालाई बजारमा लगेर बेच्दछन् ।

सातौँ सताब्दीमा तांग राजवंशको शासनकालमा टंका जातिहरुमाथि निकै दमन तथा अत्याचार हुन्थ्यो । आफूहरुलाई निकै सताएपछि यो समुदायका मानिसहरु पानीमाथि बस्न थालेका हुन् ता कि शत्रुहरु आएर दु:ख नदिउन् ।

आधुनिक समयमा धेरै कुरा परिवर्तन भैसकेको छ, उनीहरुमाथि दमन तथा अत्याचार हुँदैन । तर पनि टंका समुदाय पानीमाथि बस्ने आफ्नो परम्परा छाड्न चाहँदैन ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्