Saturday, May 4
Shadow

एडोल्फ हिटलरको घडी ११.१ मिलियन डलरमा विक्री


  • -इ
  • इ+
वर्लिन । नाजी नेता एडोल्फ हिटलरको रहेको भनिएको एउटा घडी अमेरिकामा लिलामीमा ११.१ मिलियन डलरमा बिक्री भएको छ । एक अज्ञात बोलीकर्तालाई ह्युबर बिक्री गरिएको हो । उक्त टाइमपीसमा स्वस्तिक चिन्ह देख्न सकिन्छ । घडीमा एएच नामको अक्षर  कुँदिएको छ ।

यहूदी नेताहरूले लिलामीको निन्दा गरेका थिए । आफ्नो  उद्देश्य इतिहास रक्षा गर्नु भएको लिलामी घरले जनाएको छ । उसले विगतमा पनि नाजी स्मारक बेचेको थियो । एडोल्फ हिटलरले सन् १९३३ देखि १९४५ को बीचमा नाजी जर्मनीको नेतृत्व गरेका थिए । उनको शासनकालमा लाखौँ यहुदी मारिएका थिए ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्