Sunday, May 5
Shadow

सडकमा उत्रिए सुकुम्वासी


  • -इ
  • इ+

सरकारले बागमती नदी करिडोर क्षेत्रका घर टहरा भत्काउने अल्टिमेटम दिएको भन्दै सुकुम्वासीहरू आन्दोलनमा उत्रिएका छन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रवार एक सूचना जारी गर्दै १० दिनभित्र बागमती नदी करिडोर क्षेत्र ओगटेर बनाएका घर टहरा भत्काउन अल्टिमेटम दिएको हो ।

सुकुम्वासीहरूको समस्या समाधान नगरी घर टहरा भत्काउने निर्देशन दिइएको भन्दै सुकुम्वासीहरूले असन्तुष्टि व्यक्त गरेका छन् । आफूहरूलाई संविधानविपरीत हटाउन लागेको उनीहरूको गुनासो छ । यसै सन्दर्भमा उनीहरूले बिहीबार राजधानीमा खबरदारी र्‍यालीको आयोजना गरेका छन् ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्