Saturday, May 4
Shadow

पुर्व प्रधानमन्त्रीहरूले चुनाव नलडाैं भन्छन् बाबुराम


  • -इ
  • इ+

काठमाडौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई चुनाव लड्ने वा नलड्ने भन्ने विषयमा परामर्श गर्न थालेका छन् । यसअघि गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भट्टराई आगामी मंसिर ४ गते प्रतिनिधि सभा चुनावमा आफू विश्राम लिएर युवालाई अघि सार्ने मुडमा पुगेका छन् ।

सत्ता गठबन्धनको सिट बाँडफाँटमा गोरखा-२ माओवादीको भागमा परिसकेकाले भट्टराईलाई चुनाव लड्न समस्या छैन । तर, उनले आगामी चुनावमा युवालाई अघि सारेर आफू वैचारिक क्षेत्रमा काम गर्ने बताउने गरेका छन् । ‘बाबुराम सरको कुरा पूर्व प्रधानमन्त्री र ७० पुगेका वा नजिक भएका नेता चुनाव नलडौँ भन्ने हो । हामीले अभिभावकीय भूमिका निर्वाह गरौं भनिराख्नु भएको छ’ भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले भने,‘त्यसैले, आफू नलडेर युवालाई अघि सार्न खोज्नु भएको छ । आगामी चुनाव लड्ने वा नलड्ने भन्ने विषयमा निर्णयमा पुगिसक्नु भएको छैन ।’

भट्टराईले आगामी चुनाव नलड्ने भन्ने विषयमा पार्टीभित्र छलफल चलाएका छन् । पार्टीका कतिपय नेताहरुले उनी आफ्नो छोरी मानुषी यामी भट्टराईलाई काठमाडौंबाट टिकट दिएमा गोरखा छोड्ने मनसायमा रहेको बताउछन् । भट्टराई २०६४ सालदेखि निरन्तर गोरखाबाट चुनाव जित्दै आएका छन् ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्