Saturday, May 4
Shadow

जाजरकाेट ‘क’ बाट युवा नेता रामदीप आचार्य सिफारिस


  • -इ
  • इ+

काठमाडौं । आगामी प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले जाजरकोटबाट रामदीप आचार्यको नाम सिफारिस गरेको छ । गएकाे साता बसेको जिल्लाकाे निर्वाचन क्षेत्रीय समन्वय समिति बैठकले प्रदेश ‘क’ बाट आचार्यको नाम सिफारिस गरेको हो ।

आगामी मंसिर ४ गते देशैभर एकै चरणमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनअन्तर्गत प्रदेशसभा निर्वाचनको उम्मेदवारका लागि माओवादी केन्द्रले जाजरकोट निर्वाचन क्षेत्र प्रदेश ‘क’ बाट रामदीप आचार्यको नाम सिफारिस गरेको छ । युवा तथा बौद्धिक नेताको रुपमा चिनिने आचार्य पार्टी पाेलिट्व्यूराे सदस्य पनि हुन् ।

आचार्यकाे सिंगाे परिवार जनयुद्धकाे शुरूवातैदेखि समाहित भएकाे हाे । सहीद परिवार समेत रहेका रामदीप आचार्यले कर्णााली प्रदेश सरकारकै नेतृत्वदायी भूमिका पाएमा समग्र कर्णाालीकाे समृद्ध यात्रा शुरू हुने विश्वास त्यहाँका जनताकाे  छ ।

त्यस्तै पार्टीले समानुपातिक उम्मेदवारका लागि पार्वती विक ‘शान्ता,’ टेकबहादुर घर्ती ‘मुनाल,’ तिलक रावत ‘सुशील,’ जसवीर गाइन र राममाया हमालको नाम सिफारिस गरेको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्