Sunday, May 5
Shadow

संस्थापक नेता परियार बने प्रवक्ता


  • -इ
  • इ+

काठमाडौं । विवेकशील साझा पार्टीको प्रवक्तामा प्रकाशचन्द्र परियार छन्। विवेकशील साझाको विधानअनुसार, अध्यक्ष समीक्षा बास्कोटाले परियारलाई प्रवक्ता चयन गरेको थियाे ।

केन्द्रीय सदस्य एवं केन्द्रीय सचिवालय व्यवस्थापन उप-प्रमुख नवराज थापाका अनुसार विववेकशील साझाको संस्थापकमध्येका परियार अहिले सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख पनि रहेका छन् ।

सामाजिक न्याय र मानव अधिकारका क्षेत्रमा क्रियाशील परियारले आमसञ्चारमा स्नातकोत्तर गरेका छन्। उनले अमेरिकाबाट पत्रकारिता र अस्ट्रेलियावाट नेतृत्व विकासको तालिम समेत लिएका छन्। पत्रकारिता छोडेर राजनीतिमा लागेका परिवार सुनसरीको ईटहरीका बासिन्दा हुन्।

यसैबीच विवेकशील साझा पार्टीले आफूलाई त्यागेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा मिसिएका आफ्ना पूर्वअध्यक्ष रवीन्द्र मिश्र तथा अन्य पार्टीमा प्रवेश गरेका केन्द्रीय सदस्यहरूलाई नयाँ राजनीतिक यात्राका लागि शुभकामना दिएको छ।

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र ‘रवीन्द्र मिश्र नेतृत्वको बृहत्तर धुव्रीकरण पक्षधर’बीच एकतापछि विवेकशील साझा पार्टीका प्रवक्ता प्रकाशचन्द्र परियारले हार्दिक बिदाइ भन्दै नयाँ राजनीतिक यात्राका लागि शुभकामना दिएका हुन्।

यस क्रममा उनले यसअघि नै अन्य पार्टीमा गएका विवेकशील साझाका पूर्व केन्द्रीय सदस्यहरू गेहेन्द्र दाहाल, अनुपा श्रेष्ठ, अब्दुस मियाँलाई पनि शुभकामना दिएका छन्।

‘हार्दिक बिदाइ प्रिय सहयोद्धाहरूलाई नयाँ राजनीतिक यात्राको शुभकामना’, विवेकशील साझा पार्टीका प्रवक्ता परियारले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सामाजिक सुसम्बन्ध र राजनीतिक सहकार्यको ढोका बन्द भएको छैन। सैद्धान्तिक/वैचारिक मत–मतान्तरलाई स्वस्थ ढंगले निरुपण गर्दै मित्रवत् सम्बन्ध/रचनात्मक प्रतिस्पर्धा हुने नै छ।’

प्रवक्ता परियारले जनमुखी र सामरिक महत्त्वका साझा सवालमा सँगै परीक्षण हुन राजीखुसी रहेको पनि उल्लेख गरेका छन्।

पार्टी छाडेर अर्काे दलमा जाने नेतालाई हार्दिकतापूर्वक बिदाइ र शुभकामना दिने प्रचलन नेपाली राजनीतिमा नौलो हो।

यस विषयमा प्रवक्ता परियारले भने, ‘उनीहरू जहाँ जाऊन्, राम्रो काम गरून्, घात नगरून्। वैचारिक मत/मतान्तरलाई स्वीकारौं, सह अस्तित्वलाई स्वीकारौं भन्ने सन्देश दिन खोजेको हुँ।’

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्