Friday, May 17
Shadow

Author: अभियान पोष्ट

निर्माण व्यवसायी संघ भक्तपुरको अध्यक्षमा बस्ताकोटी

निर्माण व्यवसायी संघ भक्तपुरको अध्यक्षमा बस्ताकोटी

बागमती प्रदेश
भक्तपुर । निर्माण व्यवसायी संघ भक्तपुर जिल्ला कार्यसमितिको अध्यक्षमा राजकुमार बस्ताकोटी चयन भएका छन् । शुक्रबारबाट सुरु भएको संघको १९ साधारणसभा तथा ७ औं अधिवेशनको शनिबार सम्पन्न भएको बन्द सत्रले बस्ताकोटीको नेतृत्वमा नगर संयोजक सहित १७ सदस्यीय कार्यसमिति सर्वसहमत चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा बिजयकुमार देउजा, प्रथम उपाध्यक्षमा रत्नप्रसाद सुवाल, द्धितिय उपाध्यक्ष लब गिरी, महासचिवमा शिवहरी दाहाल के.सी, उपमहासचिव प्रेम खत्री, कोषाध्यक्षमा सुधिर थापा र सहकोषाध्यक्षमा विमल शिल्पकार चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा रामहरि फुयाँल, रोशन कुमार थापा, राजकुमार खड्का, सुनिता खत्री र तुल्सी मैयाँ ज्याख्वा रहेका छन् । त्यसगरि अधिवेशनले चार नगरका संयोजकहरुको समेत चयन गरेको छ । जसमा चाँगुनारायण नगरमा राजेश खड्का, सूर्यविनायकमा रामशरण प्रजापति, मध्यपुरमा राम श्रेष्ठ र भक्तपुर नग...
नेकपा प्रदेश कमिटीले तीनमहिने अभियान सञ्चालन गर्ने

नेकपा प्रदेश कमिटीले तीनमहिने अभियान सञ्चालन गर्ने

बागमती प्रदेश
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वाग्मती प्रदेश सङ्गठन कमिटीले आगामी चैतदेखि पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने भएको छ । कमिटीको शुक्रबार सम्पन्न चौथौ बैठकले पार्टीको गतिविधि स्थानीय तहसम्म सञ्चालन गर्नका लागि आगामी चैत २०७६ चैत १ गतेदेखि २०७७ जेठ मसान्तसम्म गर्ने निर्णय गरेको कमिटीका सचिव आनन्दप्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार अभियान तयारीको लागि फागुन २२ देखि चैत ४ गतेसम्म प्रदेशका सबै जिल्लामा अभियानसम्बन्धी अभिमुखीकरण प्रशिक्षण भेला र बैठक राखी जिल्ला र पालिकास्तरीय कार्ययोजना बनाउने निर्णयसमेत गरेको छ । यस तीनमहिने अभियानमा दुईपटक प्रदेश सचिवालयको बैठक बस्नेछ र असार ५ गते प्रदेश सङ्गठन कमिटीको पूर्ण बैठक बस्ने निर्णयसमेत गरेको छ । अभियान अवधिमा पर्ने शहीद सप्ताह फागुन १४ देखि २१ लाई अभियानको अङ्गको रुपमा मनाउने निर्णयसमेत गरेको छ । प्रद...
भरतपुर महानगरलाई ध्रुम्रपानरहित शहर बनाइँदै

भरतपुर महानगरलाई ध्रुम्रपानरहित शहर बनाइँदै

बागमती प्रदेश
भरतपुर : भरतपुर महानगरपालिकाले सुर्तीजन्य वस्तुको बिक्रीवितरण स्थलको दैनिक अनुगमन गर्न शुरु गरेको छ । महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले सुर्तीजन्य वस्तुको बेचबिखन अनुगमन तथा सार्वजनिक स्थलमा यसको सेवनमा प्रतिबन्ध गरिएको जानकारी दिए । उनले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ अनुसार अनुगमन गरिएको र महानगरलाई सुर्तीजन्य पदार्थरहित बनाउन अभियान प्रभावकारी बनेको बताए । अनुगमन टोलीले शैक्षिक सङ्घसंस्था, सरकारी कार्यालय, अस्पताल बालगृहलगायत निकाय आसपासका क्षेत्रमा हुने सुर्तीजन्य पदार्थको बिक्री भए÷नभएको अनुगमन गरिरहेको छ । शैक्षिक सङ्घसंस्था, अस्पताल लगायतका निकायको एक सय मिटरको वरपर सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न ऐनले रोक लगाएकाले त्यसको कार्यान्वयमा महानगरका अधिकारीहरु जुटेका हुन् । महानगरका उपसचिव प्रधुन्नप्रसाद उपाध्यायकोे नेतृत्वमा प्रत्येक दिनजसो बजार अन...
होलीमा दुई दिन सार्वजनिक बिदा

होलीमा दुई दिन सार्वजनिक बिदा

प्रदेश नं. २
जनकपुर । प्रदेश नम्बर २ सरकारले होली पर्वको अवसरमा प्रदेशभर दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । केन्द्र सरकारले होली पर्वमा एक दिन सार्वजनिक बिदा दिने गरेकोमा प्रदेश सरकारले एक दिन थपेर दुई दिन बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारले होली पर्वको अवसरमा फागुन २७ र २८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए । १५ दिने मिथिला मध्यमिकी परिक्रमा जनकपुरको अन्तरगृह परिक्रमा समापनसङ्गै यस क्षेत्रमा होली मनाइने परम्परा छ । फागुन २५ गते जनकपुरधाम पुग्ने मिथिला मध्यमा परिक्रमा २६ गते जनकपुरको अन्तरगृह परिक्रमा गरिसकेपछि २७ गते होली मनाइनेछ ।पहाडी क्षेत्रमा भने फागुन २६ मै होली मनाइन्छ ।...
करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

प्रदेश नं. १
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–६ डढुवामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बत्ति बनाउन पोलमा चढ्दा करेन्ट लागेर डढुवाका २६ बर्षीय पबन राईको मृत्यु भएको हो । गएराति करिव १० बजे राईको घरमा करेन्ट नआएपछि पोलमा चढेर बत्ति बनाउने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर गंभीर घाईते भएका राईलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा राती करिव ११ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । ...
समाज सुदूरपश्चिममा कोरोना भाइरस जाँच कक्ष

समाज सुदूरपश्चिममा कोरोना भाइरस जाँच कक्ष

सुदुरपश्चिम प्रदेश
महेन्द्रनगर : सुदूरपश्चिम प्रदेश सरकारले प्राणघातक कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि सुदूरपश्चिमका सात स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले दार्चुला, बैतडी, कैलाली र कञ्चनपुर गरी सात स्थानमा आवश्यक प्रविधिसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरेको जनाएको छ। प्रदेश सामाजिक विकास मन्त्रालय धनगढीका प्रवक्ता हेमराज खड्काले पश्चिमी सिमानाका र गेटा विमानस्थलमा आवतजावत गर्ने यात्रुको स्वास्थ्य जाँच थालिएको बताए। ‘दार्चुला र बैतडीमा नेपाल–भारत सिमाना र कञ्चनपुरको गड्डाचौकी नाकामा डेस्क सञ्चालनमा आएको छ।’ प्रवक्ता खड्काले भने, ‘गेटा विमानस्थल, धनगढीको नाका र कैलालीको खङ्ग्रोला नाकामा स्वास्थ्यकर्मीको टोली खटिएर जाँच थालेको छ।’ उनले सुदूरपश्चिममा जाँच गर्दा हालसम्म कसैलाई पनि कोरोनाको सम्भावित लक्षण नदेखिएको जानकारी दिए। प्रदेश सामाजिक विकास मन्त्रालयले गत मा...
प्रधानमन्त्री ओलीको मृर्गौला बुधबार प्रत्यारोपण हुँदै, को हुन मृर्गौला दिने महिला ?

प्रधानमन्त्री ओलीको मृर्गौला बुधबार प्रत्यारोपण हुँदै, को हुन मृर्गौला दिने महिला ?

विशेष खबर, स्वास्थ्य
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको दोस्रो पटक मृर्गौला प्रत्यारोपणको तयारी भएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीको दोस्रो पटक मृर्गौला देशभित्रै प्रत्यारोपण देशभित्रै हुने भएको छ । मृर्गौला प्रत्यारोपणको लागि ओली भोलि अस्पताल भर्ना हुने भएका छन् । सोमबार बसेको (नेकपा)को सचिवलय बैठकमा प्रधानमन्त्री ओलीले आफूले बुधबार मृर्गौला प्रत्यारोपण गर्न लागेको जानकारी दिएका थिए । बैठकपछि प्रबक्ता नारायणकाजी श्रेष्ठले प्रधनमन्त्री तथा पार्टी अध्यक्ष ओली भोलि अस्पताल भर्ना हुने संचारकर्मीलाई जानकारी दिए । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीकै चाहनाअनुसार त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गर्ने तयारी भइरहेको छ । ओलीले पहिलो मृर्गौला भारतमा प्रत्यारोपण गरेका थिए । आजको बैठक ओलीको मृर्गौला प्रत्यरोपणबारे जानकरीलगायत सामान्य भलाकु...
प्रचण्डलाई जुत्ता हान्ने युवकको बयान : बर्गसंघर्षको कुरा चित्त बुझेन, आवेशमा जुत्ता हानेँ

प्रचण्डलाई जुत्ता हान्ने युवकको बयान : बर्गसंघर्षको कुरा चित्त बुझेन, आवेशमा जुत्ता हानेँ

राजनीति, विशेष खबर, समाज
१८ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हान्ने जुम्लाका रतन तिरुवाले भाषण चित्त नबुझेपछि आवेशमा जुत्ता हानेको बयान दिएका छन् । राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको पहिलो स्मृति सभामा संबोधनपछि प्रचण्डलाई ताकेर जुत्ता हानेका उनले भाषणका क्रममा वर्ग संघर्षको कुरा चित्त नबुझेपछि आवेशमा घटना भएको बताएका हुन् । ‘भाषण सुनिरहेको थिएँ । भाषणमा वर्गसंघर्षको कुरा चित्त बुझेन, आवेशमा आएर जुत्ता हानेँ’ सिंहदरबार प्रहरी वृत्तमा प्रहरीसमक्ष उनले बयानमा भनेका छन् । राष्ट्रियसभा गृहको कार्यक्रममा संबोधनपछि आफ्नो सिटमा फर्किएका प्रचण्डलाई ताकेर तिरुवाले जुत्ता हानेका थिए । तर जुत्ता प्रचण्डसम्म पुगेन ।...
सफल मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई माेदीको शुभकामना

सफल मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई माेदीको शुभकामना

विशेष खबर, समाज, स्वास्थ्य
काठमाण्डौ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौलाको सफल प्रत्यारोपणको लागि शुभकामना दिनुभएको छ । ट्विटरमार्फत् सोमबार बिहान शुभकामना दिनुहँदै भारतीय प्रधानमन्त्री मोदीले प्रत्यारोपणपछि चाँडो स्वास्थ्य लाभ गर्न पनि प्रधानमन्त्री ओलीलाई शुभकामना दिनुभएको हो । भगवान पशुपतिनाथले तपाईंलाई राम्रो स्वास्थ्य, सुखी र धेरै लामो जीवन प्रदान गरोस् भन्ने शुभेच्छा पनि मोदीले आफ्ना नेपाली समकक्षीका लागि प्रकट गर्नुभएको छ । भारतीय प्रधानमन्त्रीले आउँदा दिनमा भारत-नेपाल सम्बन्धलाई नयाँ उचाइमा लैजान ओलीले निरन्तर योगदान गरेको हेर्न चाहेको समेत ट्विटरमा उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण आउँदो बुधबार महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक सेन्टरमा हुने तय भएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि उहाँ आज सोमबार सेन्टरमा भर्ना ह...