Saturday, May 18
Shadow

सफल मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई माेदीको शुभकामना


  • -इ
  • इ+

काठमाण्डौ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौलाको सफल प्रत्यारोपणको लागि शुभकामना दिनुभएको छ ।

ट्विटरमार्फत् सोमबार बिहान शुभकामना दिनुहँदै भारतीय प्रधानमन्त्री मोदीले प्रत्यारोपणपछि चाँडो स्वास्थ्य लाभ गर्न पनि प्रधानमन्त्री ओलीलाई शुभकामना दिनुभएको हो ।

भगवान पशुपतिनाथले तपाईंलाई राम्रो स्वास्थ्य, सुखी र धेरै लामो जीवन प्रदान गरोस् भन्ने शुभेच्छा पनि मोदीले आफ्ना नेपाली समकक्षीका लागि प्रकट गर्नुभएको छ ।

भारतीय प्रधानमन्त्रीले आउँदा दिनमा भारत-नेपाल सम्बन्धलाई नयाँ उचाइमा लैजान ओलीले निरन्तर योगदान गरेको हेर्न चाहेको समेत ट्विटरमा उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण आउँदो बुधबार महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक सेन्टरमा हुने तय भएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि उहाँ आज सोमबार सेन्टरमा भर्ना हुनु हुने छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्