Friday, May 17
Shadow

नेपालमा भेटियाे ‘मंकीपक्स’ टेकुमा उपचार हुँदै


  • -इ
  • इ+

काठमाडौं । नेपालमा पनि ‘मंकीपक्स’ भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी फेला परेका छन् ।

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक युवकमा मंकीपक्सको संक्रमणसग मिल्दोजुल्दो लक्षण दिएको हो ।

दुबईबाट नहालै नेपाल आएका ती युवकलाई टेकु अस्पतलमै भर्ना गरेर उपचार गइरहेको उपचारमा संलग्न एक चिकित्सकले  बताए ।

अस्पतालको स्रोतका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले दुबईबाट नेपाल आउँदा उनमा ‘मंकीपक्स’ भाइरस संक्रमणको आशंका गरेर टेकु पठाएको थियो ।

के–के हुन् मंकीपक्सका लक्षण ?

मंकीपक्सको संक्रमणको लक्षण ५ देखि २१ दिनसम्ममा देखिने गर्दछ। सुरुको अवस्थामा यसको लाक्षण अन्य संक्रामक रोगहरुसँग मिल्दो जुल्दो देखिन्छ। ज्वरो आउनु, टाउको दुख्नु र जिउ दुख्नु, ढाड दुख्नु, मांशपेशी दुख्नु, शरीर कमजोर हुनु यसका यसका प्रारम्भिक लक्षण हुन।

यी लक्षणहरु देखिएको १ देखि ३ दिनमा अनुहारमा बिबिरा देखिन थाल्छन। यो विस्तारै शरीरका अन्य हिस्सामा फैलिन्छन। यी बिबिरा पानी फोका बन्छ अनि फुट्दै, सुक्दै जान्छन्। यस्ता डाबर निकै चिलाउने खालका हुन्छन्। डाबर फुटेर सुक्दै गएपछि विस्तारै उप्किएर जान्छ। यस्ता घाउहरु १४ देखि २८ दिनमा आफैँ निको हुने हुन्छन्।

कसरी सर्छ मंकीपक्स ?

मंकीपक्स बादर, मुसालगायत जनावरबाट मानिसमा सर्दछन्। मंकीपक्स भाइरसको संक्रमण संक्रमित जनावरको शरीरबाट निकल्ने तरल पदार्थ अथवा रगतबाट सर्न सक्ने बताइएको छ।

मानिसबाट मानिसमा चाहिँ थुकको छिटा, फुटेको छाला वा नाक, मुख, आँखामा भाइरस परे सर्न र संक्रमण हुन सक्छ। भाइरस भएको कपडाबाट पनि सर्न सक्ने बताइएको छ। यो रोग शारीरिक सम्पर्कबाट पनि सर्न सक्ने प्रारम्भिक अनुसन्धानम उल्लेख छ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्