Thursday, May 2
Shadow

स्वास्थ्य

नेपालमा भेटियाे ‘मंकीपक्स’ टेकुमा उपचार हुँदै

नेपालमा भेटियाे ‘मंकीपक्स’ टेकुमा उपचार हुँदै

mainnews, स्वास्थ्य
काठमाडौं । नेपालमा पनि ‘मंकीपक्स’ भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी फेला परेका छन् । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक युवकमा मंकीपक्सको संक्रमणसग मिल्दोजुल्दो लक्षण दिएको हो । दुबईबाट नहालै नेपाल आएका ती युवकलाई टेकु अस्पतलमै भर्ना गरेर उपचार गइरहेको उपचारमा संलग्न एक चिकित्सकले  बताए । अस्पतालको स्रोतका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले दुबईबाट नेपाल आउँदा उनमा ‘मंकीपक्स’ भाइरस संक्रमणको आशंका गरेर टेकु पठाएको थियो । के–के हुन् मंकीपक्सका लक्षण ? मंकीपक्सको संक्रमणको लक्षण ५ देखि २१ दिनसम्ममा देखिने गर्दछ। सुरुको अवस्थामा यसको लाक्षण अन्य संक्रामक रोगहरुसँग मिल्दो जुल्दो देखिन्छ। ज्वरो आउनु, टाउको दुख्नु र जिउ दुख्नु, ढाड दुख्नु, मांशपेशी दुख्नु, शरीर कमजोर हुनु यसका यसका प्रारम्भिक ल...
सिभिल हस्पिटलमा माओवादी निकट स्वास्थ्यकर्मीहरु संगठित

सिभिल हस्पिटलमा माओवादी निकट स्वास्थ्यकर्मीहरु संगठित

mainnews, स्वास्थ्य
काठमाडौं। नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठन अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघले नेपाल निजामती कर्मचारी अस्पतालको १३ जनाको तदर्थ इकाई कमिटी गठन गरेको छ । कमिटीको अध्यक्षमा दिनेश पन्त, उपाध्यक्षमा सन्दिप तिवारी, सचिवमा तिलक खड्का, सहसचिवमा कमला शर्मा, कोषाध्यक्षमा हेमराज अधिकारी(मनिष), सहकोषाध्यक्षमा सुवास न्यौपाने चयन भएका छन् । यस्तै सदस्यहरुमा रमेश विक, मनिता शर्मा, एसिना आरसी, जानुका रिजाल, हेमराज भण्डारी, सकुन्तला बन्जाडे र ज्याङ्गबु शेर्पा चयन भएका छन् भने कमिटीको सल्लाहकारमा प्रदिप शर्मा चयन भएका छन् । पार्टीका केन्द्रिय सदस्य, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख तथा स्वास्थ्यसम्बन्धी सम्पूर्ण संगठनका इन्चार्ज कल्पना धमलाको प्रमुख आतिथ्यता र दिनेश पन्तको अध्यक्षतामा कमिटी गठन गरिएको थियो ।  ...
प्राकृतिक उपचार : चिकित्सा विज्ञान र जीवन दर्शन

प्राकृतिक उपचार : चिकित्सा विज्ञान र जीवन दर्शन

विचार/ब्लग, स्वास्थ्य
प्राकृतिक चिकित्सा भनेको उपचार पद्धति भन्दा पनि जीवनशैली हो वा जीवन जिउने कला हो । खानपानमा सुधार, नियमित व्यायाम, शरिरमा आवश्यक आराम, सुत्ने, उठ्ने र काम गर्ने तरिकामा सुधारका साथै तनावको सही व्यवस्थापन गर्ने हो भने हामी ९०% रोगबाट बच्न सक्छौं । साथै प्राकृतिक चिकित्सालयमा कुनैपनि पाश्र्व प्रभाव (Side effect) आउन सक्ने प्रकारको औषधिहरुको प्रयोग नभई केबल प्रकृति प्रदत्त शक्तिहरुको उपयोग गरेर उपचार गरिन्छ । जस्तैः माटो, पानी, सूर्यको किरण, हावा, आकाश । यी तत्वहरुलाई आवश्यकता हेरेर विभिन्न रुपमा रोगीसँग जोडेर उपचार दिने काम चिकित्सकको हो भने रोगलाई ठिक गर्ने काम यिनै पञ्च तत्वमा रहेको महान शक्तिको हो । प्राकृतिक चिकित्सकले एउटा चिकित्सकको भूमिका भन्दा पनि जीवनशैली सिकाउने शिक्षकको भूमिका निर्वाह गरेका हुन्छन् । औषधिको प्रयोगः प्राकृतिक चिकित्सालाई औषधि बिहिन चिकित्सा पद्धति मान्न पनि भनिन...
सबै परीक्षा स्थगन गर्न सिफारिस

सबै परीक्षा स्थगन गर्न सिफारिस

स्वास्थ्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढ्दो कोरोना संक्रमणलाई दृष्टिगत गरी निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाको जोखिम फेरि उच्च हुँदै गएकाले सबै किसिमका परिक्षण स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरिएको जानकारी दिएका छन् ।...
जो पनि डाक्टर !

जो पनि डाक्टर !

स्वास्थ्य
काठमाडौं । चितवनको राप्ती नगरपालिका–१२ स्थित यौरालीटारमा लोथर स्वास्थ्य चौकी छ। बिरामी त्यति नजाने भएकाले सुनसान प्रायः हुन्छ। तर, त्यही स्वास्थ्य चौकीबाट सय मिटर दूरीमा रहेको मेडिकलमा जँचाउन पालो पर्खिनुपर्छ। मेडिकलमा बिहीबार पनि एक जना व्यक्ति स्टेस्थोस्कोप लिएर बिरामी जाँचिरहेका थिए। उनी भनिरहेका थिए– ‘छाती हल्का खराब छ, यो एन्टिबायोटिक हो। यहाँसम्म पानी हालेर हल्लाएर खुवाउनु ठीक हुन्छ।’ बिरामीका आफन्त उनलाई ‘डाक्टर’ ठानिरहेका थिए। तर, उनी त स्वास्थ्य चौकीकै कार्यालय सहायक कृष्णबहादुर तामाङ पो रहेछन्। बिरामी र उनीहरूका आफन्त कार्यालय सहायक तामाङलाई डाक्टर ठानेर आफ्ना स्वास्थ्य समस्या सुनाइरहेका थिए। तामाङ सेवाग्राहीका कुरा सुन्थे अनि बिरामी जाँच्थे। तामाङले बिरामी जाँच्ने मात्रै होइन, औषधि पनि दिने रहेछन्। यसबारे उनले भने, ‘पढाइ त ८ कक्षा हो। मैले २०५१ सालदेखि स्वास्थ्य चौकीमा काम...
थप २ हजार बढीमा संक्रमण पुष्टि

थप २ हजार बढीमा संक्रमण पुष्टि

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशमा २२३७ जना संक्रमित थपिएका छन् । १३ हजार ८३४ नमुना परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । तेस्तै यही अबधिमा २०५० जना संक्रमित निको भएका छन भने कोरोना संक्रमणका कारण १८ जनाले ज्यान गुमाएका छन । हालसम्म ६ लाख ४३ हजार ६१५ जना संक्रमणमुक्त भएका छन् भने कुल मृतकको संख्या ९ हजार ७१३ पुगेको छ ।...
स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

स्वास्थ्य
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् । आइतबार प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेकी हुन् । “सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८/३/२९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्माननीय प्रधानमन्त्रीज्यूसँगै रहने गरी माननीय श्री उमेश श्रेष्ठज्यूलाई राज्यमन्त्री पदमा नियुक्त गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको छ,” राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ ।...
शनिबार थप ३ हजार बढीमा संक्रमण पुष्टि

शनिबार थप ३ हजार बढीमा संक्रमण पुष्टि

स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा २१९७ संक्रमित निको भएका छन् । शनिबार कोरोनाबाट मृत्यु हुनेको संख्या १६ रहेको छ ।...
देशभर २ हजार बढी संक्रमित थपिए

देशभर २ हजार बढी संक्रमित थपिए

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९७७ जना कोरोना संक्रमित थपिएका छन्। शुक्रबार १३ हजार ६९८ नमूना पिसिआर परीक्षण गर्दा १ हजार ९८२ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ३ हजार ६१० गर्दा ९९५ मा संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६७८ जना कोरोनाबाट मुक्त भएका छन्। यस्तै शुक्रबार थप १८ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।...
कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी

कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी

स्वास्थ्य
काठमाडौं । सरकारले कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा हेलचेक्र्याइँ नगर्न आग्रहसमेत गरेको छ । निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्य मापदण्ड कार्यान्वयनमा आउन नसकिरहेको अवस्थामा मन्त्रालयले सो आग्रह गरेको हो । अहिले पनि नागरिकहरू भौतिक दूरी कायम नै नगरी आवतजावत गरिरहेका छन् । यस्तै, सभा सम्मेलनसमेत सुरु हुन थालेका छन् । विगत एक सातायता संक्रमित हुने दर बढ्दो क्रममा रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकासहित धेरै जिल्लामा पछिल्लो समय संक्रमण बढ्दै गएको छ । काठमाडौंसहित ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, झापा, चितवन, कास्की, रूपन्देही र कैलाली जिल्लामा कोरोना भाइरसका संक्रमितको संख्या ५ सयभन्दा बढी पुगेको छ । यस्तै, २ सयभन्दा...
देशभर दुई हजार बढीमा संक्रमण पुष्टि

देशभर दुई हजार बढीमा संक्रमण पुष्टि

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुई हजार बढीमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७१४ जनामा संक्रमण पुष्टि भएको हो । बिहिबार देशभर १२८८ जना कोरोना भाइरसको संक्रमणबाट निको भएका छन् भने २४ जनाको मृत्यु भएको हो ।
मंगलबार ३ हजार बढीमा संक्रमण पुष्टि

मंगलबार ३ हजार बढीमा संक्रमण पुष्टि

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार धेरै संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३ हजार १सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार मंगलबार १३ हजार ३ सय ३५ जनाको परिक्षणमा ३१०८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । मंगलबार १५९५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको छन् । यस्तै पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ठाँउमा भाइरसको संक्रमणबाट २५ जनाले ज्यान गुमाएके मन्त्रालयले जनाएको छ ।...
३ लाख डोज खोप कता हरायो

३ लाख डोज खोप कता हरायो

स्वास्थ्य
काठमाडौं । नेपालमा भित्रिएको कोभिसिल्ड खोपको लगभग ३ लाख डोज कहाँ प्रयोग भयो भन्ने तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन। नेपाललाई प्राप्त कुल कोभिसिल्ड डोज र हालसम्म प्रयोग भएको उक्त खोपको संख्याबीचको फरक हेर्दा यस्तो देखिएको हो। स्वास्थ्य मन्त्रालयका सम्बन्धित अधिकारीले जिल्लाजिल्लाबाट खोप प्रयोगको तथ्यांक नआउँदा समस्या भएको दाबी गरे पनि यति ठूलो मात्रामा खोपको हिसाबकिताब नहुँदा अनियमितताको आशंका उब्जेको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म कोभिसिल्डको पहिलो डोज १८ लाख २८ हजार ४८४ जनाले लगाएका छन्। खोपको दुवै डोज लगाउनेको संख्या ४ लाख ६० हजार ७३४ छ। पहिलो र दुवै डोज लगाएकाको संख्या जोड्दा २२ लाख ८९ हजार २१८ डोज खोप प्रयोग भएको देखिन्छ। भारतीय सेनाले नेपाली सेनालाई उपलब्ध गराएको १ लाख डोजको हिसाब नगर्दा पनि नेपालले भारत सरकारबाट अनुदानमा १० लाख, सेरम इन्स्टिच्युटसँग खरिद गरेको...
आज साउन ५ गते मंगलबार, कस्तो बित्नेछ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल

आज साउन ५ गते मंगलबार, कस्तो बित्नेछ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल

रोचक विश्व, स्वास्थ्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। अवसरका लागि केही त्याग गर्नुपर्ला। समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। पहिलेका कमजोरीमा क्रमशस् सुधार आउनेछ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) माहोल रमाइलो रहनेछ। अतिथिका रूपमा सम्मान प्राप्त होला। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। केही उपहारसमेत पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मानसम्मान प्राप्त हुनुका साथै सम्मानित कामको यश लिने अवसर छ। रमाइलो व्यावसायिक यात्रा हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्ने...
सोमबार थप २ हजार बढीमा संक्रमण पुष्टि

सोमबार थप २ हजार बढीमा संक्रमण पुष्टि

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४४५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ११ हजार ६६४ जनाको परिक्षणमा २४४५ जनामा संक्रमण पुष्टि भएको हो । सोमबार १२५८ जना कोरोना भाइरसको संक्रमणबाट निको भएका छन् भने ३२ जनाले भाइरको संक्रमणबाट ज्यान गुमाएको छ ।...
देशभर १८०१ जनामा संक्रमण पुष्टि

देशभर १८०१ जनामा संक्रमण पुष्टि

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८०१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९६२८ जनाको परिक्षणमा १८०१ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६६७ जना कोरोना भाइरसको संक्रमणबाट निको भएका छन् भने २३ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।...