Friday, May 17
Shadow

सिभिल हस्पिटलमा माओवादी निकट स्वास्थ्यकर्मीहरु संगठित


  • -इ
  • इ+

काठमाडौं। नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठन अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघले नेपाल निजामती कर्मचारी अस्पतालको १३ जनाको तदर्थ इकाई कमिटी गठन गरेको छ ।

कमिटीको अध्यक्षमा दिनेश पन्त, उपाध्यक्षमा सन्दिप तिवारी, सचिवमा तिलक खड्का, सहसचिवमा कमला शर्मा, कोषाध्यक्षमा हेमराज अधिकारी(मनिष), सहकोषाध्यक्षमा सुवास न्यौपाने चयन भएका छन् ।

यस्तै सदस्यहरुमा रमेश विक, मनिता शर्मा, एसिना आरसी, जानुका रिजाल, हेमराज भण्डारी, सकुन्तला बन्जाडे र ज्याङ्गबु शेर्पा चयन भएका छन् भने कमिटीको सल्लाहकारमा प्रदिप शर्मा चयन भएका छन् ।
पार्टीका केन्द्रिय सदस्य, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख तथा स्वास्थ्यसम्बन्धी सम्पूर्ण संगठनका इन्चार्ज कल्पना धमलाको प्रमुख आतिथ्यता र दिनेश पन्तको अध्यक्षतामा कमिटी गठन गरिएको थियो ।

 

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्