Saturday, May 4
Shadow

साम्राज्ञीविरुद्ध जिल्ला अदालत पुगे भुवन केसी


  • -इ
  • इ+

अभिनेता तथा निर्माता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका छन् ।

साम्राज्ञीले गालीगलौज तथा मानहानि गरेको भन्दै भुवनले शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा हालेकाे जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिएका छन् ।

केही समयदेखि अभिनेता तथा निर्माता केसी र अभिनेत्री शाहबीचको विवादले नेपाली चलचित्र बजार तताएको छ । साम्राज्ञीले आफूलाई केही चलचित्रका निर्माताले शोषण गरेको अभिव्यक्ति दिएपछि विवाद सुरु भएको थियो ।

विवादमा एक-अर्काले उत्तर-प्रत्युत्तर गर्दागर्दै विवाद उत्कर्षमा पुगेको हाे । अहिले दुवै जना शान्त देखिए पनि यस विषयमा विभन्न व्यक्तिहरूले आफ्नो धारणा राखिरहेका छन् ।

अभिनेता केसीले आफ्नो मानहानि गरेको भन्दै साम्राज्ञीविरुद्ध कलाकार संघमा उजुरी दिएका थिए । उक्त उजुरीमा अबको दिनमा पनि गलत आरोप लगाएर बेइज्जत गरेको खण्डमा कानुनी उपचार खोज्ने उल्लेख गरिएको थियो ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्