Saturday, May 4
Shadow

भारतले मिचेको भूमि फिर्ता ल्याउन खोज्दा केहीले पार्टी फुटाए : ओली


  • -इ
  • इ+

काठमाडौं : पुष ९, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढालेर पार्टी फुटाउन खोजेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको बताएका छन् ।

बिहीबार बालुवाटारमा आफ्नो समूहको केन्द्रीय समितिको बैठकमा उनले छिमेकीले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता माग्दा भारतसँग सम्बन्ध बिगारेको आरोप लगाउनेहरुले सरकार ढालेर पार्टी फुटाउन खोजेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको बताए ।

ओलीले आफूसँग मिल्न आए ठाउँँ खाली राखिएको र कसैलाई नहटाइएको बताए । त्यस्तै उनले संसद पुर्नस्थापना गर्ने कुनै बहाना नरहेको र बहुमत प्राप्त सरकारले गरेको संसद बिघटन पुर्नस्थापना हुने सम्भावना नरहेको धारणा पनि राखे । प्रधानमन्त्री ओलीले अब आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्ने पनि बताए ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्