Friday, May 17
Shadow

भिरबाट लडेर राउटेकाे ज्यान गयाे


  • -इ
  • इ+

सुर्खेत, मंसिर १०- सुर्खेतमा भीरबाट खसेर एक जना राउटे युवकको मृत्यु भएको छ ।

चिङ्गाड गाउँपालिका–२ स्थित ढाँडखेत नजिकको भिरबाट लडेर १९ वर्षीय राउटे युवा टेक शाहीको मृत्यु भएको हो ।

उनी गत ८ गते भिरबाट खसेको र सोही राति मृत्यु भएको हो प्रहरीले जनाएको छ । तर उनको मृत्यु भएको खबर भने प्रहरीमा ढिला पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

नेपालमा फिरन्ते जीवन बिताउँदै आएको एकमात्र राउटे समुदायमा १४५ जना सदस्य थिए । ती युवाको मृत्यु भएपछि अब समुदायमा १४४ सदस्य छन् ।

हाल उनीहरू चिङ्गाड गाउँपालिकास्थित ढाँडखेतमा बस्दै आएका छन् ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्