Friday, May 17
Shadow

कालिकाेटकाे जिते वजार उच्च जोखिममा


  • -इ
  • इ+

कालीकोट- लगातारको परेको पानीले कर्णाली नदी र तिलाकर्णाली नदी दुवैमा पानीको सतह वढेको छ । दुवै नदीमा पानीको सतह वढेपछि कर्णाली उर्लिएको छ । कर्णाली र तिलाकर्णालीको दोभान जितेमा दुवै तर्फको पानीको वहाफ उच्च भएपछि हिउदमा खाली रहेको जमिन समेत पुरिएको छ ।

दुवै तर्फवाट वग्ने दुई नदीमा पानीको वहाफ वढेपछि पुरै वगर जलमङन भएको छ । जिते वजारको छेउ सम्म पानी पुगेको छ । पानीको श्रोत स्थीर हुदा दुवै तर्फ खोला जस्तै देखिन नदी आजभोली एकैनासका भएका छन । पानीको सतह पहिलेका वर्ष भन्दा निकै माथि आएको स्थानीय ब्यापारीले वताएका छन ।

उद्योग वाणिज्य संघका पुर्व उपाध्याक्ष डिलवहादुर शाहीले यो वर्ष दुवै नदी ९कर्णाली र तिला० मा पानी निकै वढेको वताउनुभयो । उहाँले आफु जितेवजारमा ब्यपार गर्न लागेको १६ वर्ष भएको र सबै भन्दा वढी पानीको वहाफ यो वर्ष देखेको वताउनुभयो । गत वर्ष सबै भन्दा ठुलो आयो वाढी भनेका थियौ । तर यो वर्ष झन वढी आएको र गत वर्ष भन्दा अझै माथि वजारको छेउ सम्म पानीको सतह आएको वताउनुभयो ।
जिते वजार दुवै नदी कर्णाली र तिलाको मिलन विन्दु हो । जुम्ला हुदै आउने तिला नदी र हुम्ला र चिनको सिमा क्षेत्र हिल्सावाट वग्ने कर्णाली नदीको मिलन कालीकोटको खाँडाचक्र नगरपालिका र नरहरीनाथ गाउँपालिकाको सिमा क्षेत्र जितेवजारमा हुने गरेको छ । पुरानो संरचना अनुसार साविकको भर्ता, मान्म र कोटवाडा गाविसको त्रिपक्षिय त्रिवेणीका रुपमा जिते वजारलाई लिने गरेको थियो । तर पछिल्लो जितेमा ब्यापार भने घटेको छ । नदीमा वढिरहेको पानीको वहाफ र सिरानमा रहेको चट्टान फुट्ने त्रास नागरिकमा वढेपछि पहिलेको भन्दा पातलीएको हो ।
उसो त जिल्ला प्रशासन कार्यालय कालीकोटले जिते वजार हटाउन धेरै पटक पत्राचार गरेको थियो । दैविक प्रकोपको खतरा भएको भन्दै खाली गर्न प्रशासनको ताखेता ब्यापारीले नसुन्दा आज सम्म वजार स्थापित छ । अव भने पानीको वहाफ प्रत्येक वर्ष वढ्न थालेका ब्यापारी आफै पनि सचेत हुन थालेका छन । रास्कोट ९ का जगदिश वरालले ब्यापार पनि खासै हुन छोडेको र दुवै तर्फको त्रास तलवाट वाढी र माथि वाट पहिरोको अति जोखिम भएकाले ब्यापारीहरु त्रसित हुदा ठाउँ खाली हुन थालेको वताउनुभयो ।

सबै कुराले ब्यापारीलाई अन्यत्र जान भनेको छ । ब्यापार पनि खासै हुन छोडेको छ । कर्णाली करिडोर वनेका कारणले होलसेल ब्यापारीहरु र केही अन्य ब्यापारी मात्र जितेमा वसेका छन भने अरु सबै अन्यत्र गईसकेका छन । मुख्य कारण ब्यापार नै भएको वरालको भनाई छ । पहिला राम्रो ब्यापार हुदा प्रशासनको आदेशलाई समेत अटेर गरेका ब्यापारी आजभोली आफै बिस्तापित हुनुमा ब्यापारमा कमि भएको मान्ने गरिएको छ ।

अर्को कुरा कर्णाली र तिलानदीमा पानीको वहाफ वढ्नुलाई पनि कारण मान्न सकिने उहाँको भनाई छ । यता जिल्ला प्रशासन कार्यालय कालीकोटले भने मानसिक रुपमा आएको परिवर्तन नै वजार छोट्नुको कारण भनिरहेको छ । जव नागरिकले यो क्षेत्र जोखिम हो भनेर वुज्दै गए तव वजार पनि छोड्दै गएका हुन । पानीको श्रोत भने दिन प्रतिदिन वढिरहेको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्