Monday, July 22
Shadow

ओली समूहले प्रचण्डलाई गर्यो कारबाही


  • -इ
  • इ+
९ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले पुष्पकमल दाहाल प्रचण्डबाट कार्यकारी अधिकार खोस्ने निर्णय गरेको छ । बालुवाटारमा बसेको विहीबारको बैठकले प्रचण्डको कार्यकारी अधिकार खोस्ने निर्णय गरेको हो ।

तर, प्रचण्डलाई अध्यक्षबाट भने हटाइएको छैन । यसअघि नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय भएको थियो । श्रेष्ठलाई पनि पार्टीबाट हटाइएको छैन । यो समूहले पार्टी विभाजनपछि रिक्त स्थानहरुको पूर्णता दिने काम पनि सुरु गरेको छ ।

बिहीबारकै बैठकले प्रचण्ड र माधव समूहमा लागेका प्रदेश इन्चार्जहरु हटाएको छ । प्रदेश १ को इन्चार्जबाट भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिइएको छ । प्रदेश २ मा सत्यनारायण मण्डल यथावत छन् ।

बागमती प्रदेश इन्चार्जबाट अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेल, कर्णाली प्रदेश इन्चार्जबाट जनार्दन शर्मालाई हटाएर मणि थापा र सुदुरपश्चिम प्रदेशबाट भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ । गण्डकी प्रदेश इन्चार्जमा पृथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेश इन्चार्जमा शंकर पोखरेल यथावत छन् ।

प्रचण्ड छोडेर ओलीतिर लागेका टोपबहादुर रायमाझीलाई जनसंगठन इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्