Saturday, May 4
Shadow

फिर्ता भएको विधेयकमाथि संसदीय समितिमा छलफल हुने


  • -इ
  • इ+

काठमाडौ । राष्ट्रियसभाको बैठकले नेपाल नागरिकता ऐन पहिलो संसोधन विधेयक संसदीय समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ । आइतबार बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेको राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता सम्बन्धी विधेयक संसदीय समितिमा छलफलका लागि पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो

काठमाडौ । राष्ट्रियसभाको बैठकले नेपाल नागरिकता ऐन पहिलो संसोधन विधेयक संसदीय समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ । आइतबार बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेको राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता सम्बन्धी विधेयक संसदीय समितिमा छलफलका लागि पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

विधेयक पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने मन्त्री खाणको  प्रस्ताव स्वीकृत भएको हो । संघीय संसदको दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष विधेयक पठाइएकोमा गत साउन २९ गते प्रमाणीकरण नगरी राष्ट्रपति भण्डारीले सो विधेयक फिर्ता पठाएकी थिइन् ।

गत भदौ २ गते बसेको प्रतिनिधिसभाको बैठकले फेरि सो विधेयक हुबहु पारित गरेको थियो । अब यो विधेयकमाथि राष्ट्रियसभा अन्तरगत रहेको संसदीय समितिमा छलफलको प्रक्रिया अघि बढ्नेछ । राष्ट्रियसभाको बैठक भदौ १६ गतेसम्मका लागि स्थगित भएको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्