Saturday, May 4
Shadow

कोपा अमेरिका : ब्राजिल फाइनलमा प्रवेश


  • -इ
  • इ+

काठमाडौं । पेरुलाई १–० ले स्तब्ध पार्दै ब्राजिल जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार बिहान ब्राजिलको ओलम्पिक मैदानमा सम्पन्न खेलमा लुकास पाक्वेलाले खेलको ३५ औं मिनेट गोल नै निर्णायक बन्यो । उनले स्टार खेलाडी नेयमारको पासमा गोल गरेका थिए ।

रोमाञ्चक खेलमा ब्राजिलले पेरुको पोस्टमा १५ सुट प्रहार गरेको थियो । जसमा टार्गेट अन सुट ८ वटा थियो । यस्तै पेरुले ब्राजिलको पोस्टमा ७ प्रहार गरेपछि २ वटा मात्रै टार्गेट थियो ।

३ वटा पहेँलो कार्ड प्रयोग गरिएको खेलमा ब्राजिलको बल पोजिसन ६४ प्रतिशत र पेरुको ४४ प्रतिशत रहेको थियो ।

अब फाइनलमा ब्राजिलले जुलाई ११ मा अर्जेन्टिना वा कोलम्बियामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिना र कोलम्बिया सेमिफाइनलमा भोलि भिड्दैछन् । जसमा विजयी हुने टोलीको फाइनलमा ब्राजिलसँग भेट भएको हो ।

 

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्