Saturday, May 4
Shadow

यी राष्ट्रपतिले फर्काएका थिए हार मानिसकेका मेसीलाई मैदान


  • -इ
  • इ+

काठमाडौं । २०१४ को विश्वकप फाइनलमा अर्जेन्टिना जर्मनीसँग अतिरिक्त समयमा पराजित भयो । २०१५ को कोपा अमेरिकामा चिलीले अर्जेन्टिनालाई टाइब्रेकरमा हरायो ।

२०१६ को कोपा अमेरिका फाइनलमा फेरि अर्जेन्टिना हा७थभलसयो । यसपटक पनि चिलीसँग हा७थभलसयो । यसपटक पनि टाइब्रेकरमै हा७थभलसयो । आजित भएर मेसीले अन्तर्राष्ट्रिय फुटबलबाटै सन्यास घोषणा गरेका थिए । मेसीका कतिपय आलोचकहरुले ‘ठिक्क भयो’ भनेजस्तो प्रतिक्रिया पनि दिएका थिए । तर उनका धेरै समर्थकहरुका लागि यो निर्णय धक्का थियो ।

यस घटनापछि मेसीलाई फेरि मैदान फर्काउने श्रेय अर्जेन्टिनाका तत्कालीन राष्ट्रपति माउरिसियो म्याक्रीलाई पनि जान्छ । ‘फुटबललाई माया गरिने हाम्रोजस्तो देशले विश्वका उत्कृष्ट खेलाडीलाई भगवान्कै उपहारका रुपमा पाएको हो । हामी भाग्यमानी छौं, यो हाम्रो जीवनको एउटा ठूलो खुसी हो । लियोनल मेसी अर्जेन्टिनाका बहुमुल्य कुरा हुन् र हामीले उनको हेरचाह गर्नैपर्छ,’ म्याक्रीले भनेका थिए ।

राष्ट्रपति कार्यालयले नै सन्यास फिर्ताका लागि पुनर्विचार गर्न आग्रह गरेपछि मेसी फेरि खेलमा फर्किए । उनको कप्तानीमा अमेरिकाले आज २८ वर्षपछि कोपा अमेरिका जितेको छ ।

म्याक्री २०१५ देखि २०१९ सम्म अर्जेन्टिनाको राष्ट्रपति थिए । उनी त्यहाँको प्रमुख पार्टीमध्येको एक रिपब्लिकन प्रपोजलका अध्यक्ष हुन् । २००५ मा यो पार्टी स्थापना भएदेखि नै उनी अध्यक्ष पदमा छन् ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्