Saturday, May 4
Shadow

भारतीय क्रिकेटर सुरेश रैनाले ‘म बाहुन हुँ’ भनेपछि…


  • -इ
  • इ+

काठमाडौं । भारतकाका क्रिकेटर सुरेश रैनाले आफू ब्राह्मण भएकाले चेन्नईको संस्कृतिलाई अँगाल्ने बताएपछि सामाजिक सञ्जालमा उनको दोहोलो काढिएको छ ।

उत्तर प्रदेशका रैनाले तमिलनाडु प्रिमियर लीगको पाँचौं सीजनमा कमेन्ट्री दिने क्रममा उक्त भनाइ राखेका थिए ।

लाइका कोभाइ किंग्स र सालेम स्पार्टन्सबीच सोमवार भएको खेलमा एक कमेन्टेटरले रैनालाई दक्षिण भारतीय संस्कृति कसरी अपनाइरहनुभएको छ भनी सोधे ।

त्यसमा रैनाले उत्तर दिए, ‘म पनि ब्राह्मण हुँ । सन् २००४ देखि चेन्नईका लागि खेलिरहेको छु । म यहाँको संस्कृति मन पराउँछु । म मेरा साथी खेलाडीहरूलाई मन पराउँछु । चेन्नई सुपर किंग्सको खेलाडी हुनुमा मलाई गर्व छ । यहाँ थप खेल खेल्न पाउने अपेक्षा मैले राखेको छु ।’

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले चाहिँ रैनालाई ब्राह्मण शब्द किन प्रयोग गरेको भन्दै आलोचना गरिरहेका छन् ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्