च्याम्पियन्स लिगको फाइनल समिकरण पुरा, उपाधिका लागि बायर्न र पिएसजी भिड्ने
युरोपियन च्याम्पियन्स लिगको फाइनलमा जर्मन क्लब बायर्न म्युनिख र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) भिड्ने पक्का भएको छ।
पिएसजीले पहिलो सेमिफाइनलमा जर्मनीको आरबी लाइपजिगलाई र बायर्नले फ्रेन्च क्लब लियोनलाई हराउदै एक अर्का बिचको भेट पक्का गरेको हो।
बायर्न र पिएसजी बीचको फाइनल खेल अगष्ट २३ मा हुनेछ ।

