Sunday, May 5
Shadow

बिमल घर्तिमगर गम्भीर घाइते


  • -इ
  • इ+

काठमाडौं : पौष ६, नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड बिमल घर्तिमगर गम्भीर घाइते भएका छन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका क्रममा उनी गम्भिर घाइते भएका हुन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा चलिरहेको बन्द प्रशिक्षणमा उनको घुँडामा चोट लागेको हो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईका अनुसार बिमलको ‘लिगामेन्ट’ च्यातिएको छ । उनको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् । शल्यक्रियापछि मात्र खेलबाट के कति समय वञ्चित हुनुपर्ने हो थाहा हुने प्रवक्ता राईले बताउका छन् ।
यसअघि विश्वकप छनोटको क्रममा बिमल तीन महिना अनुशासनको कारबाहीमा परेका थिए। लामो समयको पर्खाइपछि बन्द प्रशिक्षणमा फर्किएका बिमल पछिल्लो मछिन्द्र क्लबमा आबद्ध छन् ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्