Friday, May 3
Shadow

प्रदेश २: नेकपाले गरेको प्रस्ताव जानकी प्रदेश अस्वीकृत


  • -इ
  • इ+

काठमाडौ । प्रदेश २ को नामकरणका लागि मंगलबार भएको जानकी प्रदेशको पक्षमा ३७ मत  खसेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रस्ताव गरेको जानकी प्रदेशका लागि भएको मतदानमा ३७ मत परेको प्रदेश–२ सभा सचिवालयले जनाएको छ । योसँगै प्रदेश २ मा नेकपाले प्रस्ताव गरेको जानकी प्रदेश अस्वीकृत भएको छ ।

१०७ जना प्रदेश सभा सदस्य रहेकोमा जानकी प्रदेशमा ३७ मत र विपक्षमा ७० मत खसेको हाे ।प्रदेश २ मा नेकपाका ३२ सांसद छन् । नेकपाका ३२ बाहेक ५ मत नेकपाको पक्षमा परेका छन् । तर ती मत कुन पार्टीका सांसदले दिए भन्ने खुलेको छैन । अब दोस्रो चरणमा काँग्रेसले प्रस्ताव गरेको मिथिला प्रदेशका लागि मतदान हुनेछ ।

प्रदेशको नामाकरण गर्नका लागि दुई तिहाई मत चाहिन्छ अर्थात ७२ मत भएपछि मात्र प्रदेश २ को नाम  पारित हुन्छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्