Thursday, May 2
Shadow

काेराेनाले समाजवाद र पुजिवाद छुट्यायाे ।


  • -इ
  • इ+

ओम प्रकाश पुन  

समाजवाद र पुजिवाद जनताको जिवनस्तरमा अभिव्यक्त हुने राजनीतिक व्यवस्था हाे । सरल र सहज अवस्थामा जनताले यसलाई बुझ्न नसकेता पनि बिशिस्ट संकटको अवस्थामा यसलाई जनताले राम्रोसँग बुझ्ने माैका पाउछन् । अहिले काेराेना भाइरस ( काेभिड-19 ) ले बिश्व व्यवस्थाकाे पहिचान र सामर्थ्य जनता सामु राम्रोसँग चिनाइदिएकाे छ । शुरुमा याे भाइरस चीनबाट पहिचान भयो र अहिले यसले बिश्वब्यापी आतंक मच्चाएको छ । चीनबाट प्रचारमा आएतापनि कुन देशबाट याे शुरुवात र बिस्तार भएको हाे भन्ने कुरामा श्वास्थ्य बिज्ञानकाे क्षेत्रमा बिवाद नै छ । कसैले याे अमेरिकाबाट नै शुरुआत भएको हाे भन्ने मत पनि जाहेर गरेका छन् । याे जेसुकै भएतापनि यसको पहिलो पहिचान चीनबाट नै भएकोले यसको पहिलो प्रभाव, समस्या र चुनाैती चीनले नै व्यहोर्नुपरेको छ । चीन पछि अहिले याे राेगकाे प्रकाेप करिब १८० देशभन्दा बढीमा परेको भन्ने समाचार छ । त्यसमा पनि सबैभन्दा भयावह अवस्था विश्वका पुजीवादी मुलुकहरूमा देखापरेको छ । प्रभावित हुने र मर्नेको संख्या दिन दिनै बढीरहेकाे छ । यशलाई नियन्त्रण गर्ने मामलामा चीन नै सबैभन्दा अग्रस्थानमा देखियो । माक्र्सवादी राजनीतिक शास्त्रका अनुसार चीनमा वास्तविक बैज्ञानिक समाजवाद नभएतापनि समकालीन विश्वमा सबैभन्दा राम्रो समाजवाद चीनमा भएकोले काेराेना जस्तो नयाँ राेगका बिरुद्ध सिङ्गो देश एकताबद्ध भएर विना कुनै व्यापारिक उद्देश्य नराखी त्यसको सामना गर्याे र विश्वलाई नै आश्वस्त पार्ने अभिभावक बन्यो । तर पुजीवादी देशका शासक र धनाढ्य व्यापारीहरु भने पुजीवादी बजार अर्थशास्त्रकाे सिद्धान्त अनुरुप यसलाई जनताको जीवन रक्षाकाे बिषय भन्दापनि व्यापारकाे बिषय बनाए । जसले गर्दा याे राेगले झन बिकराल रुप लिन पुग्यो । आवश्यक सर्तकताकाे अभावमा प्राचीन सभ्यताको देश इटालीले सबैभन्दा ठुलो बिपत्ति भाेग्नु परेकाे छ भने अमेरिकाका व्यापारीक पृष्ठभूमिका राष्ट्रपति डाेनाल्ड ट्रम्पले चीनिया भाइरस भनी जाेक गर्दै गर्दा त्यहाँका कैयौं प्रान्त यसबाट प्रभावित हुदै गएका छन् । अझ त्यसमा पनि नेपाल र भारत जस्ता दलाल पुजीवादी संसदीय व्यवस्था भएका देशहरुले झन यसलाई कालाेबजारी, कमिशन, भ्रष्टाचार, राजनीतिक प्रपाेगण्डा र लुटपाटकाे बिषय बनाएका छन् । यतिसम्म लाज मर्दाे अवस्था देखियो कि नेपालमा मास्कमा कालाेबजारी र भारतमा काेराेना भाइरसकाे दवाइ छर्ने बहाना बनाई जनताको घरमा लुटपाट गर्ने घृणित कार्य भए । अहिले नेपाली बजारमा मुल्य आकासिएकाे छ र कृतिमा अभाव सृजना गरिएको छ भने सिमानामा जनताहरुलाई देश प्रवेश गर्न नदिएर लाठीचार्ज गरिएको छ । संसदीय राजनीतिक दलका नेता कार्यकर्ताहरुले यसलाई कथित चुनावी प्रचारकाे मसला बनाउने खेलमा लागेका छन् । राज्यको निति निर्माणमा रहेका दलालहरु यसै माैकामा बिदेशी अनुदान र ऋण लिएर कमिशन खाने दाउमा लागेका छन । चीनले स्वास्थ्यकर्मी लगाएतकाे जनशक्ति बिश्वका अन्य प्रभावित देशहरुमा खटाइरहेकाे र जनताको जीवन रक्षामा रचनात्मक तरिका अपनाइरहेकाे बेलामा नेपाल र भारत लगाएतका दलाल पुजिवाद भएको मुलुकका देशमा प्रहरी परिचालन गरेर जनतालाई सास्ती दिएको र कुटपिटमा उत्रिएको लज्जास्पद दृश्य देखिएको छ । अझ नेपालमा त काेराेनाकाे महामारी बिरुद्ध देश एकताबद्ध हुनेवेला केपी ओलीको दलाल सरकारले कथित प्रतिबन्धकाे नाममा नेकपाका नेता कार्यकर्ता गिरफ्तार गर्ने क्रमलाई निरन्तरता दिईरहेकाे छ । सरकारको काम कार्वाहीमा जनताले सुरक्षा र राहतको महसुस गर्नु पर्नेमा झन असुरक्षित र त्रासको महसुस गरिरहेका छन् । पुजीवादी बजार अर्थशास्त्र वमाेजिम अहिले देशभरि महंगि र कालाेबजारी बढीरहेकाे छ । कथित जनप्रतिनिधि भनाउदाहरुले काेराेनाकाे नाममा धमाधम बजेट छुट्याउने र भ्रष्टाचार गर्ने खेलमा लागेका छन् । व्यापारिक उद्देश्यले खाेलेका पुजिपतिहरुका निजी अस्पतालहरुले काेराेनाकाे शंका लागेका बिरामीलाई उपचार गर्न मानिरहेका छैनन् । पुजीवादी अर्थशास्त्रले बस्तुकाे मूल्य बढ्नुमा श्रम र लागतको हैन कि मागको आधारमा मुल्य बढ्छ भन्ने ठग सिद्धान्त अघि सारेको हुन्छ । त्यहीँ सिद्धान्तमा टेकेर पुजीवादी बजारमा आज काेराेनाकाे कारण देखाई कृतिम अभाव देखाई मूल्य बढाइएको छ । यदि समाजवाद हुन्थ्यो भने बस्तुकाे मूल्य मागमा हैन श्रमकाे आधारमा निर्धारण हुनेथियो र बजारमा कालाे बजारी हुने थिएन । जनताले महंगी व्यहोर्नुपर्ने थिएन । किनकि बस्तुकाे मूल्य माग र अभावमा हैन श्रमका आधारमा निर्धारण हुनुपर्छ । आज चाहे सेवा सुबिधाकाे सवालमा हाेस, चाहे जनताको सुरक्षा र उपचारमा हाेस पुजीवादी देशहरु राजनीतिक लाेकप्रियताकाे निम्ति प्रचारवाजिमा लाग्नु बाहेक जनताको उपचार र सेवामा निकै उदासिन देखिएका छन् । किनकि पुजिवाद भनेको जनताको सेवा र सुबिधा भन्दा पनि नाफा र घाटाको हिसाबकिताबमा चल्ने राजनीतिक प्रणाली हाे । त्यतिमात्र नभएर काेराेनाका बिरुद्धमा लाग्ने सवालमा समाजवादी देशका जनतामा मानवीय भावना र एकता निकै उच्च देखियो भने पुजीवादी देशका जनतामा मानविय भावना र एकता निकै कम देखियो । चीन, उत्तर काेरिया लगाएत जहाँ जहाँ समाजवाद छ, त्यहाँ जनतामा काेराेनाकाे भयावह कम छ जहाँ पुजिवाद छ त्यहाँ काेराेनाकाे समस्या निकै भयावहपुर्ण छ । यसले के देखाउछ भने अब संसारमा समाजवाद जीवनशील र अपरिहार्य सावित भएको छ भने पुजिवाद पतनशील र अनावश्यक भैसकेको छ । विगतको मानव इतिहासलाई हेर्दा पनि ठुला ठुला प्राकृतिक प्रकाेप र महामारीहरुले मानव समाजको सभ्यता नै परिवर्तन गरेका छन् । अहिले पनि काेभिड १९ नामको काेराेना भाइरसले पुजिवादकाे असफलता र समाजवादकाे सफलता सावित गर्ने संभावना छ र पुजिवादकाे उच्चतम बिकृत रुप साम्राज्यवादकाे पतन नजिक ल्याएको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्