कुखुरामा रानीखेत रोगको प्रकोप

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष २७, २०७५
|
|
४२ पटक हेरिएको
Shares
कुखुरामा रानीखेत रोगको प्रकोप

सारांश

  • काठमाडौँ,२७ पुस ।
  • कुखुरामा देखिने ‘रानीखेत’ नामक रोगका कारण डोटीका एक कुखुरा व्यवसायीलाई लाखाँैको क्षति भएको छ ।
  • जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ पुन्नामा डिल्लीराज भट्टले सञ्चालन गर्दै आएको कुखुरा फार्ममा रहेका लेयर्स जातका ७०० कुखुरा रोगका कारण मरेका छन् ।

काठमाडौँ,२७ पुस । कुखुरामा देखिने ‘रानीखेत’ नामक रोगका कारण डोटीका एक कुखुरा व्यवसायीलाई लाखाँैको क्षति भएको छ ।जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ पुन्नामा डिल्लीराज भट्टले सञ्चालन गर्दै आएको कुखुरा फार्ममा रहेका लेयर्स जातका ७०० कुखुरा रोगका कारण मरेका छन् । रु १२ लाख खर्च गरी सञ्चालन गर्दै आउनुभएका भट्टको पोल्टी फार्ममा कुखुरामा प्रकोप देखिएको हो ।

कुखुरा झोक्राउने, टाउको घुमाउने, मुखबाट फिँज फाल्नेजस्ता लक्षण देखिएको भट्टले जानकारी दिनुभयो । यस्तो लक्षण देखिएको करीब दुई घण्टाभित्रै कुखुरा मर्ने गरेका छन् ।

अण्डा उत्पादन गर्नका लागि पालन गरिएको कुखुराले तीन महीना पहिलेदेखि मात्र अण्डा दिन थालेको थियो । करीब १८ महीनासम्म अण्डा दिने कुखुरा मरेपछि भट्ट चिन्तित बनेका छन् । एउटा खोरमा रहेका एक हजार कुखुरामध्ये करीब ३०० कुखुरा मात्र बाँकी रहेको भट्टले बताउनुभयो ।

रोगको आक्रमण भएपछि कुनै उपचार सम्भव नभएको पशु चिकित्सकले बताएका छन् । पुन्ना क्षेत्रमा मात्र अन्य व्यवसायीले पनि कुखुरापालन गरी रहेकाले सावधानी अपनाउनका लागि पशु सेवा एकाइले सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्ला निर्वाचन कार्यालय यथावत् नै रहन्छ : अर्थमन्त्री डा महत
जिल्ला निर्वाचन कार्यालय यथावत् नै रहन्छ : अर्थमन्त्री डा महत
‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
चितवन-२ को अपडेट : एमालेका रामप्रसाद न्यौपानेको अग्रता, रवि लामि‍छानेले पछ्याउँदै
चितवन-२ को अपडेट : एमालेका रामप्रसाद न्यौपानेको अग्रता, रवि लामि‍छानेले पछ्याउँदै
युद्धमा घाइते बनेका कमिलाको उपचार कसरी हुन्छ ?
युद्धमा घाइते बनेका कमिलाको उपचार कसरी हुन्छ ?
पकिस्तानमा पनि डेंगीको प्रकोप बढ्यो
पकिस्तानमा पनि डेंगीको प्रकोप बढ्यो
ऋणको किस्ता र ब्याज तिर्ने समय लम्बाउन राष्ट्र बैंकको निर्देशन कुर्दै व्यवसायी
ऋणको किस्ता र ब्याज तिर्ने समय लम्बाउन राष्ट्र बैंकको निर्देशन कुर्दै व्यवसायी
पशुपतिनाथको ढोकैबाट दानपात्र चोरिएको घटनामा छानबिन समितिले गर्‍यो यस्तो शङ्का
पशुपतिनाथको ढोकैबाट दानपात्र चोरिएको घटनामा छानबिन समितिले गर्‍यो यस्तो शङ्का
आचारसंहिता सरकारबाटै धेरै उल्लंघन ‘राहत वितरणको नाममा आचारसंहिता उल्लंघन,आयोग
आचारसंहिता सरकारबाटै धेरै उल्लंघन ‘राहत वितरणको नाममा आचारसंहिता उल्लंघन,आयोग
पत्नीको उपचार गराएर प्रचण्ड आज न्यूयोर्कबाट प्रचण्ड नेपाल आउँदै
पत्नीको उपचार गराएर प्रचण्ड आज न्यूयोर्कबाट प्रचण्ड नेपाल आउँदै
कोशी प्रदेश सरकारः पहिलोपटक धारा १६८ (५) प्रयोग हुँदै
कोशी प्रदेश सरकारः पहिलोपटक धारा १६८ (५) प्रयोग हुँदै

तपाईंले छुटाउनुभयो कि?