आज असार १५ धान दिवस, चामल भने विदेशबाट ल्याउनुपर्छ

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ १५, २०७५
|
|
५३ पटक हेरिएको
Shares
आज असार १५ धान दिवस, चामल भने विदेशबाट ल्याउनुपर्छ

सारांश

  • शिखरन्युज, १५ असार – आज असार १५ ।
  • कामको चटारो हुने दिन, विशेषगरी असारको मध्य समयलाई धान रोप्ने दिनको रुपमा मनाउने गरिन्छ ।
  • सरकारले समेत आजको दिनलाई धान दिवसको रुपमा मनाउने गरेको छ ।

शिखरन्युज, १५ असार – आज असार १५ । कामको चटारो हुने दिन, विशेषगरी असारको मध्य समयलाई धान रोप्ने दिनको रुपमा मनाउने गरिन्छ । सरकारले समेत आजको दिनलाई धान दिवसको रुपमा मनाउने गरेको छ ।

सरकारले राष्ट्रिय धान दिवस मनाउँदै गर्दा धान उत्पादन बढेको छैन । वार्षिक अर्बौं रुपैयाँको चामल ल्याएर खानु परेको छ । नेपालमा १५ लाख हेक्टरमा धान खेती गरिँदै आएको छ । सरकारले धान उत्पादन बढाएर खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा गरेपनि आर्थिक वर्ष ०७४/७५ मा साढे २४ अर्ब रुपैयाँको चामल भित्राइएको छ ।

मौसम सक्रिय भएपछि हाम्रो देशमा आजसम्ममा जम्मा साढे १२ प्रतिशत जमिनमा रोपाइँ सकिएको कृषि विभागले बताएको छ । लगातार पानी परेसँगै रोपाइँले अहिले तीव्रता पाएको छ ।
कृषि विभागका महानिर्देशक सूर्य पौडेलका अनुसार तीन वर्षको अवधिमा यो असारमा पहिलो साता उल्लेख्य परिमाणमा रोपाइँ भएको छ ।

गत वैशाखसम्म चीन, भारत, थाइल्यान्ड, जापान, इटलीलगायका देशबाटबाट २४ अर्ब ४९ करोड ८० लाखको चामल आयात ल्याइएको भन्सार विभागले जनाएको छ। सरकारले कृषि क्षेत्र लगानी अनुसार उत्पादन बढ्न नसक्दा खाद्यान्नमा विदेशीको भर पर्नुपरेको छ ।

अधिकांश युवा विदेशिएपछि गाउँघरमा खेतबारी बाँझो छ । खेती उत्पादनमा कमी भएपछि चामलसहित मकै, गहुँ, कोदो, फापरलगायत भान्सामा दैनिक प्रयोग हुने ३६ अर्ब ३४ करोड ८४ लाख रुपैयाँका अन्न ल्याइएको छ । २०७२ को असार पहिलो साता देशभर ७.८ प्रतिशत र २०७३ को यस अवधिमा ९.१५ प्रतिशत रोपाइँ भएको थियो । २०७४ को असार पहिलो साता ८.८६ प्रतिशत हाराहारी रोपाइँ भएको कृषि विभागको तथ्यांकमा छ ।

धान दिवसका अवसरमा यो वर्ष सरकारले ‘धान उत्पादनमा वृद्धि राष्ट्रको समृद्धि’ नारासहित विभिन्न स्थानमा राष्ट्रिय धान दिवस मनाउँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपा प्रजातान्त्रिकले एक सिट पनि नजित्ने संभावना प्रबल, राष्ट्रिय पार्टी बन्नबाट ‘रिङ् आउट’ !
राप्रपा प्रजातान्त्रिकले एक सिट पनि नजित्ने संभावना प्रबल, राष्ट्रिय पार्टी बन्नबाट ‘रिङ् आउट’ !
गायक तिलक सिंह पेलाले ल्याए‘हेर दिन ढल्यो’ (भिडियोसहित)
गायक तिलक सिंह पेलाले ल्याए‘हेर दिन ढल्यो’ (भिडियोसहित)
विश्वकप फुटबल २०१८: जर्मनी र मेक्सिको भिडण्त , इतिहास कस्काे बलियाे?
विश्वकप फुटबल २०१८: जर्मनी र मेक्सिको भिडण्त , इतिहास कस्काे बलियाे?
गाउँघर पनि प्रदूषणको चपेटामा
गाउँघर पनि प्रदूषणको चपेटामा
सनक चढे विश्व सखाप हुने आणविक हतियार घातक : प्रम ओली
सनक चढे विश्व सखाप हुने आणविक हतियार घातक : प्रम ओली
अध्ययन प्रतिवेदन हस्तान्तरण
अध्ययन प्रतिवेदन हस्तान्तरण
केन्द्र र स्थानीय तहबीच अधिकार क्षेत्रका बीचमा द्वन्द ‘स्थानीय तह पंगु”पेल्दै सिंहदरबार
केन्द्र र स्थानीय तहबीच अधिकार क्षेत्रका बीचमा द्वन्द ‘स्थानीय तह पंगु”पेल्दै सिंहदरबार
घाटी काटेर रौतहटमा ८ वर्षीय बालकको बिभत्स हत्या
घाटी काटेर रौतहटमा ८ वर्षीय बालकको बिभत्स हत्या
 भक्तपुरको सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेको बिस्केट जात्रा आजबाट सुरु
नेमार र एमबाप्पे घाइते, पिएसजी चिन्तामा
नेमार र एमबाप्पे घाइते, पिएसजी चिन्तामा

तपाईंले छुटाउनुभयो कि?