सेल्फी खिच्ने बानीले लाग्ने रोग सेल्फी इल्बो के हो?

Abhiyanpost Abhiyanpost
|
शनिबार, माघ १२, २०७५
|
|
५७ पटक हेरिएको
Shares
सेल्फी खिच्ने बानीले लाग्ने रोग सेल्फी इल्बो के हो?

सारांश

  • कुनै बेला यस्तो थियो जतिखेर किशोर किशोरीहरु चौरमा खेल्दा खेल्दै खेरी घुडामा चोट लागेर वा साइकलबाट लडेपछि उपचारका लागि हाड जोर्नी विज्ञका दर्गुर्थे ।
  • अब जमान फेरिसकेको छ ।
  • एउटा सानो कोठामा घन्टौसम्म मोबाईल खेलाउँदा खेलाउँदै नसासम्बन्धि गम्भीर समस्या लिएर आधुनिक किशोर किशोरी नसा विज्ञका आपत्कालिन सेवा लिन थालेका छन् ।

कुनै बेला यस्तो थियो जतिखेर किशोर किशोरीहरु चौरमा खेल्दा खेल्दै खेरी घुडामा चोट लागेर वा साइकलबाट लडेपछि उपचारका लागि हाड जोर्नी विज्ञका दर्गुर्थे ।

अब जमान फेरिसकेको छ । एउटा सानो कोठामा घन्टौसम्म मोबाईल खेलाउँदा खेलाउँदै नसासम्बन्धि गम्भीर समस्या लिएर आधुनिक किशोर किशोरी नसा विज्ञका आपत्कालिन सेवा लिन थालेका छन् ।

हो, अत्यधिक मेसेज टाइप गर्दा वा मोवाइल चलाउँदा औला खेलाउँदा र नसामा समस्या बढेको गुनासो बढिरहेकै बेला सेल्फी कूलतले धेरै किशोर किशोरी पीडित छन् ।

यही सेल्फी कूलतलाई मेडिकल भाषामा ‘सेल्फी इल्बो’ भनिन थालिएको छ । सेल्फी इल्बो अहिलेको जल्दोबल्दो चिकित्सकीय समस्या बन्न थालेको छ ।

धेरै सेल्फी खिच्ने क्रममा मानिसमा सेल्फी इल्बोको खतरा बढेको विज्ञ बताउँछन् । सेल्फी इल्बोले कुहिनोमा अत्यधिक पीडा भएको गुनासो गर्दै चिकित्सकहाँ उपचार गर्न आउनेमा १० वर्षका बालकदेखि ५० वर्षका वयस्क रहेका छन् ।

अमेरिकास्थित विशेष शल्यक्रिया शाखाका खेल चिकित्सक जोर्डन मेट्जलका अनुसार अत्यधिक सेल्फी लिदाँ यस्तो समस्या हुने गरेको छ ।

बारम्बार सन्देश टाइप गर्दा र मोबाईबाट तस्बिर खिच्दा यो समस्या उत्पन्न हुन्छ । ‘प्रविधि र मानिसको बेजोड संगमले शारीरिक पीडा बढेको छ,’ उनी भन्छन् ।

समस्याबारे उनी अगाडि भन्छन, —‘कुईनो तन्काएर सेल्फी लिदा मांशपेशीमा अत्यधिक पीडा हुन्छ । कुईनाको पीडाबाट मुक्त हुन एड्भिल वा मोटरिन जस्ता औषधी प्रयोग गर्न सकिने उनको सुझाब छ ।
माशंपेशीमा आईस राखेर वा मांशपेशी तन्काएर पनि कुइनको उपचार गर्न सकिने उनी बताउँछन् । पछिल्लो समयमा किशोर किशोरीमा यस्ता प्राविधिक चोटमा वृद्धि भएको उनी बताउँछन् ।

गेमिङ, स्नाप च्याटको प्रयोग, सेल्फी, एसएमएस र ट्विटङले किशोर किशोरीलाई प्राविधिक रुपमा घाइते बढाएको उनको भनाई छ ।

पछिल्लो साता पुरस्कार बिजेता पत्रकार होडा कोब कुइनोको पीडा लिएर चिकित्सककहाँ जान्छिन् । ‘कुहिनोमा अत्यधिक पीडा भएपछि अर्थोपेडिस्टकहाँ जाँदा चिकित्सकले धेरै टेनिस खेल्छौ भनेर प्रश्न गरे,’ उनी भन्छिन् । ‘हैन, बरु धेरै सेल्फी लिने गर्छु’ कोबले जबाफ फर्काइन ।

‘पछिल्ला समयमा हामीले किशोर किशोरीमा कार्पल टनेल सिन्ड्रोम (हात वा औलामा नसाको कम्प्रेसनका कारण हुने समस्या)बाट पीडित भएको पाएका छौ ।

जबकी १० देखि १५ वर्ष अगाडि घुँडा घोटिएका वा साइकलबाट लडेर उपचार आउने जमात उल्लेखनीय हुन्थ्यो,’ न्युर्योक युनिर्भसिटीका ल्यांगोन मेडिकल सेन्टरका विज्ञ चाल्स किम बताउँछन् । किमले अत्यधिक सेल्फी खिच्नेलाई सेल्फी स्टिक प्रयोग गर्न सुझाउछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सम्पत्ति शुद्धीकरण कसुरमा रवि दोषी ठहर भए आजीवन रास्वपाको सदस्य हुन नपाउने
सम्पत्ति शुद्धीकरण कसुरमा रवि दोषी ठहर भए आजीवन रास्वपाको सदस्य हुन नपाउने
सरकारले ट्याक्सी सिन्डिकेट हटाउन सकेन
बुद्धको मूर्ति चोरेको आरोपमा वडाध्यक्ष पक्राउ
बुद्धको मूर्ति चोरेको आरोपमा वडाध्यक्ष पक्राउ
महिलालाई भारतमा यौन व्यवसायमा लगाउने सोनाम पक्राउ
महिलालाई भारतमा यौन व्यवसायमा लगाउने सोनाम पक्राउ
राष्ट्रिय सभामा कोमल ओलीको कवितात्मक मन्तव्य (भिडियोसहित)
राष्ट्रिय सभामा कोमल ओलीको कवितात्मक मन्तव्य (भिडियोसहित)
गैरकानुनि तवरबाट मतदाता नमावलि संकलन गरिएको भन्दै गगन थापाको नेतृत्वमा अायोगलाई ध्यानाकर्षण गराउने
गैरकानुनि तवरबाट मतदाता नमावलि संकलन गरिएको भन्दै गगन थापाको नेतृत्वमा अायोगलाई ध्यानाकर्षण गराउने
चुनावले बढायो सुरक्षा चुनौतीः उम्मेदवारलाई अंगरक्षक, उत्तरी गोरखामा हेलिकोप्टर गस्ती
चुनावले बढायो सुरक्षा चुनौतीः उम्मेदवारलाई अंगरक्षक, उत्तरी गोरखामा हेलिकोप्टर गस्ती
यसरी मनाए रंगकर्मीले विश्व रंगमञ्च दिवस
यसरी मनाए रंगकर्मीले विश्व रंगमञ्च दिवस
बाडी पीडितलाई समर्पण नेपालको सहयोग
बाडी पीडितलाई समर्पण नेपालको सहयोग
मिस नेपाल–२०२० मा २१ प्रतिस्पर्धी
मिस नेपाल–२०२० मा २१ प्रतिस्पर्धी

तपाईंले छुटाउनुभयो कि?