सामुदायिक विद्यालयलाई डस्टविन वितरण

Abhiyanpost Abhiyanpost
|
शनिबार, माघ १२, २०७५
|
|
५६ पटक हेरिएको
Shares
सामुदायिक विद्यालयलाई डस्टविन वितरण

सारांश

  • माधव बेल्वासे कपिलवस्तु, १२  माघ ।
  • नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समितिद्वारा शनिबार चन्द्रौटामा आयोजित एक कार्यक्रमका बीच फोहरदानी वितरण गरिएको हो ।
  • कपिलवस्तुको शिवराज नगरपालिकाका ६३ र विजयनगर गाउँपालिकाका ४२ सामुदायिक विद्यालयहरुलाई डस्टविन वितरण गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन शिवराज नगर अध्यक्ष शिवराज सुवेदीले जानकारी दिनुभयो ।
माधव बेल्वासे
कपिलवस्तु, १२  माघ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समितिद्वारा शनिबार चन्द्रौटामा आयोजित एक कार्यक्रमका बीच फोहरदानी वितरण गरिएको हो । कपिलवस्तुको शिवराज नगरपालिकाका ६३ र विजयनगर गाउँपालिकाका ४२ सामुदायिक विद्यालयहरुलाई डस्टविन वितरण गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन शिवराज नगर अध्यक्ष शिवराज सुवेदीले जानकारी दिनुभयो ।
डस्टविन वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद अर्जुन कुमार के.सी.ले विद्यालयको प्रमुख पहिचान नै सरसफाई भएकाले विद्यालय वातावरण सफा सुग्घर राख्नुपर्नेमा जोड दिए ।  शैक्षिक गुणस्तर सुधारमा समेत विद्यालय प्रशासनले विशेष चासो देखाउनुपर्ने सुझाव दिएका छन । विद्यार्थीहरु लाई शिक्षा सगै व्यभारमा समेत लागु गर्न सिकाउनुपर्ने तर्क राखे ।सांसद केसीले  वितरण गरिएका डस्विनले सामुदायिक विद्यालय क्षेत्रलाई स्वच्छ, हराभरा र फोहोरमैला रहित बनाउने विश्वास व्यक्त गरे ।
त्यस्तै सांसद विष्णु पन्थीले स्वास्थ वातावरणमा गुणस्तरीय शिक्षा आर्जन गर्न पाउनु विद्यार्थीको नैसर्गिक अधिकार भएको औल्याउँदै पन्थीले मनकारी व्यक्तित्वबाट प्रदान गरिएको डस्टविनको सही सदुपयोग गर्नुपर्ने वताए । पन्थीले जिल्लाको शैक्षिक गुणस्तर अभिवृद्धिमा शिक्षकको मुख्य दायित्व रहेको वताए । शैक्षिक क्षेत्रमा नैतिक तथा नागरिक शिक्षासँग जोडेर विषयवस्तुको ज्ञान दिनुपर्ने सांसद पन्थीले जोड दिए ।  डस्टविन सौजन्य गर्ने बुटवल पब्लिक स्कूलका अध्यक्ष हेमलाल शर्मा भुसालले विद्यालयको कोषको केही रकमबाट कपिलवस्तुका सामुदायिक विद्यालयलाई डस्टविन खरीद गरी सहयोग गरेको जानकारी दिए । केही वर्षअघिदेखि नै बचत रकमबाट शैक्षिक तथा सामाजिक कार्यमा लगानी गर्दै आएको अवगत गराउँदै यसको सही सदुपयोग गर्नुपर्नेमा जनाए ।
कार्यक्रममा नेकपा कपिलवस्तुका संयोजक झविलाल पोख्रेलले डस्टविन वितरण कार्यको प्रशंसा गरे ।पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किंदै गएको औल्याउँदै यसमा सुधार ल्याउन आवश्यक रहेकोमा वताए । कार्यक्रममा शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख पूर्ण बहादुर विश्वकर्मा, शिक्षक संगठनका पूर्वअध्यक्ष जगन्नाथ मरासिनी, नेकपा शिवराज नगरअध्यक्ष दिनेश पुन लगायत बोलेका थिए । नेपाल राष्टिय शिक्षक संगठन कपिलवस्तुको आयोजना, बुटवल पब्लिक स्कुलको ३ लाख ५० हजारको आर्थिक सहयोगमा ३ सय वटा फोहरदानी वितरण गरिएको छ 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष कैद सजाय
दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष कैद सजाय
शुक्रवारसम्म नेपालमा सलहको खतरा, धपाउन धुँवा र आवाज प्रभावकारी
शुक्रवारसम्म नेपालमा सलहको खतरा, धपाउन धुँवा र आवाज प्रभावकारी
ओलीले लगाएको राष्ट्रवादको नक्कली जलप खुइलियो : प्रदीप पौडेल
ओलीले लगाएको राष्ट्रवादको नक्कली जलप खुइलियो : प्रदीप पौडेल
आउँदो बिहीबार नेपाल आउँदै भारतीय गायक टोनी कक्कर
आउँदो बिहीबार नेपाल आउँदै भारतीय गायक टोनी कक्कर
केन्याको रङ्गिला बारमा नेपाली चेलीको मुजरा नाँच देखि यौनशोषणसम्म
केन्याको रङ्गिला बारमा नेपाली चेलीको मुजरा नाँच देखि यौनशोषणसम्म
रोहित र राहुलको सतकमा भारतको जित, अंक तालिकाको शीर्ष स्थानमा उक्लियो
रोहित र राहुलको सतकमा भारतको जित, अंक तालिकाको शीर्ष स्थानमा उक्लियो
भ्रष्टाचारको फाइल खोलेपछि टुङ्गोमा पु-याउन सांसदको माग
भ्रष्टाचारको फाइल खोलेपछि टुङ्गोमा पु-याउन सांसदको माग
ओखलढुँगामा रामहरि भन्दा सुनुवारको अग्रता
ओखलढुँगामा रामहरि भन्दा सुनुवारको अग्रता
नेपाल-कोरिया उडानमा प्राधिकरण नै बाधक
नेपाल-कोरिया उडानमा प्राधिकरण नै बाधक
हामी फूल रोपेर राजनीतिको सुगन्ध झार्न चाहन्छौँः रञ्जु दर्शना
हामी फूल रोपेर राजनीतिको सुगन्ध झार्न चाहन्छौँः रञ्जु दर्शना

तपाईंले छुटाउनुभयो कि?