नेकपाको एकतासम्बन्धी कार्यदलमा सहमति जुटेन

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ २८, २०७५
|
|
६१ पटक हेरिएको
Shares
नेकपाको एकतासम्बन्धी कार्यदलमा सहमति जुटेन

सारांश

  • काठमाडौं ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्लो कमिटीको एकतासम्बन्धी अझैपनि कार्यदलमा सहमति जुट्न नसक्दा प्रतिवेदन दिन सकेको छैन ।
  • गत सोमबारको बसेको नेकपा सचिवालयको बैठकले कार्यदललाई एक दिनभित्र एकताको विषयमा भैरहेको प्रगतिबारे विवरणसहित प्रतिवेदन दिन निर्देशन दिएको थियो ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्लो कमिटीको एकतासम्बन्धी अझैपनि कार्यदलमा सहमति जुट्न नसक्दा प्रतिवेदन दिन सकेको छैन । गत सोमबारको बसेको नेकपा सचिवालयको बैठकले कार्यदललाई एक दिनभित्र एकताको विषयमा भैरहेको प्रगतिबारे विवरणसहित प्रतिवेदन दिन निर्देशन दिएको थियो ।

निर्देशन दिएको एक साता बितिसक्दा पनि प्रतिवेदन आउन नसकेको हो । शुरुमा एकमहिना भित्र प्रतिवेदन बुझाउने जिम्मा पाएको कार्यदलले डेढ महिना बितिसक्दा पनि सहमति जुटाउन सकेको छैन ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शनिबार भएको भेटवार्तामा विवादित विषयलाई चाँडो सहमति गरेर देशव्यापी पार्टी एकताको सन्देश दिने समझदारी भएको थियो । कार्यदलले भने अझै प्रतिवदन पेश गरेको छैन ।

कार्यदलले केही दिन समय थप गर्न नेतृत्वलाई आग्रह गरेको थियो । कहिलेसम्म टुंगाउन सकिन्छ भन्नेमा कार्यदलका सदस्य नै अन्यौलमा देखिन्छन् ।

पार्टीको स्थायी कमिटीको गत पुस १२ को बैठकले सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा, महासचिव पौडेल, स्थायी समिति सदस्य वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, लेखराज भट्ट, रघुवीर महासेठ, शंर पोखरेल रहेको कार्यदललाई पुस मसान्तभित्र एकता टुंगो लगाउने जिम्मेवारी दिइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीमा नियन्त्रण र भन्सार कडाइपछि नेपालगञ्जमा फस्टायो स्थानीय तरकारी बजार, किसानले पाए उचित मूल्य
सीमा नियन्त्रण र भन्सार कडाइपछि नेपालगञ्जमा फस्टायो स्थानीय तरकारी बजार, किसानले पाए उचित मूल्य
जापान उडानमा घाटैघाटा, जाँदा नि रित्तै फर्कदा नि रित्तै
जापान उडानमा घाटैघाटा, जाँदा नि रित्तै फर्कदा नि रित्तै
राजविराजमा झडपमा परि घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु
राजविराजमा झडपमा परि घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु
रूसको मस्को जाँदै गरेको यात्रुवाहक विमान अफगानिस्तानमा दुर्घटना
रूसको मस्को जाँदै गरेको यात्रुवाहक विमान अफगानिस्तानमा दुर्घटना
ललितपुरबाट नक्कली नोटसहित दुई जना पक्राउ
ललितपुरबाट नक्कली नोटसहित दुई जना पक्राउ
स्ववियु निर्वाचन : चार क्याम्पसमा विद्युतीय मतदान
स्ववियु निर्वाचन : चार क्याम्पसमा विद्युतीय मतदान
पाँचथर दुर्घटनामा दुईको मृत्यु
पाँचथर दुर्घटनामा दुईको मृत्यु
यसरी मिल्यो एमाले र माओवादी केन्द्रबीच ४३ सिटको भागवण्डा, १३ सिट अरुलाई बाँकी (सूचीसहित)
यसरी मिल्यो एमाले र माओवादी केन्द्रबीच ४३ सिटको भागवण्डा, १३ सिट अरुलाई बाँकी (सूचीसहित)
नेप्सेमा सामान्य सुधार: जलविद्युत् समूहको नेतृत्वमा २ अर्ब ९० करोडको कारोबार
नेप्सेमा सामान्य सुधार: जलविद्युत् समूहको नेतृत्वमा २ अर्ब ९० करोडको कारोबार
मोबाइलमा इसेवाको एप ५२ लाख पटक डाउनलोड, ग्राहक संख्या ६० लाख
मोबाइलमा इसेवाको एप ५२ लाख पटक डाउनलोड, ग्राहक संख्या ६० लाख

तपाईंले छुटाउनुभयो कि?