विद्युत् खम्बा नसार्दा सडक निर्माण अवरुद्ध

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र १८, २०७४
|
|
३८ पटक हेरिएको
Shares
विद्युत् खम्बा नसार्दा सडक निर्माण अवरुद्ध

सारांश

  • ललितपुर, १८ भदौ ।
  • चापागाउँ–खुमलटार सडकखण्डमा बाटो चौडा पार्ने काम नेपाल विद्युत् प्राधिकरणको उदासीनताका कारण अघि बढ्न सकेको छैन ।
  • प्राधिकरणले खम्बा सार्न ढिलाइ गर्दा निर्माण कार्य अवरुद्ध भएको डिभिजन सडक कार्यालय ललितपुरले जनाएको छ ।

ललितपुर, १८ भदौ । चापागाउँ–खुमलटार सडकखण्डमा बाटो चौडा पार्ने काम नेपाल विद्युत् प्राधिकरणको उदासीनताका कारण अघि बढ्न सकेको छैन ।

प्राधिकरणले खम्बा सार्न ढिलाइ गर्दा निर्माण कार्य अवरुद्ध भएको डिभिजन सडक कार्यालय ललितपुरले जनाएको छ ।

झण्डै चार महिनादेखि काम अघि बढ्न नसकेको इञ्जिनियर आरती साहले बताउनुभयो । पटक पटक पत्राचार गर्दासमेत खम्बा सार्न प्राधिकरणले बेवास्ता गर्दै आएको छ । जिल्लाबाट समन्वय हुन नसकेपछि क्षेत्रीय सडक कार्यालयलाई भनिएको साहले बताउनुभयो ।

चक्रपथसँग जोडिएको सडकमा काम लथालिंग हुँदा यात्रु हैरान छन् । दैनिकजसो स्थानीयवासीले सडक निर्माणमा ढिलाइ भएको भन्दै कार्यालयमा गुनासो गर्ने गरेका छन् । साह भन्नुहुन्छ, “ठेकेदार काम गर्न हतारिएको छ । पोल नसारेकाले मात्रै काम रोकिएको हो । पोल सारेको एक महिनामै काम सकिन्छ ।”

काठमाडौँ उपत्यका शहरी विकास प्राधिकरणले सडकमा चिह्न लगाएको तीन वर्ष बितिसक्दासमेत काम सकिएको छैन । सातदोबाटोबाट खुमलटारसम्म ९०० मिटर सडकको जिम्मेवारी डिभिजन सडक कार्यालयको हो । खुमलटारदेखि लेलेसम्मको सडकको काम गर्ने जिम्मेवारी सडक विस्तार आयोजनाको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार गठन आह्वानमा ढिलाइ
सरकार गठन आह्वानमा ढिलाइ
एसिया प्यासिफिक क्षेत्रका देशहरूमा रहेका साझा समस्याहरू
एसिया प्यासिफिक क्षेत्रका देशहरूमा रहेका साझा समस्याहरू
महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायधीश राणासँग बयान लिने
भाग्दै गरेका प्रधानमन्त्री देउवालाई राष्ट्रपतिको यस्तो आग्रह
भाग्दै गरेका प्रधानमन्त्री देउवालाई राष्ट्रपतिको यस्तो आग्रह
भोलि हुने स्थानीय तह उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
भोलि हुने स्थानीय तह उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
आज निर्जला एकादशी: घर घरमा तुलसीको दल राखिँदै
आज निर्जला एकादशी: घर घरमा तुलसीको दल राखिँदै
बहुउद्देश्यीय आयोजनामा ध्यान केन्द्रित गर्दै सरकार
बहुउद्देश्यीय आयोजनामा ध्यान केन्द्रित गर्दै सरकार
प्रधानमन्त्री ओलीले आज भ्याक्सिन लगाउने
आफूले लगेका अन्तरिक्षयात्रीबिनै बोइङको स्टारलाइनर अन्तरिक्षयान पृथ्वी फिर्ता
आफूले लगेका अन्तरिक्षयात्रीबिनै बोइङको स्टारलाइनर अन्तरिक्षयान पृथ्वी फिर्ता
कोशीमा खतराको सङ्केतस्वरूप रातो बत्ती बलेपछि सुनसरी प्रशासन हाई अलर्टमा, सुरक्षा टोलीद्वारा ब्यारेजको स्थलगत अनुगमन
कोशीमा खतराको सङ्केतस्वरूप रातो बत्ती बलेपछि सुनसरी प्रशासन हाई अलर्टमा, सुरक्षा टोलीद्वारा ब्यारेजको स्थलगत अनुगमन

तपाईंले छुटाउनुभयो कि?